महाभारत । काभ्रेकाे महाभारत गाउँपालिकाको घर्तिछापमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन् ।

महाभारत गाउँपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको समन्वयमा सञ्चालन बुधबार गरिएको उक्त शिविरमार्फत स्थानीय नागरिकले गाउँमै विभिन्न विशेषज्ञमार्फत स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शिविरमा १६८ जनाले दाँत परीक्षण र ३०० जनाले आँखा परीक्षण गराएका छन् ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत २३३ जनाको नसर्ने रोग स्क्रिनिङ गरिएको छ भने १८६ जनाको रक्त समूह परीक्षण गरिएको छ। बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जनाले गराएका छन् ।

त्यस्तै २७१ जनाले छात्ती परीक्षण गराएकामध्ये १५९ जनाले एक्स–रे सेवा लिएका छन् । सामान्य स्वास्थ्य परीक्षण ३८१ जनाले र प्रसूति तथा स्त्री रोग तथा प्रजनन स्वास्थ्यतर्फ ११० जनाले सेवा लिएका पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयाे । उहाँले सहयाेगी सबैलाई धन्यवाद पनि दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *