भकुण्डेवेंसी । कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले काभ्रेको नमोबुद्ध नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरूलाई ट्याक्टर वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाका अनुसार यस कार्यक्रममार्फत करिब ५०० जना किसानले ट्याक्टर प्राप्त गर्ने भएका छन् । सबै वडाबाट करिब ८०० वटा ट्याक्टरको माग प्राप्त भए पनि उपलब्ध बजेट र कार्यक्रमको दायराअनुसार पहिलो चरणमा ५०० किसानलाई समेटिएको जनाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले दिनुभएको जानकारीअनुसार ५० प्रतिशत अनुदान उपलब्ध गराइएकाले प्रत्येक ट्याक्टरका लागि किसानले १४ हजार ५०० रुपैयाँ मात्र व्यहोर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको छ ।
नगरपालिकाले विगत वर्षहरूमा पनि यस्तै प्रकारका कृषि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको थियो । कृषि सामग्रीमा अनुदान प्राप्त भएपछि स्थानीय किसानहरू उत्साहित र खुसी भएका छन् । किसानहरूले यस कार्यक्रमले खेतीपातीलाई सहज, छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले आगामी दिनमा समेत कृषकको उत्पादन लागत घटाउने तथा कृषि व्यवसायलाई थप आधुनिक र व्यावसायिक बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *