मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम देउपुरेको विशेष पहलमा मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

सोमबार आयोजित कार्यक्रममा राधाकृष्ण घनश्याम आधारभूत विद्यालय, मण्डनदेउपुर–७ का २२ जना, गोल्मेश्वरी आधारभूत विद्यालयका ४० जना, बिन्धवासिनी आधारभूत विद्यालय, मण्डनदेउपुर–४ का १२ जना र देउपुर आधारभूत विद्यालय, मण्डनदेउपुर–३ का २० जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो । चार विद्यालयका गरी जम्मा ९४ जना विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रममा रोटरी क्लब अफ धुलिखेल सिखलापुरका अध्यक्ष सञ्जय कोजु, सदस्यहरू रेखा श्रेष्ठ र जिया श्रेष्ठ, स्वयंसेवक खिलविक्रम श्रेष्ठ तथा सामाजिक अभियन्ता एवं राजनीतिक व्यक्तित्व रञ्जिव श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएकोमा रोटरी क्लब अफ धुलिखेल सिखलापुरप्रति आभार व्यक्त गरिएको थियो । साथै, सहयोगका लागि पहल तथा समन्वय गरिदिनुभएका सामाजिक अभियन्ता यदुनाथ गौतम देउपुरे प्रति पनि विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ । विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोगले अध्ययनप्रति उनीहरूको उत्साह बढाउनुका साथै आर्थिकरूपमा कमजोर परिवारका बालबालिकालाई केही राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *