सिन्धुपाल्चोक । प्रतिभाशाली र राम्रो सम्भावना बोकेका क्रिकेटर सार्थक धिताल “नेपालकै सबैभन्दा ठूलो घरेलु लिग ‘कोशी प्राइड लिग’ सिजन–३ अन्तर्गत ‘बी’ क्याटोगोरीमा बिर्तामोड हिट्समा आबद्ध भएका छन् ।

”सिन्धुपाल्चोकका क्रिकेटर धिताल कोशी प्राइड लिगमा बिर्तामोड हिटसमा आबद्ध भएका हुन् । धितालले बागमती प्रदेश अन्डर १६ को क्याप्टेन तथा नेपालको अन्डर १६ क्लोज क्याम्पमा समेत सहभागी भइसकेका छन् ।

त्यस्तै धितालले बागमती अन्डर १९, पिएम कप सेलेक्सनमा काठमाडौँ जिल्लाबाट खेलेका छन् भने सिन्धुपाल्चोक जिल्लाका कप्तान हुन् ।

त्यस्तै धितालले पाँचपोखरी टि–२० मा पाँचपोखरी क्रिकेट क्लबको क्याप्टेन रहेर लगातार २ पटक क्लबलाई उपाधी जिताउन सफल भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृती दिएको प्रतियोगितालाई कोशी प्रदेश र सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *