पनौती । पनौतीमा स्थानीय तह शिक्षा समूह गठन तथा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक विपिन लामा, नगरपालिका अन्तर्गत विभिन्न शाखाका प्रमुख, युनिसेफ, नेपाल शिक्षा समुहलगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।
कार्यक्रममा युनिसेफ अन्तर्गत परियोजनाका शिक्षा अधिकृत गणेश विक, इन्जिनियर निकेश भण्डारी, समन श्रेष्ठले विपद् अघिको पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने कार्य र विपद् पश्चातको सुरक्षा, प्राथमिकतामा राख्नुपर्ने विषय र रणनितीक योजनाका बारेमा जानकारी गराएका थिए ।
स्थानीय तह शिक्षा समिति गठनपछिको यो पहिलो अभिमुखीकरण कार्यक्रम हो । यसअघि विपदबाट शिक्षा क्षेत्रमा पर्ने प्रभावलाई व्यवस्थापन गर्न स्थानीय तह शिक्षा समूह गठन गरिएको थियो । विपद पूर्वतयारी तथा प्रतिकार्यका लागि उपप्रमुख गिता बञ्जाराको संयोजकत्वमा शिक्षा समूह गठन गरिएको हो ।
समूहमा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, स्वास्थ्य शाखा प्रमुख जनक केसी, श्वेत गणेश आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद खत्री, भालेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसी, इन्द्रेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल केसी, पनौती आधारभूत विद्यालयका प्रधानाध्यापक राजन कर्माचार्य सदस्य छन् । यस्तै अन्य सदस्यमा संस्थागत विद्यालयतर्फ सिद्धार्थ वनस्थली इन्टिच्युटबाट रेश्मा थापा, नेपाल रेडक्रस सोसाइटीका स्थानीय प्रतिनिधि मुकुन्द अर्याल, अपांग महासंघ स्थानीय प्रतिनिधि ललिता कर्माचार्य, पत्रकार महासंघबाट विकास तिमल्सिना, स्थानीय शिक्षासँग सम्बन्धी संस्थाको तर्फबाट आरसीएफ नेपालका श्रीकृष्ण थापा र सिविनबाट भगवती श्रेष्ठ सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *