सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको आयोजना, कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टरसहित टोलीको सहयोग र डुनामिस चर्च हेलम्बु–४ को समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिएका छन् ।
फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा दाँतसम्बन्धी सेवा (दाँत निकाल्ने, भर्ने, गिजासम्बन्धी उपचार), सामान्य सर्जरी (मासुका डल्लाहरु निकाल्ने), पायल्स, फिस्टुला, हर्निया, हाइड्रोसिल, प्रोस्टेटसम्बन्धी चेकजाँच तथा उपचार गरिएको थियो ।
यस्तै पेट र छातीसम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा, महिलाहरुको पाठेघरसम्बन्धी चेकजाँच तथा भिडियो एक्स–रे सेवा, हाडजोर्नी तथा नशासम्बन्धी चेकजाँच तथा उपचार , बालरोगसम्बन्धी चेकजाँच तथा उपचार, निःशुल्क औषधी वितरण, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि विशेष सेवा, ब्लड ग्रुप परिक्षण, आँखाको दृष्टि परिक्षण, द्यःक्ष्(द्ययमथ mबकक ष्लमभह परिक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
हेलम्बु प्राथमिक अस्पताल (हेलम्बु–२, किउल)मा स्वास्थ्य शिविर आयोजना भएको हो ।
