बनेपा । बनेपा–७ चारदोबाटोस्थित CWC पोलिक्लिनिकमा सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल आउने भएका छन्।

पोलिक्लिनिकका अनुसार डा. मल्ल यही असोज २४ गते शनिबार बिहान १० बजेदेखि बिरामीको स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शका लागि उपलब्ध हुनेछन्।

सुगर, थाइराइड तथा हर्मोनसम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीले विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परामर्श तथा स्वास्थ्य परीक्षण गराउन सक्ने पोलिक्लिनिकले जनाएको छ।

CWC पोलिक्लिनिकले बिरामीको सहजताका लागि चिकित्सक परामर्शसँगै प्रयोगशाला परीक्षण तथा तत्काल रिपोर्टिङलगायतका सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। पोलिक्लिनिकले निःशुल्क ल्याब होम सर्भिससमेत सञ्चालन गर्दै आएको जानकारी दिएको छ।

डा. मल्लसँग स्वास्थ्य परीक्षण तथा परामर्शका लागि अग्रिम समय लिन सकिने पोलिक्लिनिकले जनाएको छ। त्यसका लागि ०११–६६०१६७ वा ९८०२२६८०६३ मा सम्पर्क गर्न सकिनेछ।

बनेपा–७ चारदोबाटोमा रहेको पोलिक्लिनिकले स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा चिकित्सकीय परामर्श लिन नागरिकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *