नमोबुद्ध । विश्व क्षयरोग दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा नमोबुद्ध नगरपालिकास्थित नमोबुद्ध गुम्बामा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम पूर्णरुपमा सम्पन्न भयो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्नु, समयमै परीक्षण र उपचारको महत्त्व बुझाउनु तथा समुदाय स्तरमा रोग नियन्त्रणका उपायहरूलाई सुदृढ बनाउनु रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूलाई क्षयरोगका लक्षण, संक्रमणको तरिका, निःशुल्क उपचार सेवा, औषधि सेवनको निरन्तरता तथा रोग नियन्त्रण लगायत सरसफाई र पोषण रणनीतिबारे जानकारी प्रदान गरिएको थियो ।

हो हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान भन्ने नारालाई आत्मसात गर्दै सबैले आ–आफ्नो तहबाट क्षयरोग उन्मूलनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै क्षयरोग मुक्त नेपाल अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *