जगन्नाथ गिरि
जाँ हेनरी ड्यूना र रेडक्रसको स्थापनाः
अन्तर्राष्ट्रिय रेडक्रसका संस्थापक जाँ हेनरी ड्यूनाको जन्म ८ मे १८२८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५९ जुनमा इटालीको सल्फेरिनो पुगेका बेला इटाली र फ्रान्सका संयुक्त सेना र अष्ट्रिया बीच युद्ध भइरहेको थियो । त्यो युद्धमा करीव ६ हजार सैनिकको मृत्यु र ४० हजारभन्दा बढी सैनिक घाइते भएका थिए । युद्धको भयानक दृश्यदेखि ड्यूनाले घाइतेहरूलाई तत्कालै सक्दो सेवा पु¥याए । सल्फेरिनोको दुःखद दृश्यबाट प्रभावित उनले सन् १८६२ मा फ्रेन्च भाषामा “सल्फेरिनोको सम्झना” ९ब् ःझयचथ या क्यािभचष्लय० नामक पुस्तक लेखे, जसमा रणभूमिको यथार्थ वर्णन गर्नुका अतिरिक्त युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकोले घाइतेहरूको उद्धारका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्थाको स्थापना र यसका लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव दिए । पुस्तकले धेरै मानिसका मनमा राम्रो प्रभाव पार्यो । उनको विचारसँग सहमत हुने स्वीजरल्याण्डका अरू सहयोगीहरूसँग मिलेर डुयूनाले सन् १८६३ मा “ंघाइतेहरूको सहयोगका लागि अन्तर्राष्ट्रिय समिति (A Memory of Solferino) स्थापना गरे जसलाई अहिले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (International Committee of the Red Cross (ICRC) भनिन्छ । साथसाथै युरोपेली देशहरूबाट राष्ट्रिय रूपमा रेडक्रसका सोसाइटीहरूको स्थापना शुरू भयो । पछि गएर सन् १९९९ मा लिग अफ रेडक्रस सोसाइटीज गठन भयो जसलाई अहिले महासंघ (Federation) भनिन्छ ।

अभियानका तीन अङ्गहरू ः
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान भन्नाले रेडक्रसको अन्तर्राष्ट्रिय समिति, विश्वभरि छरिएर रहेका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको विश्वव्यापी सञ्जाललाई बुझाउँदछ । यस सञ्जालको लक्ष्य जुनसुकै समय र ठाउँमा हुन सक्ने मानवीय पीडालाई हटाउनु र कम गर्नु हो ।
क) रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आई.सी.आर.सी.)
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (International Federation of the Red Cross and Red Crescent Societies (IFRC) एउटा निष्पक्ष, तटस्थ र स्वतन्त्र संस्था हो । यसको एक मात्र मानवीय लक्ष युद्ध र आन्तरिक हिंसाबाट पीडितहरूको जीवन र मर्यादाको सुरक्षा गर्नु र उनीहरूलाई सहयोग उपलब्ध गराउनु हो । यसले संघर्षका परिस्थितिहरूमा मानवीय गतिविधिहरूको निर्देशन र समन्वय गर्दछ । यसले मानवीय कानुन र विश्वव्यापी मानवीय सिद्धान्तहरूको सम्बद्र्धन र तिनलाई सुदृढ पारेर पीडालाई रोक्ने प्रयत्न गर्दछ । सन् १८६३ मा स्थापित (आई.सी.आर.सी.) बाट नै अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्टर अभियानको प्रारम्भ भएको हो । यसको मुख्य कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ । संयुक्त राष्ट्रसंघको महासभामा यस समितिलाई पर्यवेक्षकको हैसियत प्राप्त छ ।
ख) राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूः
राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू अन्तर्राष्ट्रिय रेडक्रस अभियानका महत्वपूर्ण अंगहरू हुन । राष्ट्रिय सोसाइटीहरूको स्थापना सन १८६३ देखि नै भएको हो । यिनीहरूले आफ्नो देशभित्र आइपर्ने विपद् उद्धार, स्वास्थ्य तथा सामाजिक सेवा र विकासमूलक कार्यहरूमा सरकारको सहयोगीको रूपमा काम गर्दछन् । राष्ट्रिय सोसाइटीहरूले युद्धको समयमा प्रभावित गैरसैनिक नागरिकहरूलाई सहयोग पु¥याउनका साथै सेनाको चिकित्सा टोलीलाई आवश्यकताअनुसार मद्दत गर्दछन् । जेनेभा महासन्धिहरूमा हस्ताक्षर गरेको राष्ट्रमा मात्र राष्ट्रिय रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटी स्थापना हुन सक्दछ । सन् २०१७ को अन्तसम्म १९१ मुलुकहरूमा राष्ट्रिय सोसाइटीहरू स्थापना भएका छन् । नेपाल रेडक्रस सोसाइटी पनि तिनै मध्येको एक हो । सबै राष्ट्रिय सोसाइटीहरूले आ–आफ्नो विधान वमोजिम कार्यक्रम सञ्चालन गर्दछन् ।
ग) रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन)
राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (International Federation of the Red Cross and Red Crescent Societies (IFRC) विश्वको सबैभन्दा ठूलो स्वयंसेवी मानवीय संगठन हो । यो १९१ राष्ट्रिय सोसाइटीहरू मिलेर बनेको छ । विश्वका १ करोड २० लाख स्वयंसेवक तथा सदस्यहरू यसमा संलग्न छन् । अन्तर्राष्ट्रिय महासंघ तथा यसका सदस्य विपद् तथा रोगका असरहरूलाई कम गर्न क्रियाशील हुन्छन् ।
महासंघको स्थापना सन् १९१९ मे ५ मा फ्रान्सको राजधानी पेरिसमा भएको हो । यसको मुख्य कार्यालय स्वीट्जरल्याण्डको जेनेभामा छ । विश्वका सम्पूर्ण मानवलाई पर्न आउने पीडाको रोकथाम खास गरी विपद्, महामारी, प्राकृतिक प्रकोप इत्यादिबाट पीडितहरूलाई सहयोग पु¥याउन अन्तर्राष्ट्रिय समन्वय गर्नु, राष्ट्रिय सोसाइटीहरूको क्षमता अभिवृद्धि र विकासमा सहयोग गर्नु महासंघको मूल उद्देश्य हो । संयुक्त राष्ट्रसंघको महासभामा यस महासंघलाई पर्यवेक्षकको हैसियत प्राप्त छ ।
अन्तर्राष्ट्रिय रेडक्रस सम्मेलन
रेडक्रस अभियानको सर्वोच्च र निर्णायक अङ्ग हो । हरेक चार वर्षमा हुने यस सम्मेलनमा सबै राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू, जेनेभा महासन्धिमा हस्ताक्षर गर्ने सबै राष्ट्रका सरकारी प्रतिनिधिहरू, (आई.सी.आर.सी.) र महासंघका प्रतिनिधिहरूले भाग लिन्छन् । अन्तर्राष्ट्रिय रेडक्रस अभियानको विधान बमोजिम यसले विश्वमा रेडक्रस अभियानलाई दिशाबोध गर्दछ ।
रेडक्रसका आधारभूत सिद्धान्तहरू
अन्तर्राष्ट्रिय रेडक्रस अभियानका ७ (सात) आधारभूत सिद्धान्त छन् । रेडक्रसका गतिविधि तथा काम गर्ने तौर तरिकाहरू यिनै सिद्धान्तहरूबाट निर्देशित हुन्छन् । सन् १९६५ अक्टोवरमा भियनामा सम्पन्न रेडक्रसको बीसौ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा निम्नलिखित ७ (सात) वटा सिद्धान्तहरू पारित भएका छन् ः–
१) मानवता ः मानव जीवन, स्वास्थ्य र सम्मानको सुरक्षा, मानवीय पीडाको रोकथाम, कमी र शान्ति अभिवृद्धि ।
२) तटस्थता ः सबैको विश्वास प्राप्त गर्न, कसैको पक्ष नलिने र विवादमा संलग्न नहुने)
३) स्वाधीनता ः स्वायत्त रूपले आफ्नो काम गर्ने, मानवीय कार्यमा सरकारको सहयोगी ।
४) निष्पक्षता ः भेदभावविहीनता र प्राथमिकताका आधारमा सहयोग ।
५) स्वयंसेवा ः आर्थिक र अन्य तत्काल लाभबाट प्रेरित नभई गरिने स्वेच्छिक मानवीय सेवा ।
६) एकता ः सबैका लागि खुल्ला रहने र देशका सबै क्षेत्रमा कार्यरत एउटा मात्र रेडक्रस ।
७) विश्वव्यापकता ः विश्वव्यापी अभियान जसमा सबै राष्ट्रिय सोसाइटीले समान हैसियतमा परस्पर सहकार्य गर्दछन् ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो)
वि.सं. २०२० साल भाद्र १९ गते तद्नुसार ४ सेप्टेम्बर १९६३ का दिन ूनेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना भएको हो । नेरेसो गैरनाफामूलक स्वयंसेवी संस्था हो र यसले मानवीय कार्य क्षेत्रमा सरकारको सहयोगीको भूमिका खेल्दछ । वि.सं.२०२० साल माघ २४ गते तत्कालीन नेपाल सरकारद्वारा जेनेभा महासन्धिहरूमा सम्मिलित भएपछि प्रचलित कानुन अनुसार राष्ट्रभरि कार्य गर्ने गरी नेरेसोलाई नेपाल सरकारबाट मान्यता प्राप्त भएको थियो । यस लोकतान्त्रिक गणतन्त्र नेपालको एक मात्र राष्ट्रिय रेडक्रस सोसाइटीको रूपमा रहेको नेरेसो अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अभिन्न अंग हो । यसलाई वि.संं.२०२१ साल असोजमा (आई.सी.आर.सी.) तथा फेडरेशनले क्रमशः मान्यता र सदस्यता प्रदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको संस्थापक सभापति तत्कालिन अधिराजकुमारी प्रिन्सेस शाह हुनुहुन्थ्यो ।
२०८० श्रावण १ र २ गते सम्पन्न केन्द्रीय सभाको विशेष महाअधिवेशनबाट ३१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ जसमा श्री सुदर्शन नेपाल अध्यक्ष, श्री राधा नेपाली महिला उपाध्यक्ष, श्री सुरेन्द्र ऐर खुल्ला उपाध्यक्ष, श्री भूपतिलाल श्रेष्ठ महामन्त्री, श्री वीरबहादुर बस्नेत कोषाध्यक्ष, श्री मनोजकुमार थापा उपमहामन्त्री र श्री डोलराज पाण्डे उपकोषाध्यक्ष रहनु भएको छ ।
दूरगामी लक्ष्य ः
संस्थाको संगठनात्मक ढाँचाको सुदृढीकरण तथा विस्तारद्वारा सरकारी एवम् गैरसरकारी संगठनहरूसँग सम्पर्क स्थापनाका साथै सामुदायिक सहभागिता र स्वयंसेवकहरूको अधिकतम् परिचालन गरी मानवीय पीडामा राहत प्रदान गर्ने र संकटाभिमुखता कम गर्ने नेपाल रेडक्रस सोसाइटीको दूरगामी लक्ष्य हो ।
उद्देश्य
धर्म, वर्ण, लिङ्ग, वर्ग, जात, जाति, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रस सोसाइटीको उद्देश्य हो ।
नेपाल रेडक्रसको सदस्यता र स्वयंसेवा
नेपाल रेडक्रस सोसाइटीको प्रमुख आधार यसका सदस्य एवम् स्वयंसेवकहरू हुन । संस्थाको सदस्य हुन चाहने १६ वर्ष उमेर पुगेका हरेक व्यक्तिलाई नेपाल रेडक्रसको सदस्यता खुल्ला छ । नेरेसो केन्द्र, प्रदेश, जिल्ला वा उपशाखा कार्यालयमा तोकिएको शुल्क बुझाएर सदस्यता लिन सकिने व्यवस्था छ । वि.सं. २०७५ असार मसान्तसम्म नेरेसोमा रहेका जम्मा १० लाख ८९ हजार ५९२ सदस्यहरू मध्ये जुनियर तथा युवा सदस्यको संख्या ८ लाख ७८ हजार ४०१ छ । मुलुकका सबै प्रदेश र जिल्लामा नेपाल रेडक्रस सोसाइटीका कार्यालयहरु रहेका छन् । यसैगरी नगर तथा गाउँपालिकामा १,५१६ वटा उपशाखा, १०४ वटा सहयोग समिति र ६,३४० जुनियर तथा युवा सर्कलहरू छन् ।
नेपाल रेडक्रसमा ‘स्वयंसेवक’ भन्नाले मानवीय हितका लागि रेडक्रसका आधारभूत सिद्धान्तअनुरूप संस्थाको कुनै पनि निकायसँग आवद्ध भई वर्षको कम्तिमा ४० घण्टा जिम्मेवारी स्वेच्छिक रूपमा वहन गर्ने व्यक्तिलाई बुझाउँछ । यसको विधान अनुसार सदस्य बनेका व्यक्तिहरू सदस्य बनेकै कारणले स्वयंसेवक होइनन् तर रेडक्रसका सेवामूलक कार्यक्रममा संलग्न रहेमा सदस्यहरू पनि स्वयंसेवक बन्दछन् । सदस्यता प्राप्त गर्नु भनेको वैधानिक हैसियत प्राप्त गर्नु हो र स्वयंसेवक हुनु भनेको सेवा कार्यमा संलग्न हुनु हो । हरेक व्यक्ति नेरेसोको स्वयंसेवक वा सदस्य दुवै हुन सक्छन् । हाल नेरेसोमा कार्यकारी र कार्यक्रम स्वयंसेवक गरी एक लाखभन्दा बढी स्वयंसेवकहरु क्रियाशील छन् ।
नेपाल रेडक्रस सोसाइटीको सदस्यताका प्रकारहरू ः

नोट ः साधारण, आजीवन, विशिष्ट र यशस्कर सदस्यको अधिकार समान हुनेछ । सदस्यता शुल्क केन्द्रीय कार्यालयले समय–समयमा तोकिए बमोजिम हुनेछ । जुनसुकै स्तरको कार्य समितिबाट सदस्यता प्रदान गरिए पनि सदस्यले उपशाखामा पञ्जिकृत हुनेछ र स्थानान्तरण गर्न चाहेमा गर्न सकिनेछ । इच्छाएको उपशाखामा पञ्जिकृत हुनेछ र स्थानान्तरण गर्न चाहेमा गर्न सकिनेछ।
घ) जिल्ला शाखा काभ्रेपलाञ्चोकको स्थापना र चिनारी केही झलकहरु ः–
नेरेसो काभ्रेपलाञ्चोकको २०२३ साल असोज ३० गते बनेपा निवासी श्री चेवनकाजी बाको श्रेष्ठको संयोजकत्वमा स्थापना भएको काभ्रे रेडक्रस मानवीय सेवामा रुची राख्ने व्यक्तिहरुको बीचमा नेतृत्व चयन गरी जिल्ला शाखाबाटै विभिन्न प्रकारका मानवीय पिडितहरुलाई सहयोग, अस्थायी शिविर, विद्यालयहरुमा कार्यक्रम, खानेपानी, स्वास्थ्यका कार्यक्रमहरुमा समानुपातिक विकास संगठन अन्तर्गत सदस्यता विस्तार शाखाबाटै गरिन्थ्यो । यसरी सञ्चालित काभ्रेपलाञ्चोक जिल्ला शाखाले वि.सं.२०४९ सालमा आएर पहिलोपटक नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत उपशाखाहरु गठन र विस्तारका क्रममा सैतिस (३७) वटा उपशाखाहरु विस्तार गरियो ।
प्रस्तुत लेख नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, रेडक्रस मार्ग, कालीमाटी, काठमाडौंबाट २०७५ असोजमा प्रकाशित रेडक्रसको संक्षिप्त परिचयबाट साभार गरिएको हो । जय रेडक्रस !
(लेखक जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ ।)
