मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीमा बिहीबार धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर -ऋभचखष्अब िऋबलअभच) तथा स्तन क्यान्सर ९द्यचभबकत ऋबलअभच) स्क्रिनिङ शिविर अन्तर्गत १२१ जना महिलाले सेवा लिएका छन् ।
शिविरमा १०९ जना महिलाको ज्एख् म्ल्ब् त्भकत तथा १२१ जना महिलाको ऋष्लिष्अब िद्यचभबकत भ्हबmष्लबतष्यल ९ऋद्यभ्० परीक्षण सम्पन्न गरिएको स्वास्थ्य चौकीले जनाएको छ ।
महिलाहरूमा पाठेघरको मुख तथा स्तन क्यान्सरको समयमै पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरप्रति स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । मण्डनदेउपुर नगरपालिकाले महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता निःशुल्क स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
जैसिथोकमा प्रजनन स्वास्थ्य जाँच शिविर, २४० महिलाले सेवा लिए
काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ स्थित जैसिथोक स्वास्थ्य चौकीमा शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारीसँगको सहकार्यमा प्रजनन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर -ऋभचखष्अब िऋबलअभच) तथा स्तन क्यान्सर -द्यचभबकत ऋबलअभच) स्क्रिनिङ कार्यक्रम अन्तर्गत करिब २४० जना महिलाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा १० जना महिलामा ख्क्ष्ब् ९ख्ष्कगब िक्ष्लकउभअतष्यल धष्तज ब्अभतष्अ ब्अष्म० परीक्षण पोजेटिभ देखिएपछि थर्मोक्वागुलेसन विधिबाट उपचार गरिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
यस्तै, थप परीक्षण आवश्यक देखिएका सेवाग्राहीहरूको नमुना सङ्कलन गरी धुलिखेल अस्पताल पठाइएको छ । नगरपालिका र धुलिखेल अस्पतालबीचको सहकार्यमा मण्डनदेउपुर नगरपालिकाका सबै वडामा ज्एख् म्ल्ब् परीक्षण सञ्चालन गरिने तयारी गरिएको छ ।
शिविर सफल बनाउन सहयोग तथा सहकार्य गर्ने सबै संस्था, स्वास्थ्यकर्मी र सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ । उक्त जानकारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले दिनुभएको हो ।
