काभ्रे । संस्कृतिविद् शताब्दीपुरुष स्वर्गिय सत्यमोहन जोशीको कविता संग्रह ३१ भाषामा अनुवाद गरिएको छ । जोशीले रच्नुभएको ‘दुई थुगा फूल’ शीर्षकको कविता संग्रह विश्वका विभिन्न ३१ भाषामा अनुवाद गरिएको हो ।
एउटै कृति यसरी ३१ भाषामा अनुवाद गरिएको यो विश्वकै पहिलो हुनसक्ने भन्दै यसलाई गिनिज बुक अफ वल्र्डमा दर्ता गर्नु पर्ने सरोकारवालाहरुको माग छ । अनुवाद कठिन र चुनौतीपूर्ण कार्य हो । नेपालका विभिन्न भाषाको साहित्यका विभिन्न विधाका काव्य, कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथा, संस्मरण, यात्रा, नियात्रा, निबन्ध, उपन्यास, समालोचना आदिलाई विश्वका अनेकौं भाषामा अनुवाद गरिएको पाइन्छ । यसरी नै विश्वका अनेकौं भाषाका साहित्यका पुस्तकहरू पनि नेपाली भाषामा अनुवाद गरिएका छन् । यसै प्रसङ्गमा डा. सत्यमोहन जोशीको पुस्तक पनि नेपाली पाठकमाझ आइपुगेको छ ।
उक्त पुस्तकमा रहेको विषयसूचीअनुसार चिनियाँ कविता र छन्द, चिनियाँ कविताको आकृति, माओत्सेतुङको लेखनशैली, कविताहरूको रचनाकाल र चिनियाँ इतिहासको कालक्रमको चर्चा यसमा गरिएको पाइन्छ । यसमा चिनियाँ भाषामा लेखिएका २७ वटा कवितालाई नेपाली भाषामा अनुवाद गरिएका छन् ।
यस पुस्तकमा रहेका सबै २७ वटा कविताका टिप्पणी र विवेचना गरिएका छन् । नमुनाका रूपमा पहिलो कविता ‘छाडशा नगर’ को टिप्पणीमा विभिन्न ६ वटा कुराको टिप्पणी छन् ।
