धुलिखेल । काभ्रेपलाञ्चोकमा बेवारिसे अवस्थामा भेटिएका ११ जना व्यक्तिको उद्धार गरी पुनस्र्थापनाका लागि आश्रमको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेठ २२ गते जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, बनेपा तथा प्रहरी चौकी पनौतीलगायत मातहतका प्रहरी इकाइहरूको संयुक्त सहकार्यमा बेवारिसे अवस्थामा रहेका ९ जना पुरुष र २ जना महिला गरी जम्मा ११ जनाको उद्धार गरिएको हो ।
उद्धार गरिएका ती व्यक्तिहरूलाई आवश्यक हेरचाह, संरक्षण तथा पुनस्र्थापनाको व्यवस्थाका लागि मानव सेवा आश्रमलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस कार्यले सडकमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका नागरिकहरूको संरक्षण, मानवीय सेवाको प्रवद्र्धन तथा पुनस्र्थापनामा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।
