धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभर एचपीभी (ज्एख्) खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै स्थानीय तहहरू अन्तर्गतका विद्यालय तहमा सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ तथा विद्यालय नजाने १० वर्ष उमेरका, साथै गत वर्षको ज्एख् खोप अभियानमा खोप लगाउनबाट छुटेका हाल कक्षा ७–१० मा अध्ययनरत तथा विद्यालय नजाने ११–१४ वर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई लक्षित गरी ज्एख् खोप अभियान सञ्चालन गरिने भएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार माघ २७ देखि २९ गतेसम्म धुलिखेलका २५९ किशोरीलाई खोप लगाइनेछ । यस्तै बनेपामा माघ २७ देखि फागुन २ सम्म ९५५ जनालाई, पनौती नगरपालिकामा माघ २५ देखि २९ सम्म ५०० जनालाई खोप लगाइनेछ ।
माघ २६ देखि २९ गतेसम्म पाँचखालका २८४ जनालाई, माघ २८ र २९ गते मण्डनदेउपुरका २३०, माघ २८ र २९ गते नमोबुद्धका १८७ जना, भुम्लुका ८३ जनालाई माघ २६ देखि २८ गतेसम्म खोप लगाइने तालिका छ ।
यसैगरि माघ २३ देखि २८ सम्म चौँरीदेउरालीका ९८ जना, तेमालका ७८ किशोरीलाई माघ २८ देखि फागुन १ सम्म, रोशीका २०३ जनालाई माघ २६ देखि फागुन १ सम्म, महाभारतका १६६ जनालाई फागुन ४ र ५ गते, खानीखोलाका १३१ जनालाई फागुन ५ देखि ७ गते र बेथानचोकका ११६ जनालाई माघ २८ देखि फागुन १ गतेसम्म खोप लगाइने तालिका छ ।
विस्तृत जानकारीका लागि सम्बन्धित विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन कार्यालयले अनुरोध गरेको छ ।
