विश्व उलक
खोपासी, पनौती नगरपालिका – १०

नरसिंह भगवान विष्णुको एक उग्र (क्रोधी) अवतारका रूपमा परिचित छन, जसले धर्मको रक्षा र अन्यायको अन्त गर्ने महान अभियान—दुष्ट विरुद्धको अभियान—लाई प्रतिनिधित्व गर्छ । असुर हिरण्यकशिपुको अत्याचारले चरम सीमा नाघेपछि, सत्य र न्यायको पक्षमा उभिँदै नरसिंहले उसको वध गरी अधर्ममाथि धर्मको विजय सुनिश्चित गरे । यस घटना केवल एक पौराणिक कथा मात्र नभई, अन्याय, अहंकार र दुष्ट शक्तिविरुद्धको सशक्त सन्देश पनि हो । नरसिंहको स्वरूप उग्र भए पनि, उहाँको उद्देश्य सधैं धर्म, न्यायको संरक्षण र सज्जनहरूको रक्षा नै हो । यही भावनालाई प्रतिबिम्बित गर्ने “लक्ष्मी–नरसिंह करुणा स्तोत्र” अत्यन्त प्रसिद्ध छ । यस स्तोत्रले नरसिंहलाई केवल एक विनाशकारी शक्तिका रूपमा होइन, करुणा, दया र संरक्षणका प्रतीकका रूपमा प्रस्तुत गर्छ । भक्तजनहरूले यसलाई पाठ गर्दा आफूलाई भय, अन्याय र नकारात्मक शक्तिहरूबाट सुरक्षित भएको अनुभूति गर्छन् ।
भारत र नेपाल दुवै ठाउँमा शंकराचार्य परम्पराले नरसिंहलाई उच्च स्थान दिएको पाइन्छ । अद्वैत दर्शनसँग जोडिएको यो परम्परामा नरसिंहलाई ब्रह्मको एक शक्तिशाली अभिव्यक्ति मानिन्छ, जसले अज्ञान (अविद्या) र अधर्मलाई नष्ट गरी सत्यको प्रकाश फैलाउँछ । त्यसैले धेरै मन्दिरहरूमा नरसिंहको पूजा केवल धार्मिक आस्थासँग मात्र होइन, आत्मिक शुद्धि र ज्ञानको प्राप्तिसँग पनि सम्बन्धित छ । यसरी, नरसिंहको कथा र पूजा परम्परा केवल दैवी हस्तक्षेपको वर्णन मात्र होइन, बरु समाजमा व्याप्त अन्याय, अत्याचार र दुष्ट प्रवृत्तिविरुद्ध निरन्तर चलिरहने अभियानको प्रेरणादायी प्रतीक हो ।

नेपालमा नरसिंह भगवान विष्णुको एक उग्र (क्रोधी) अवतारका रूपमा पूजा गरिन्छ, जसले धर्मको रक्षा र अन्यायविरुद्धको अभियानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा नरसिंहसँग सम्बन्धित प्राचीन मूर्ति छैठौं शताद्विको भएको तथा अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छ । जसले यस अवतारको प्राचीनता र महत्वलाई देखाउँछ । साथै, देशका विभिन्न भागहरूमा पनि नरसिंह भगवान्का मूर्तिहरू भेटिन्छन्, जसले उहाँप्रतिको व्यापक आस्था प्रकट गर्दछ । आठौँ शताब्दीमा दक्षिण भारतको केरलाबाट आएका आदि गुरु शंकराचार्यले नेपालमा आफ्नो धार्मिक अभियानका क्रममा कुर्पासी क्षेत्रमा नरसिंहको नाममा सानो पोका, ध्याम्पो भित्र प्रतीकात्मक रूपमा स्थापना गरी नरसिंह मठको सुरुवात गरेका थिए । यसले अद्वैत दर्शनसँग जोडिएको नरसिंह उपासनाको परम्परालाई नेपालमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
समयक्रममा उक्त नरसिंह मठमा मूर्तिको अभाव रहँदै आएको अवस्थामा, सुरथ गिरी परिवारका जनाती (छैठौँ) पुस्ताका वर्तमान मठाधीश रामेश्वर भारतीका जेठा पुत्र भक्तराज भारतीले यस अभावलाई पूरा गर्ने महत्वपूर्ण कार्य गर्नुभएको छ । उहाँले भारती परिवार तथा नरसिंह मठप्रति आस्था राख्ने भक्तजनहरूको सहयोगमा नरसिंह भगवानको सुन्दर संगमरमर (मार्बल)को मूर्ति निर्माण गरिसक्नुभएको छ । अब उक्त मूर्ति आगामी २०८३ सालको अधिक मास, जेठ महिनामा विधिवत स्थापना गरिने कार्यक्रम तय गरिएको छ । यस कार्यले नरसिंह उपासनाको परम्परालाई अझ सुदृढ बनाउने, धार्मिक आस्था अभिवृद्धि गर्ने तथा समुदायलाई एकताबद्ध गर्ने महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ । यो मठ ऐतिहासिक महत्व बोकेको र सायद नेपालमा नरसिंहसँग सम्बन्धित एकमात्र मठ हुनसक्ने भएकाले यसको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी प्रस्तुत गर्नु उपयुक्त ठानिन्छ । यसको सन्दर्भमा प्राप्त परम्परागत विवरणअनुसार पृष्ठभूमि यसप्रकार छः
नेपालको राजधानी काठमाण्डौबाट, पूर्व–दक्षिण दिशातर्पm निजी सवारी साधन प्रयोग गरी यात्रा गर्दा भक्तपुर, बनेपा र पनौती हुँदै खोपासी पार गरी करिब एक घण्टाको यात्रामा करिब ३५ किलोमिटर दूरी तय गरेर पनौती नगरपालिका–१०, पाँङ्गेटोलस्थित नरसिंक भगवान सहितको नरसिंह मठ पुग्न सकिन्छ । यस मठको जानकारीको लागी इतिहास प्रस्तुत गर्दछु ।
स्थानिय परम्परा र जनविश्वास अनुसार, खोपासी (कुर्पासी) क्षेत्रमा प्राचीन समयमा विराट राजाको भव्य राजधानी रहेको मानिन्छ । उक्त दरबार “कैलाश” नामले परिचित थियो, जसले झिल्पु खोलाको किनारमा करिब ५०० मिटर लम्बाइ र २०० मिटर चौडाइमा फैलिएको दरवार क्षेत्र संरचनाको रूप लिएको थियो । कैलाशको वरिपरि सातवटा इनारहरू रहेका थिए, जसले त्यतिबेलाको समृद्ध जल व्यवस्थापन प्रणालीलाई संकेत गर्दछ । तीमध्ये आज पनि एउटा इनार देख्न सकिन्छ, जसले यस स्थानको ऐतिहासिक प्रमाणलाई अझ मजबुत बनाउँछ । त्यसैगरी, विराट राजाको निवास द्रौपदी (देवी) स्थानको फेदी तथा बेथीगह्राको सिरानीमा रहेको बताइन्छ । यस निवासको नजिकै सातवटा ढुंगे धाराहरू रहेका थिए, जुन तत्कालीन जीवनशैली र प्रविधिको उत्कृष्ट उदाहरण मानिन्छ । समयको प्रवाहसँगै तीमध्ये हाल तीनवटा धाराहरू मात्र देख्न सकिन्छ, तर ती अवशेषहरूले आज पनि त्यस क्षेत्रको गौरवशाली इतिहासलाई जीवित राखेका छन् । यसरी, खोपासी क्षेत्र केवल एक भौगोलिक स्थान मात्र नभई, प्राचीन सभ्यता, संस्कृति र ऐतिहासिक सम्पदाको महत्वपूर्ण केन्द्रको रूपमा स्थानीय जनमानसमा जीवित रहेको छ ।
खोपासी प्राचीन समयमा दक्षिणतर्फ प्यकबबि (कौशल) र ःबनबमजब (मगध) सँग हिमालपार व्यापार गर्ने महत्वपूर्ण केन्द्रका रूपमा परिचित थियो । त्यस्तै, उत्तरतर्फ प्थष्चयलन (केरुङ), ीजबकब (ल्हासा) र प्गतष् (कुटी) सँग जोडिने मुख्य दक्षिणी व्यापारिक केन्द्र पनि यही थियो । यसले खोपासीलाई उत्तर–दक्षिण व्यापार सञ्जालको एक प्रमुख केन्द्र बनाएको थियो । यस क्षेत्रमा बसोबास गर्ने आदिवासी पहरी समुदाय अत्यन्त दक्ष कलाकार थिए । उनीहरूले जङ्गली स्रोतहरू जस्तै सिस्नो, अल्लो, क्यातुके, कटुसको कपास आदि, साथै पशुपन्छीका उप–उत्पादनहरू जस्तै ऊन र छालाबाट राडी, पाखी तथा अन्य कपडाहरू उच्च गुणस्तरमा उत्पादन गर्दथे । यी वस्त्रहरू उत्तर र दक्षिण दुवै दिशामा आपूर्ति हुने गर्दथे, जसले खोपासीलाई उत्पादन र व्यापारको केन्द्र बनाएको थियो । यही उत्पादन र व्यापारिक सम्भावनाको लाभ लिनका लागि ख्बचबलबकष् (बनारस) बाट व्यापारीहरू यहाँ बसाइँ सरेर आए, जो पछि प्ष्चबत (किरात) भनेर चिनिन थाले । कर प्रणालीको सुरुवात कहिलेदेखि भयो भन्ने स्पष्ट छैन, तर पनि नेपालको इतिहास अनुसार किरातकालदेखि पहिलो “चोकपारा” (कर) प्रथा खोपासीबाट सुरु भएको उल्लेख पाइन्छ । यसले खोपासीलाई केवल व्यापारिक मात्र होइन, प्रशासनिक र आर्थिक दृष्टिले पनि महत्वपूर्ण स्थानका रूपमा स्थापित गरेको देखाउँछ ।
आजभन्दा करिव २५०० बर्ष पहिले गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश, जसलाई धम्मचक्कप्पवत्तन सुत्त (धर्मचक्र प्रवर्तन), सारनाथको मृगदाय वनमा दिएका थिए, जुन उत्तर प्रदेशको वाराणसी नजिक अवस्थित छ । यो घटना बोधगयामा बुद्धले ज्ञान प्राप्त गरेको स्थान प्राचीन मगध क्षेत्रभित्र पर्दथ्यो । ईसा पूर्व छैठौं शताब्दीमा कोसल र मगध दुबैक्षेत्र बौद्ध धर्मका प्रमुख केन्द्रका रूपमा फस्टाए, किनकि बुद्धका शिक्षाहरू यी क्षेत्रहरूमा व्यापक रूपमा फैलिएका थिए । मगधमा राजगीर जस्ता स्थानहरू महत्वपूर्ण धार्मिक केन्द्र बने, जसलाई बिम्बिसार जस्ता राजाहरूले समर्थन गरेका थिए । त्यसैगरी, राजधानी श्रावस्ती भएको कोसल पनि महत्वपूर्ण केन्द्र बन्यो, जहाँ बुद्धले धेरै समय बिताएर उपदेश दिएका थिए । राजा प्रसेनजितले बौद्घ सँस्कृती र सँस्कारलाई संरक्षण प्रदान गरेका थिए । यसरी यी दुबै क्षेत्रहरूले बौद्ध सँस्कृतीको विकास र प्रसारमा महत्वपूर्ण भूमिका खेले । यसरी बुद्घका ज्ञान प्रचार प्रसारमा शैक्षिक केन्द्रहरु खोलिए जसलाई बिहार भत्र थालियो । यो क्षेत्रमा धेरै बिहारहरु बने साथमा ठूला बिहार बने जसमध्ये एउटा नालरन्दा बिश्व बिद्यालय जिवित छ । धेरै बिहार रहेको कारणले नै यो क्षेत्र हाल प्रदेशको नाम नै बिहार रह््यो ।
कुर्पासीमा मानव बस्तीको सुरुवात कहिलेबाट र कुन जातिबाट भयो भन्ने एकिन नभएपनि नेपालमा किरातहरूको उदयपूर्व नै भएको र यहाँ कृषि तथा पशुपालन व्यवसाय रहेको तथा यहाँका आदीबासी पहरीहरु कपडाहरू बुन्ने र बिक्री गर्ने रहेको भनाइ छ । प्राकृतिक वनस्पती, भेडा, च्यांग्रा तथा अन्य पशुपंछीहरूको ऊन तथा धागोबाट ओढ्ने, ओछ्यान बुन्ने जुलाहाहरूको बस्तीलार्ई किरातीहरूले यस स्थानकोे नाम कुर्पासी राखेका थिए । कुर्पासीको उत्पादनबारे जानकारी पाएर हिन्दुस्तान, कौशलका ब्यापारीहरूका साथ ब्यापारको सिलसिलामा बनारस, काशीबाट आएका १० जना आर्यन दाजुभाइहरू मध्ये पाँच जना यस बस्तीमा बसेका र पँच जना ल्हासा गएका थिए । यिनीहरूलाई किरात पनि भनिन्छ ।
किरातीहरू कुशल ब्यापारीहुन् भन्ने ब्यापारी तथा बनौटाहरूको सुविधाको लागि कुर्पासीवरपर बनेका पाटीहरूले प्रष्ट्याउँदछ । बचाइएको पुरानो पाटीमा नेपाल बेसीको सिंहल पाटी (नयाँ इँटा र सिमेन्टबाट पुनर्निमाण गरिएको छ) र खुपासीमा पछि बनेका पाटीहरू इतिहास अनुकरण गरिएका हुन् । व्यवस्थित समाजका लागि सामाजिक संरचना आवश्यक भयो । धर्म–संस्कृति र संस्कारको सुरुवात र सृजना भयो र समाज निर्माणमा बलियो खम्बाहरू बन्न थाल्यो । कडा, नरम अनेकौँ रीतिथिति, नियम–उपनियमहरू बन्न थाले । यस्ता नीतिनियमहरू आदेशात्मक रूपमा पालना गर्न थालियो÷लगाइयो । सामाजिक मूल्य–मान्यता ठाउँअनुसार विकसित हँुदैगयो । सामाजिक संरचनामा विकसित हँुदै जाँदा यसलाई कहीँकतै विविध धर्मसँग जोडियो ।
हिन्दुधर्म र बौद्धधर्म फष्टाउन थाल्यो । राजनीति र सामाजिक संरचनामा यसले आफ्नो पकड बलियो बनाउँदा हिन्दुकला र बौद्धकला खोपासीमा झाँगिन गएको देखिन्छ । राजाका आस्था र विश्वास अनुसार अहिले हिन्दु र पहिले बौद्ध धर्मको बाहुल्य रहेको देखिन्छ । किरातीहरू धर्ममा उदार तथा कुटनीतिमा राम्रा थिए । किरातहरूले शिवलाई कुलदेवता भनेर वर्णण गरिएको छ । हिन्दु धर्मका अनुयायी भएपनि बौद्ध धर्मलाई पनि त्यत्तिकै आदर गर्थे । यिनीहरू शिवमार्गी भएपनि जनताको जीवनयापनको कदर गर्दै अन्य देव–देवीहरूको पनि त्यत्तिकै सम्मान, प्रार्थना गर्दथे भन्ने प्रमाण खोपासीमा रहेका फडकेश्वर, डोलेश्वर, दाङ्गघाटेश्वर, माहारुद्रेश्वर र पशुपतिको अलावा देवीस्थान डाँडामा रहेको द्रौपदा माई, भूमिपुजन क्षेत्र, तल्लोबजार पछाडि रहेको कमला माई र किटिनीमा रहेको ललितामाई आदि दृष्टान्त हुन् । किरातहरू देवीलाई माई मान्दथे जस्तै द्रौपदा माई, ललिता माई, कमला माई आदि । साथमा तिब्बत (तिब्बतीहरूको बोन धर्म) र चीनको महायान बौद्ध धर्मलाई पनि त्यत्तिकै आदर गर्थे । बौद्ध धर्मको सम्मान र आफ्नो ब्यापार अभिवृद्धिको लागि हालको मयलबोटमा चैत्य बनाइ चिनिया ‘अमिताभ बुद्ध (अखण्ड ज्योति)’को स्थापना गरे । तिब्बत संगको तिब्यापारमा अभिबृद्घि गर्न कैलाश (दरवार) लाई बुद्घमय बनाएका थिए । तिब्बत र चीनको ब्यापारमा बुद्धिष्ट भिक्षु र तीर्थयात्रुहरू माध्यम बनाएका थिए भने भारततर्पm ब्यापार वृद्धि गर्न मगधबाट ठकुरी (बर्मा) हरू ल्याई ब्यापार व्यवस्थापनमा संलग्न गराएका थिए । कुर्पासीले ल्हासा र बनारस बीचमा रहेको ब्यापारलाई निरन्तरता दिनुको साथमा ब्यापार क्षेत्र भारतवर्षको सारनाथ, काशी, गया, दिल्ली र कलकत्तातर्पm पनि बढाए । यसैगरी ल्हासाबाट थप उत्तर पेकिङ्ग (बेजिङ्ग) र मंगोलियासम्म पुगे ।
किरातले पाँङ्गेटोलमा बनाएको (विराट) राजाको निवासलाई त्यहाँका प्रशासकहरूले पनि निवासको रूपमा प्रयोग गरे । किरातहरू शैव मार्गी भएपनि जनता तथा ब्यापार बिबिधीकरणको लागि बुद्ध धर्मलाई पनि त्यत्तिकै महत्वका साथ आदर सम्मान गर्दथे । पछिल्लो समय लिच्छवी राजा शिवदेव (प्र) को पालामा अंशुवर्मा खोपासीका प्रशासक थिए । अंशुबर्मा नायवी राजाको जिम्मेवारी लिएर काठमाण्डौ स्थानान्तर भएपछि खोपासीको संवृद्धिमा ह्रास आउन थाल्यो । खोपासीमा बुद्ध धर्मले राम्रै जरा गाडी सकेको थियो भन्ने ज्वलन्त उदाहरण राजा शिव देव (प्र) ले जनतामा दिएको उर्दिको शिलालेख र आठ वर्षीय बालिका राजकुमारी भृकुटीले विरानो मुलुकमा गएर अन्य धर्मालम्बीलाई बुद्ध धर्मको अनुयायी बनाउनु हो । कुर्पासीबाट काठमाण्डौ दरबारमा अंशुबर्माको प्रस्थान तथा निर्वासित राजा उदय देव परिवार साथमा दक्ष पहरीहरु तिब्बतिय सम्राट श्रङ्गचङ्ग गम्पोको शरणमा गएपछि पाँङ्गेटोलस्थित उक्त निवास र कैलाशको राम्रोसँग स्याहार सम्भार गर्न नसक्दा बेवारिसे जस्तै बन्दै थियो । नरेन्द्र देवको उपस्थितिमा नेपालमा तथा भारतले बुद्ध धर्मको विरोधमा कसैले बोल्ने हिम्मत गरेनन् । ७–८ औँ शताब्दी तिर भारत–नेपाल क्षेत्रमा बौद्घ संप्रदाय निकै प्रभावशाली थियो, नालन्दा विश्वविद्यालय जस्ता महान शिक्षाकेन्द्रहरूमा यसको गहिरो प्रभाव देखिन्थ्यो ।
बौद्घ ज्ञान बिस्तारै धर्मको नामले ब्यापकता पाउँदा अद्वैत वेदान्त दर्शकहरुलाई सह््यभएको थिएन । दक्षिण भारतबाट यस्को बिरोध हुनथाल्यो । हिन्दू दर्शनको पुनर्जागरणको क्रममा आदि शंकराचार्य ले ८ औँ शताब्दीमा अद्वैत वेदान्तको प्रचार गर्दै विभिन्न दार्शनिक बहसहरूमार्फत बौद्ध धर्मका विचारहरूको आलोचना गरेका थिए, जसले भारतीय धार्मिक परम्परामा नयाँ दिशा ल्यायो । यसै सन्दर्भमा दक्षिण भारत, केरलाका दार्शनिक संन्यासी आदी शंकराचार्य यीनको टोलीको अभियानले अद्वैत वेदान्त दर्शनलाई पुनर्जीवित गर्ने उद्देश्यले आक्रामक र हिंसात्मक माध्यमबाट हिन्दू धर्मको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेका थिए । दक्षिण भारतबाट बुद्घ सम्प्रदाय र सम्पदा बिनाशको सुरुवात गर्दै उत्तर भारत हालको बिहार प्रदेशमा बिजय हासिलगर्दै ऐतिहासिक मार्ग सर्लाही, फाफरबारी, गोवा भञ्याङ्ग हुदै कुपासी प्रवेश गरे ।
राजा नरेन्द्र देवको मृत्युपश्चात कमजोर राजा बलि (?) बलदेव (?) को पालामा हिन्दुहरूले शंकराचार्यको नेतृत्वमा नेपालका बौद्ध सस्थान तथा धर्मावलम्बीहरू माथि विध्वंश चलाए । त्यो अभियानले खोपासीस्थित बुद्घमय कैलाश (दरवार) र अमिताभ बुद्धको चैत्य तथा पाञ्चाल नगरी अवस्थित भगवान बहाः माथी आक्रमण र नष्ट गर्नुको साथै बौद्ध अनुयायीहरू खास गरी शाक्य, बज्राचार्यहरू लखेटिए । खोपासी र पनौतीको बौद्ध धर्ममा ठूलो धक्का लाग्यो । अंशुवर्माको निवासमा बस्दै आएका स्थानीय पहरी जातका प्रशासकलाई हटाइ उक्त निवासमा नरसिंह भगवान् स्थापना गरी नरसिंह मठको घोषणा गरे । मठाधीशमा आफूसँग वैशालीबाट आएका पुरी थरका परिवारलाई नियुक्ति गरे । मानदेव प्र.ले अमिताभ बुद्धको नाममा राखेको गुठीका सबै श्री सम्पत्तीहरू नरसिंह मठमा दर्ज गरिदिए । पुरीहरूले उक्त गुठीको उपभोग लिच्छवीकालको बाँकी अवधि निरन्तरता पाए ।
मल्लकालको पूर्वार्धमा नरसिंह मठमा राजा विराट, लिच्छवी अंशुबर्मा आदिदेखि संरक्षण र भण्डारण गरिएका लिखित दस्ता तथा अन्य सामाग्रीहरूलाई अनौपचारिक शिक्षाको आधारमा तेह्रौँ शताब्दिमा खोपासीका प्रशासक बलदेवका छोरा बलबाहुउर्पm अरनिकोले चीन तथा दक्षिण एसियामा तत्कालिन उत्कृष्ट चित्रकला र बास्तुकलामा योगदान गरे भने बिज्ञान तथा ज्योतिष शास्त्रमा समेत दखल पु¥्याएका थिए ।
बि.सं. १३८१ मा बंङ्गालका शासक गयासुद्दिन तुलकका फौजबाट लखेटिएका राजा हरिसिंह देव आफ्नो ससुरालीका जेठान भक्तपुरका राजा रुद्र देवको शरणका लागी भागेर आएकाथिए । तर रोसी उपत्यकाको शहरहरु खास गरेर पनौती, खडपु र धुलिखेलको किंवदन्ति र बस्तुगत तत्थ्य तथा र्औचित्यको आधारमा हरिसिंह देव र तुलजा भवानी बोकेका रानी देवल देवी र आफ्ना दलबल सहित भाग्नेक्रममा एकैदिनमा सिम्रौनगढ बाट पनौतीको दुमांङ्गल पुगेका थिए । त्यसो भएर होला पनौतीको दाफा भजनमा “सिमाङ्ग नं दुमाङ्ग छनुंं” को भजन पनि रहेको छ ।
जयारि मल्लको मृत्यु पश्चात करिब तीन वर्षसम्म देशको सिंहासन रिक्त रह्यो । यस अवधिमा देवलदेवी र जगतसिंह, साथै उनीहरूसँग सिमरौनगढबाट आएका महामात्य अनेकराम बरधानको संरक्षण र निर्देशनमा पूर्ववत शासन सञ्चालन भइरहेको थियो । १४–१५औँ शताब्दीतिर नेपालको शासन व्यवस्थामा राम बरधान परिवारको महत्वपूर्ण भूमिका रह्यो । यही क्रममा उनका भाइ जयसिंह राम बरधान पनौती क्षेत्रका सामन्तका रूपमा स्वतन्त्र ढंगले शासन व्यवस्था सञ्चालन गरिरहेका थिए । उनैको पालादेखी पुरीहरुले ब्यवस्थापन गरिआएको नरसिंह मठको ब्यवस्थापनलाई ठेक्कामा पठाए । मल्लकालमा आएर नरसिंह मठको गुठी व्यवस्थापन ठेक्का प्रथामा पठाए र नरसिंह मठ सञ्चालनको लागि आवश्यक सरसामान ठेकेदारले मठाधीशलाई दिने र बाँकी कबुल रकम सरकारमा बुझाउने प्रथा चलाए । उक्त ठेक्का प्रथा शाहकालको पूर्वाद्र्धसम्म रह््यो । मल्लकालका अन्तिम ठेकेदार साँगाका नेवार थरका थिए । शाहकालको सुरुवात सँगै उक्त ठेक्का नेपाल एकिकरणमा शाहहरूलाई सहयोग गर्ने कृपासुर महतलाई अमानतमा ब्यवस्थापनको जिम्मा दिए । जंग बहादुर राणाले आफूलाई सेवा गरी खुसी बनाएबापत नरसिंह मठको ब्यवस्थापन महतहरूबाट सुरथ गिरीका तीन छोराहरू पुरन गिरी, महंंत राजेश्वर भारती र महंन्त रंगलाल भारतीलाई तीन–तीन वर्षको आलोपालो चलाउने बन्दोबस्त गरीदिए । यी खलकका तेश्रो पुस्ता महंत नरबहादुर भारतीले नरसिंह मठमा राजा विराट काल, लिच्छवी अंशुबर्मा आदिदेखि संरक्षण र भण्डारणबाट बाँकी लिखित दस्ता तथा अन्य सामाग्रीहरूलाई अनौपचारिक शिक्षाबाट पनि औषधोचारको उत्पादन, बाजा गाजा तथा आकर्षक काठका सामाग्री, धातुहरूको मिश्रण आदिको साथ साथै भारतमा ग्रामाफोन नआउँदै कलकत्ता गएर मैनको चक्काबाट ग्रामोफोन बनाइ किर्ती कायम गरे र वि.सं. २०१७ सालमा रसायन शास्त्रमा नेपाल सरकारबाट प्रथम त्रिभूवन पुरस्कार प्राप्त गरेका थिए ।
मठमा सन्त, महन्त तथा धार्मिक अतिथीहरूको स्वागत सत्कार गरिन्थ्यो । बिद्वत अतिथिहरूले आफूलाई उचित लिखित दस्तावेज तथा सामाग्रीहरू उपहारस्वरूप लाने गर्दथे । पछिल्लो अवस्थामा योगी नरहरि नाथ, बाबुराम आचार्य, डिल्ली रमण रेग्मी आदिले यो अवसर प्राप्त गरे । यस्को अलावा मठाधिस तथा ठेकेदारहरू सुरुदेखी नै व्यवस्थापनमा आफ्नो ठेक्का निरन्तरताको लागि लिखित दस्तावेज र सामाग्रीहरू लुकाउने र नष्ट गर्ने तथा राम्रा सामाग्रीहरू तालुकदार अड्डाका कर्मचारीहरूमा नजराना चढाउन लैजान्थे । अभैmपनि गुठी संस्थानको ढड्डामा १४१.१५ रोपनी जग्गा रहेको र त्यसमध्ये पनौती जलविद्युत् योजनाले करिब १३२ रोपनी चर्चेको छ । हाल आएर भारतीका पाँचौ पुस्ता रामेश्वर भारतीले मठ व्यवस्थापन गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *