तातोपानी । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी, भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।
शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागिता जनाएको नेपाल शिक्षक संघ, प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो ।
नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक सिम्खडाको प्रमुख आतिथ्यताम तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो । कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले गरेको थियो ।
