बनेपा । जिल्ला बचत संघ, काभ्रेको आयोजनामा सहकारीका वर्तमान सवाल, चुनौती र संघको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रम संघका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न भएकाे छ।

संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले विषयवस्तुको सवाल र औचित्यको बारेमा प्रष्ट पार्नुभएकाे थियाे । सहायक प्रमुख कार्यकारी अधिकृत रवि केसीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला बचत संघमा आबद्ध रहेका प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। २ सय ३९ आबद्ध सहकारी संस्था मध्ये गत वर्ष १ सय ३३ वटाले नवीकरण गराएका थिए।

कार्यक्रममा संघका उपाध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नु भयो । कार्यक्रमको संचालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *