काभ्रे । चैतन्य बहुमुखी क्याम्पस बनेपाले आफ्नो ३३ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पसका संस्थापक सदस्य राजभाई मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्त्री खड्गीले सामुदायिक क्याम्पसहरुको संस्थागत विकास र सुशासनसँगै विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने बताइन् ।
क्याम्पस प्रमुख जुजुभाई मानन्धरले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, वडाअध्यक्ष शुभलक्ष्मी मानन्धर, क्याम्पसलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने ब्यक्तिहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विभिन्न कार्यक्रमहरुमा उत्कृष्टहरुलाई पुरस्कृत गरिएको थियो ।
शिक्षा, कानुन संकाय लगायतका विषयमा अध्यापन शुरु गर्ने चैतन्य बहुमुखी क्याम्पस जिल्लाको पहिलो क्याम्पस हो ।
