तेमाल । तेमाल गाउँपालिकामा दुई दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल र तेमाल गाउँपालिकाको संयुक्त आयोजना तथा क्युर ब्लाइन्डनेस प्रोजेक्ट र गुडविजनको सहयोगमा शिविर सम्पन्न भएको हो ।
बैशाख ११ र १२ गते आयोजना गरिएको शिविरमा ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा सुदीप राजभण्डारीको नेतृत्वमा आँखा शिविर सञ्चालन भएको थियो । शिविरमा ६९ जना मोतिबिन्दुका बिरामी, दुईजना आँखामा मासु पलाएका बिरामीहरू र एक जनाको आँखाको परेलाको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया गरिएका बिरामीहरूको फलोअप गर्न वैशाख २१ गते आइतबार पोखरी नारायणस्थानस्थित तेमाल ग्रामीण आँखा केन्द्रमा गरिने छ । शिविर पश्चात शल्यक्रिया गरिएको आँखामा राख्ने औषधि सफा गर्ने कपाससहित कालो चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा स्थानीय जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *