बनेपा । काभ्रेको बनेपामा रहेको चैतन्य क्याम्पसले बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेशकै पहिलो बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सम्बन्धन प्राप्त गरेको छ । यसै विषयमा जानकारी दिन र नयाँ कार्यक्रमबारे सुझाव तथा सल्लाहका लागि क्याम्पसले शनिबार शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष राजभाई मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न शैक्षिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पसका नयाँ योजनाहरूबारे प्राध्यापक शिवओम दाहालले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा प्राध्यापक भोला केसी, बागमती प्रदेशका पूर्वसचिव डा. चन्द्रप्रसाद लुईटेल, सिद्धार्थ स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, कानपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर भुजेल, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर नेगीले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै काभ्रे बार एसोसिएसनका अध्यक्ष हरिशरण दाहाल, इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, क्यान महासंघका उपाध्यक्ष शेखर दुलाल तथा पूर्वविद्यार्थी समाजका अध्यक्ष एसकुमार रञ्जितलगायतले आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पस प्रमुख जुजुभाई मानन्धरले बदलिँदो सामाजिक अवस्था, बजारको माग र विद्यार्थीहरूको रुचिलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कार्यक्रम शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार यस क्याम्पसमा हाल स्नातक तहमा बीआईटी र बीएड -सेमेस्टर प्रणाली) का कक्षाहरू सञ्चालनमा रहेका छन् । आगामी शैक्षिक सत्रदेखि बीबीए तथा एलएलबी -द्यबअजभयिच या ीबध) कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
सहभागीहरूले सहज र सुलभ शुल्कमा सञ्चालन हुन लागेका नयाँ कार्यक्रमले उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
