मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर ११ मा रहेको भगवती आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन सम्पन्न भएको छ ।

२०७२ सालको बिनाशकारी महाभूकम्पपछि अस्थायी टहरामा सिमित रहेको विद्यालयका बालबालिकाले बल्ल सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएका छन् । बालबालिका र विद्यालयको दयनीय अवस्था देखेर भवन निर्माणमा जापानीज नागरिक ८२ वर्षिय Ms Toyoko Tokohira ले सहयोग गर्नुभएको हो ।

त्यसैगरी विद्यालयलाई फर्निचर, कम्प्युटर, स्टेशनरीलगायतका सामाग्री Smart Solar Nepal Corporation ले उपलब्ध गराएको छ । विद्यालयको तर्फबाट नयाँ भवन निर्माणको जिम्मेवारी र सहजिकरणमा पञ्चलाल लामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा तामाङले सहयोग गर्नुभएको थियो ।

सोमबार सो विद्यालयको उद्घाटन कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल, वडानम्बर ११ का वडाध्यक्ष दिपेन्द्र लामा र सहयोगी दाताहरु सहभागी हुनुहुन्थ्यो ।

विद्यालयमा शैक्षिक गुणस्तर र संस्थागत विकासमा जिम्मेवार भएर मिहेनत गर्नुहुने प्रधानाध्यापक लगायत सम्पूर्ण शिक्षक तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समितिका परिवारलगायतलाई वडाध्यक्ष दिपेन्द्र लामाले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *