नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत, स्वास्थ्य उपचार र शिक्षामा सहयोग पु¥याउने उद्देश्यले कान्छीमाया तामाङ फाउन्डेसनले आगामी दिनका लागि विभिन्न सामाजिक कार्यक्रम अघि सारेको छ । फाउन्डेसनले रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर, बालबालिकाको शिक्षामा सहयोग तथा एम्बुलेन्स हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
फाउन्डेसनका अध्यक्ष एवं डा. दिलबहादुर थोकरका अनुसार आगामी अक्टोबर २६ मा रसुवा जिल्लाको चिलिमे र गोल्जुङ क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित एक हजार घरधुरीलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरियो । विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पु¥याउने उद्देश्यले राहत वितरणको कार्यक्रम तय गरिएको उनले जानकारी दिए । त्यस्तै, नोभेम्बर ९ देखि ११ सम्म मलेसियाली चिकित्सकहरूको टोलीको सहभागितामा बाढीपहिरो प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । विपद्पछि स्वास्थ्य समस्या भोगिरहेका तथा नियमित स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिनाइ भएका स्थानीय बासिन्दालाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।
फाउन्डेसनले विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन पनि सहयोग गर्ने भएको छ । अमेरिकास्थित मोरिङ्गा फर लभ -ःयचष्लनब ायच ीयखभ, ग्क्ब्) को सहयोगमा नोभेम्बर १५ देखि १८ सम्म प्रभावित एक सय जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष थोकरले बताए ।
यसैगरी, नोभेम्बर २९ देखि डिसेम्बर ५ सम्म धादिङ जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा ताइवानका चिकित्सकहरूको टोलीमार्फत पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । शिविरबाट प्रभावित समुदायका स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने फाउन्डेसनको योजना छ ।
फाउन्डेसनले डिसेम्बर २९ मा नुवाकोट जिल्लाका आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै सुकुमान अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय गरेको छ । यसबाट विपन्न परिवारलाई राहत पुग्नुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कान्छीमाया तामाङ फाउन्डेसनले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत संस्थाले सहयोग गरेको थियो ।
विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्य उपचार र शिक्षाजस्ता आधारभूत आवश्यकतामा सहयोग पु¥याउने फाउन्डेसनको प्रयासको विभिन्न क्षेत्रबाट प्रशंसा हुँदै आएको छ । …सेवा, शिक्षा, स्वास्थ्य र मानवताÚ लाई मूल अभियान बनाएको फाउन्डेसनले आगामी कार्यक्रममार्फत विपद्पीडित परिवार, बालबालिका र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
