बनेपा । भूपू सैनिक शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा चाैंथो निर्वाचन कार्यक्रम शनिबार बनेपामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अवकासप्राप्त सहायकरथी डा. नर्मदा थापाले भूपूहरुलाई संगठित गरि सहकारी संचालन गर्नुहुने पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाको नाम अनुसारको काम गर्न सुझाव दिनुभयो । आउँदा दिनहरुमा सहुलियत पसल संचालन गरि संस्थालाई अझ उन्नतिको बाटोमा पुर्याउने सल्लाह दिँदै उहाँले आफ्नोतर्फबाट पनि सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य पूर्वअध्यक्ष एवं सल्लाहकार पदमबहादुर केसीले राख्नुभएको थियो । सोही अवसरमा सचिव मीनबहादुर थापाले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो भने संस्थाका कोषाध्यक्ष बाबुराम घिमिरेले आय–व्यय विवरण एवं बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामहरि अधिकारीले आर्थिक वर्ष ०८१÷०८२ को प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

सभामा व्यवसायी गुरुप्रसाद न्यौपाने र मुकेशबाबु कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सभामा श्री मेयर गणका गणपति झलक सुवेदीको पनि उपस्थिती रहेको थियो ।

सभामा शेयरधनीहरुलाई ८ प्रतिशत बोनसको व्यवस्था गरिएको जानकारी दिइएको थियो । संस्थामा १ हजार ३७० शेयर सदस्यहरुबाट ६२ लाख शेयर, ११ करोड ५० लाख विभिन्न बचत, १० करोड १० लाख ऋण लगानी र ३४ लाख मुनाफा कमाउन सफल भएको जानकारी गराइएको थियो ।

सभाले पुनः राममणि अधिकारीको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर थापा, सचिवमा राजु सिग्देल, कोषाध्यक्षमा चित्रबहादुर थापा र सदस्यहरुमा रामकृष्ण पौडेल, गोपाल श्रेष्ठ, मिठाराम कार्की, दिलकुमारी खत्री काफ्ले र चमेली गिरी रहेका छन् । यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा पुनः श्यामहरि अधिकारी र सदस्यहरु रामेश्वर खत्री र विश्वनाथ सापकोटा रहेका छन् ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य चित्रध्वज थापालाई दोसल्ला ओडाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट वचतकर्ता मिठाराम कार्की र असल ऋणी विजय शाहीलाई पनि सम्मान गरिएको थियो भने ७५ वर्ष उमेर माथिका सदस्यहरु कविप्रसाद उपाध्याय र रामबहादुर तामाङलाई लठ्ठी उपहार दिइ दोसल्ला ओडाएर सम्मान गरियो । कार्यक्रम संस्थाका अध्यक्ष राममणि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *