सुदीप के.सी.
धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा विद्युत पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ घारिबथान बस्ने अन्दाजी २८ बर्षीय उपेस परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) मिन घलेले जानकारी दिएका छन् ।
प्राधिकरणमार्फत नै ११ केभिए हाइटेन्सन लाइनमा विद्युत पोलमा चढी काम गरिहेका परियारलाई एक्कासी करेन्ट लाग्दा परियार पोलमा नै झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
उनको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको काभ्रे वितरण केन्द्रले शुक्रवार सूचना जारी गरेर धुलिखेल बसपार्कदेखि सरस्वतीबजार, सि.डि. ओ. कार्यालय हुँदै हजार सिढी जाने बाटो सम्मको डबल सर्किट ११ के.भि. लाइन मिति २०८२÷२÷३ गतेबाट चार्ज गरिने भएकोले सो विस्तार गरिएको लाइनको वरिपरी गाईबस्तुहरू नछाड्न एवं पोल, स्टे लगायतका सामग्रीमा नछुन अनुरोध गर्दै केही कैफियत जस्तै स्पार्कहरू देखिएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको थियो । तर, विना जानकारी करेन्ट छोड्दा करेन्ट लागेर परियारको मृत्यु भएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *