विश्व उलक
खोपासी, पनौती नगरपालिका

पुण्य मण्डल
काठमाण्डौ उपत्यका भित्र बनेका साँस्कृती, सस्कार र संरचनाका पूर्वाधारहरुले “नेपाल मण्डल” को उपाधी पाएको छ । यसका लेखकले रोसी उपत्यका भित्रका तल उल्लेखित साँस्कृती, सस्कार र संरचनाका पूर्वाधारहरुले काभ्रेका इतिहासबिद मनिष योंगलले गच्चारण गर्नु भएको “पुण्य मण्डल” शब्दलाई पुष्टी गर्न केहि प्रयास गरेको छु । तल उल्लेखित साँस्कृती, सस्कार र संरचनाका साथमा समय सापेक्ष अध्ययन अनुसन्धान गरि गुरुयोजनाका लागी केन्द्रको अग्रतामा सम्बन्धित निकायहरु कृयाशिल हुनु भएमा विश्वको एउटा नमुना उपत्यका बत्रेथियो ।
सतीदेवी पिठ – सतिदेवी प्राण त्याग हिन्दू धर्मको एक महत्त्वपूर्ण पुराणकथा हो, जसले बलिदान, प्रेम, र समर्पणको गहिरो अर्थ दिन्छ । सतीदेवीको कथा हिन्दू पुराण अनुसार जो भगवती पार्वतीको पहिलो अवतार मानिन्छि । सतीको विवाह देवादी देव महादेव सँग भएको थियो । तर सतीदेवीका पिता राजा दक्षको भगवान शिवसँगको नकारत्मक थियो । राजा दक्षले एक विशाल यज्ञको आयोजना गरे र भगवान शिवलाई आमन्त्रित गर्न चाहेन । सतीदेवी, जो शिवप्रति अत्यन्त समर्पित थीइन, आफ्नो पिता र यज्ञमा उपस्थित सबै व्यक्तिहरूसँग मिलेर शिवको सम्मान गर्न चाहन्थिन् । उनले यज्ञ स्थलमा गए र पिता दक्षसँग शान्तिपूर्वक कुरा गरिन्, तर राजा दक्षले उन आग्रहलाई अपमानित गरे र भगवान शिवको तिरस्कार गरे ।
अत्यन्त दुःखी र क्रोधित सतीदेवीले त्यो अपमान सहन गर्न नसकेर यज्ञकुण्डमा प्रवेश गरिन र त्यहाँ आगोमा प्राण त्याग गरिन तर शिवको आज्ञा विना अग्नीदेवले उनको पार्थिव शरिर जलाउन चाहेन । सतिदेवीको अवस्था थाहा पाएपछि शिव आफ्नु ससुराली दक्ष प्रजापतिको दरवार काठमाण्डौको टोखामा पुगेर ससुरको टाउको काटेर बोकाको टाउको जोडीदिए । यज्ञकुण्डबाट आफ्नो प्रेयसीको पार्थिव सरिर बोकेर संसर डुल्न थाले । यहिक्रममा रोसी नदी र सुनकोशी नदीको संगम नजिक दुम्जामा कपाल झ¥्यो र भक्तजनहरुले उक्त स्थानको नाम नै कुशेश्वर राखे । यस्तै जानकारीमा आए अनुसार रोसी उपत्यकाको पनौती नगरपालिकाको दक्षिणमा भाल खसेर भालेश्वर, पनौती नगरपालिकाको पश्चिम–उत्तरमा दाहिने कान खसेर धनेश्वर र बनेपा नगरपालिकाको साँगामा नाक खसेर नासिकास्थान नामले प्रसिद्घि पाएको छ । तर भारत हरिद्वार जाने भक्तजनहरुलाई त्यहाँका पण्डाहरुले सतीदेवी प्राण आहुती गरेको स्थान भनि सानो कुण्ड देखाउने गरेको अपत्यारिलो रहेको बताउँदछन् । यस सम्बन्धि नेपाल सरकार साँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका आधिकारिक अधिकृतहरुको मौनताले उहाँहरुको क्षमतामा प्रश्न उठेको छ ।
नीलकण्ठ फिर्ती सवार – हिन्दुहरु समुन्द्र मन्थन र देवादि देव माहादेववले कालकुट बिष सेवन गरि श्रृष्टी संरक्षण गरेकोमा गर्व गर्दै पटक पटक भनेर थाक्दैनन् । देवादि देव माहादेवका कृयाकलापहरुको संझनामा वहाँको शक्तिलाई सम्मान गर्न संसारका बिभित्र स्थानमा प्रसस्त शिला, मूर्ती तथा मन्दिरहरु स्थापना गरिएका तथा भै रहेका छन् ।
श्रीभागवत पुराण, बिष्णु पुराण तथा हिन्दु शास्त्रका अन्य कथाहरु अनुसार सत्य युगमा देवता र दानवहरुको बिच दुग्ध (क्षीर) सागरमा मन्दराचल पर्वतको मदानी र बासुकी नागको नेती बनाएर अमृत प्राप्तीको लागी समुन्द्र मन्थन गरेका थिए । समुन्द्र मन्थनबाट अमृत सहित धेरै राम्रा चिजहरु निस्किए । निस्कने क्रममा सर्वाधिक बिषालु हलाहल कालकुट बिष पहिले निस्कियो । हलाहल कालकुट बिषले समुन्द्र मन्थनमा लागेका देव–दानवहरु लाई जलाउन थाल्यो साथै ब्रम्हाण्डमा श्रृष्टि भएका सारा जिव, निर्जिव बस्तुहरु पनि ध्वस्त हुने खतरा बढ्यो । देव–दानवहरु आत्तिन थाले र उनिहरुले यस्को समाधानको लागी देवादी देव माहादेवको आराधना गर्न थाले । देव–दानव तथा मानवहरुको आराधना र कालकुट बिषको प्रभाव देखेर भगवान शिव कैलाशबाट समुन्द्रमन्थन स्थल सवार भै जगतकल्याणको लागी हलाहल कालकुट बिष आपैmले पिएर बिनासबाट बचाउन प्रयत्न गर्नुभयो । हलाहल कालकुट बिष सेवनलाई फोक्सो, मुटु तथा पेटमा नपु¥्याउन ज्यानको सुरक्षार्थ पार्वतीले देवादि देव माहादेवको घाँटीमा नै अडकाई दिनुभयो र शिवको कण्ठ निलो हुनगयो । त्यसैबेला देखी शिवलाई “निलकण्ठ” पनि भनिन थालियो । कण्ठमा अडकेको हलाहल कालकुट बिषको डहनमा शितलता तथा छुटकारा पाउन छटपटिदै क्षिर सागरबाट कैलाश तर्पm फिर्ती सवार हुनु भयो ।
हिन्दुहरुको बिश्वास अनुसार समुन्द्र मन्थनमा प्रयोग भएको मदानी मन्दराचल पर्वत भारतको, बिहार प्रान्त, बाँका जिल्लाको भागलपुर स्थित मन्दार पर्वतलाई जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ग(ढखःmाहशघय मन्दराचल पर्वत भनि हरेक बर्ष माघ महिनामा धार्मीक मेला लाग्ने गर्दछ । निलकण्ठ माहादेव र बासुकी नाग कैलाश फर्कने क्रममा समुन्द्र (मन्दार) बाट गंगा नदी हुँदै नेपालको सप्तकोशी, बराहक्षेत्रबाट सुनकोशी पछ्याउँदै सुनकोशी र रोसी (लिलावती) को संगम कुशेश्वरबाट रोसी तर्पm लाग्नु भएको स्थानियहरुको कथन छ । बिष डाहनबाट छटपटीएर रोसी खोलाको बाटो भएर सवार हुनुभएका निलकण्ठलाई माहामायाँ पार्वतीले हालको पनौती नगरपालिका वडा नं. ११ बल्थलि रोसी खोलाको किनार नेपाने स्थित सुरुङ्ग मार्ग बाट भित्र लैजान सुरुङ्गको मुख माथी अदृष्य भेै सितलतादिन आफ्नो दुध झार्नुभयो । देव देवीहरु उक्त सुरुङ्गको मुख नजिकबसेर निलकण्ठको शान्तिको पुकार गर्नथाले । महादेव पनि सितलता र शान्तिको लागी दुधको झरणा ग्रहणगर्दै सुरुङ्ग मार्ग भित्र पस्नुभयो । पछी उक्त सुरुङ्ग मार्गको मुखमा ढुंगाको शिला स्थापना गरी लडकेश्वरको जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.mच्मत्रःवप्उजह्न नामले निलकण्ठको पूजा गर्न थालियो । सुरुङ्गको अर्को तर्पm हालको पनौती नगरपालिका वडा नं. १० खोपासी, किटनी, रोसी नदीको किनारमा रहेको सुरुङ्ग मार्गको मुख माथीबाट निलकण्ठ लाई सितलता दिन महामायाँ पार्वतीले आफ्नो दुध झार्नुभयो । त्यहाँ पनि देव देवीहरु उक्त सुरुङ्गको मुख अगाडी बसेर निलकण्ठको लागी शान्तिको पुकार गर्नथाले । दुधको झरणा ग्रहणगर्दै माहादेव सुरुङ्ग मार्ग बाट निस्केर रोसी खोलैखोला माथीतिर लाग्नु भयो । पछि उक्त सुरुङ्ग मार्गको मुखमा सालिकग्राम आकारमा ढुंगाको शिला स्थापना गरी फडकेश्वरको जततउकस्ररथयगतग।दभरबडव्लव्थमच्चय नामले निलकण्ठको पूजा गर्न थालियो । हालआएर लडकेश्वर र फडकेश्वरमा दैनिकी पूजा, प्रर्थनाको साथमा ठूलो एकादशी अर्थात हरिशयनी एकादशी (निर्जला एकादशी) का दिन चतुर्मास अन्त्यको ठूलो मेला लाग्दछ । समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटीएर कैलाश फिर्तीसवार निलकण्ठ (देवादी देव माहादेव) संग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नाग, कुञ्ज पर्वत (फुलचोकी) बाट राजा दिर्घरथको अनुनय बिनयमा भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिको लागी बहनु भएका लिलावती (लक्ष्मी) र स्वर्गका अप्सराहरुका उपवासबाट प्रसत्र हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात रत्नागिरी पर्वत हालको नगरकोटको पूर्वबाट बहेर आउनु भएका नन्दीमती (भगवती) को संगम (दोभान) मा राज हुनुभयो र देवादी देव महादेव निलकण्ठ एक्लै नन्दीमती तर्पm अगाडी बढनु भयो ।
निलकण्ठ पनौतीबाट उकालो लाग्ने क्रममा प्यास लागेर पानी खानखोज्दा पार्वतीले पृथ्वीबाट पानी निकाली कुण्डको श्रृजना गरि पानी बहाई दिनु भयो । स्थानिय कहावत अनुसार निलकण्ठले प्यास बुझाएर केहीबेर आराम गरेर गाँजा सेवन पछी अगाडी बढनु भयो । उक्त कुण्डबाट निरन्तर नदीको रुपमा पानी बहन थाल्यो । कुण्डको नाम महादेव पोखरी र बगेको नदीको नाम पुण्यमाता रहन पुग्यो । पुण्यमाता नदी नाला अगावै पूर्वबाट आएको नन्दीमती संग मिलेपछि पद्मावती नदीको नामले कहलिन थाल्यो । कुण्डमा ऋषी मुनीहरु आई तपस्या गरि रत्नचुदेश्वर महादेव नामको शिवलिंङ्गको स्थापनागरी दैनिकी पुजा प्रार्थनाको अतिरिक्त हरेक बर्ष जनैपूर्णेको दिन शैव मार्गी र बौद्ध मार्गीहरुको ठूलो मेला लाग्ने गर्दछ जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.क्ष्म्भ्डत्रक्mखध्हड । निलकण्ठ भगवान उत्तर तर्पm शिवपुरीको जंगल बाग्द्वार, बेत्रावती,े गोसाईकुण्ड जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.म्ध्गथ(ःक्ष्तभ्द्यक मा केहि दिन बिराजमान भई कालकुट बिषको पापबाट मुक्ती प्राप्त गरि रसुवा गढी, केरुङ्गको बाटो हँुदै? आफ्नो बासस्थान कैलाश प्रस्थान गर्नु भएको जनश्रुती रहिआएकोछ ।
नःम बद्घ र अभयदान – बौद्घ जातकथा, स्थानिय किंबदन्ति तथा परापूर्वकाल देखी चलाइआएको सँस्कृती, सँस्कार अर्थात निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदीले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना उल्लेख गरिन्छ । करिव ६००० बर्ष पहिले करिव ५००० जनसंख्या बसोवास भएको पाञ्चाल नगरीमा दिर्घरथका सन्तती? महारथले राज्य गर्दथे । पाञ्चाल देशको दरवार हालको पनौती शहर बाट उत्तर–पश्चिम, जेलाँ च्याती, टौखालमा रहेको थियो । यस नगरीका राजा महारथ थिए । राजाको परिवारमा रानी सत्यवतीका साथमा तिन राजकुमारहरु महादेव, महाप्रणव र महासत्व थिए ।
कान्छा राजकुमार माहासत्वले भोकले अत्यन्त कमजोर भई बसेका सुत्केरी बघिनी र भर्खर जन्मेका उनका पाँचवटा डमरुहरुलाई माहासत्वले आफुसंग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु ख्वाउदै भोका प्राणीहरुको प्राण भर्न आफ्नो जीवन “अभयदान” गरि सहज उत्सर्ग हुदै बोधिसत्व प्राप्त गर्नुभयो । उहाँको बचेको हाडखोर लाई शाही शिविरमा ल्याएर विधिविधान पूर्वक दफनाउने (गाडने) काम भयो । राजा सहितका दरवारिया शिकारी टोली दरवार फर्किए ।
अभयदानको करिव ३५०० बर्ष पछाडी अर्थात आजभन्दा करिव २५०० बर्ष पहिले सिद्घार्थ गौतम बुद्घले स्वयंम्भू दर्शण गर्ने क्रममा उक्त महासत्वको समाधी ढिस्कोमा एक महिना ध्यान गर्नपुगे । एकमहिने ध्यान पश्चता ढिस्कोलाई तिन पटक परिक्रमा गरी “नःम बुद्घ” भनि ढोग्नुभयो । तत् पश्चात उक्त ढिस्कोको नाम “नःम बुद्घ” रहन गयो । लिच्छवी राजा मानदेव प्रथमको पालामा सानो मन्दिर बनेको र चार कुनामा स–साना चार स्तुपहरु बनाएका थिए । ती साना स्तूपहरुको संरक्षण भै आएको छ भने मल्लकालमा थप ठूला स्तुपहरु सहित मन्दिरमा केही सुधार भयो । हालको मन्दिर १९ शौ शताद्घिमा असनका साहुले बनाइ दिएका थिए ।
आधुनिक स्वास्थ्य बिज्ञानका रक्तदान, अंगदानले बुद्धको करुणा र अन्तरसम्बन्धको शिक्षालाई आध्यात्मिकतामा समाहित गर्दछ, जसले प्राप्तकर्ता र दाता दुवैलाई फाइदा पु¥्याउँछ । यी ज्ञानहरूलाई अँगालेर, हामी अझ दयालु सुनौलो संसार निर्माण गर्न सक्छौं जहाँ निस्वार्थता र दयाको प्रतिबिम्बले सबैलाई उज्ज्वल भविष्यतर्फ डो¥्याउँनेछ । यस्ता महा मानवको जन्मघरको पुनर्निमान, संरक्षण गर्नु उहाँको योगदानलाई श्रद्घा हुने थियोे । यस्तै अहिंसाबादीहरु अर्थात केही साकाहारीहरु बन्दी पंञ्छी, जिवित जलचरहरु बिक्रेताहरुबाट किनेर क्रमस खुल्ला आकास र नदी, तलाउहरुमा छोडने गर्दछन् ।
नःम बुद्धको करुणामय निडरता, दया र करुणाको कार्य, जहाँ उनले भोकाएको बाघलाई बचाउन आफ्नो शरीर बलिदान दिए । यसले समाज र विश्वमा बृहत्तर हितको लागि निस्वार्थताको उदाहरण दिएको छ । आधुनिक समाजको अंग प्रत्यारोपणले यो भावनालाई प्रतिबिम्बित गर्दछ, किनकि दाताहरूले अर्काको जीवन बचाउन निस्वार्थ रूपमा अंग दान गर्छन् र भविष्यका पारस्परिक लाभका मार्ग प्रसस्त गर्नसक्ने छ ।
गौतम ऋषी – सुमेरु पर्वत (दलिञ्चोक÷गोरखनाथ डाँडा) को काख अर्को तर्पm विशाल अश्म (चट्टन) को बिच दुई नदीहरु नन्दीमती (भगवती) र लिलावती (लक्ष्मी) को दोभानमा ब्रम्हाको अनुपन श्रृष्टि, सुन्दरी अप्सरा अहिल्याका साथ उनैका प्रियपात्र गौतम ऋषीले तपस्या गरेका थिए । सुन्दरी अप्सरा अहिल्याका साथ स्वर्गका राजा ईन्द्रले छलगरी गौतम ऋषी स्नानगर्न गएको मौका छोपी गौतम ऋषीको भेषमा सतित्व हरणगरे । स्नानगरि आएका ऋषीले दुवैलाई रंगेहात पक्रे, ईन्द्रलाई शरिर भरि योनी होस र अहिल्यालाई ढुंगामा परिणत होस भनि श्रापदिए । श्रापले सार्थकता लियो । ईन्द्र तथा रानी साचीले श्रृषीको श्रापबाट मुक्तहुन देवा दी देव महादेवको तपस्याबाट सुमेरु पर्वतबाट दोभानमा गुप्तरुपमा रुद्रावती प्रवेशभई प्रवेशभई त्रिवेणी बनी स्वर्गका राजा ईन्द्रले समेत मोक्षपाएका थिए ।
यस्तै पनौती, इन्द्रेश्वर मन्दिरको उत्तरपूर्र्वी कुनामा एक रातो पत्थर छ, जसलाई अहिल्या भनिन्छ । किंवदन्ती अनुसार, ऋषि गौतमको श्रापबाट अहिल्या रातो ढुंङ्गामा परिवर्तन भएको थियो । जब भगवान राम बनवासको क्रममा अञ्जान खुट्टाले छुँदा, अहिल्या श्रापबाट मुक्ति प्राप्त गरि मनुष्यमा परिवर्तन भईन । शिलालाई यथा स्थानमै बि.सं. २०७० को दशकमा सुरक्षित राखिएको छ, यी स्थानहरूले गहिरो आध्यात्मिक महत्वको अर्को प्रमाण प्रस्तुत गर्दछ ।
महामञ्जु श्रीको पदापर्ण – करिव ३००० बर्ष पहिले स्वयम्भू पुराण अनुसार, काठमाडौं उपत्यका एक समय विशाल नाग दहले परिचित थियो । मञ्जुश्री चिनियाँ बौद्ध धर्मका चार महाबोधिसत्त्वमध्ये एक हुनुहुन्छ, जसमा क्षितिगर्भ, अवलोकितेश्वर, र समन्तभद्र पनि समावेश छन्। । पुराण अनुसार महान बोधिसत्त्व मञ्जुश्री, शानक्सी प्रान्त, चीनको किङ्सुइ नदीको स्रोतमा अवस्थित वुतैशान (पाँच शिखर पर्वत) जसलाई किंगलियांग पर्वत पनि भनिन्छ, जो एक पवित्र बौद्ध स्थल बाट आफ्ना सहयोगी वरदा र मोक्षदा सँगै तालको केन्द्रमा फुलिरहेको एक उज्जवल कमल फूलको दर्शण गर्न आएका थिए ।
चमत्कारी चमक उत्सर्जनको दर्शणको क्रममा मञ्जुश्रीले रोसी उपत्यकाको नाला अवस्थित पोखरी माथी हिडेर आफ्नो यात्रा परिक्षण गरेका थिए जुन पला पुंखु (पाइला पोखरी) को नामले चिनिन्छ । त्यहाँबाट उनी भक्तपुर सुडालमा रहेको ठूलो ढुंगा ल््हासपास ससुःद्यो (ल्हासा सरस्वती) मा मुकाम गरि काली तालको बिचमा रहेको कमलको पूmल (स्वयम्भू ज्योती) दर्शण गर्न तलाउ माथी हिडेर सम्पत्र गरेका थिए । दर्शण पश्चात दिव्य योजना लिएर मञ्जुश्रीले आफ्नो टोली सहित ज्वालामुखी खड्गको प्रयोग गरेर चोभारमा एक ठूलो गल्छी बनाई दहको पानी बाहिर पठाए । यसरी उपत्यका बसोबास योग्य बन्यो, तलाउको बिच जहाँ कमल फूल बसेको थियो, त्यहाँ “स्वयम्भूनाथ स्तूप” को स्थल स्थापित भयो, र उपत्यका बिस्तारै समृद्ध भूमि बन्यो जुन हामी आजको दिनमा चिन्छौं ।
स्थानिय समुदाय र सरकारले पला पुंखुको ऐतिहासिक र आध्यात्मिक महत्व बारे नबुझ्दा यो पवित्र स्थल संकटमा छ । यसको संरक्षणको प्रयासमा कमी छ । यस सांस्कृतिक र आध्यात्मिक महत्वको धरोहरलाई भविष्यका पुस्ताका लागि पहिचान र सुरक्षा गर्न आवश्यक छ ।
किराँतकालमा नालामा राम्रो बस्ति थियो । नालामा किराँत बस्ती थियो भत्रे प्रमाण भूमिपुजन क्षेत्र तथा कुमारी पाठी सहितको पूजा हुने परिपाटीको निरन्तरताले पुष्टि गर्दछ । यो सहरपुरानो हो भत्रे प्रमाण मञ्जुश्री नाला भएर नागदह (काठमाडौँ) प्रवेश गरेको इतिहासबाट पुष्टि हुन्छ ।
लिच्छविकालमा आफ्ना काकाबाट लखेटिएर तन्त्र विद्यामा पारङ्गत भई प्रशस्त धन, हिरा, मोती र गरगहना सहित आफ्नो दिदी भृकुटीको दरबार ल्हासाबाट फर्केका नरेन्द्रदेव नालामा आएर मुकाम बनाए । उनलाई तिब्बतमा नालिङ्ग भनिन्थ्थो । नालालाई थप विकास, राम्रो बैभवशाली संस्कृति, सु–व्यवस्थित आदर्श बस्ती बनाउँदै मजबुत लडाकु सहितको किल्ला बनाई छुट्टै नालाङ्गग्राम राज्यको नाम दिए । भिनाजु स्रङचङ गम्पोबाट तन्त्र विद्यामा दीक्षित राजा नरेद्रदेवले नालालार्ई तन्त्रमय बनाउन श्रृष्टिकान्त लोकेश्वर करुणमयको स्थापना साथसाथै शाक्त सम्प्रदायमा स्थापित उग्रचण्डी भगवतीको न्यासध्यानमा आफू मात्र होईन सम्पूर्ण प्रजाहरूलार्ई सहभागी गराए । राज्य, तन्त्रमय विद्यामा बलियो भएपछि उनले आफ्ना काका राजा ध्रुवदेवलार्ई मानगृहबाट र जिष्णु गुप्तालार्ई कैलाशकुट भवनबाट सजिलेै धपाएर पठाए ।
बाल्मीकी गुफा – आंङ्गला (राजातर) मा एक ठूलो पत्थरको पछाडि, नालाको उत्तरतर्फ ब्रह्मायणी मन्दिरको ठीक अगाडि, एक ऐतिहासिक र आध्यात्मिक महत्वले भरिपूर्ण आकर्षक गुफा छ । यहाँ महान ऋषि वाल्मीकीले ध्यान गरेर हिन्दू धर्मको एक महत्वपूर्ण महाकाव्य रामायण लेखे भन्ने विश्वास छ । स्थानीयहरूले विश्वास गर्छन कि माहादेव पोखरीबाट आएको नदीको नाम पुण्यमाता त्यहाँ रामायण लेख्दा वाल्मीकीले प्राप्त गरेका पुण्यबाट आएको हो । नजिकै, भगवती मन्दिरमा सीताको पाइला रहेको छ, जसले यो पवित्र स्थान र महाकाव्य लेखनको बीचको सम्बन्धलाई अझ सुदृढ बनाउँछ ।
पाण्डव गुप्तवास परिसर – महाभारत कालखण्डका पाण्डुपुत्र पञ्चपाण्डव र उनका बुहारी द्रौपदी, दुर्योधनसंग जुवामा हारेपछी सर्त अनुसार बाह्र बर्षको बनवास पछी एक बर्षको गुप्तबास कुर्पासीमा रहेको बिराट राजाको दरवारमा बसेका थिए । गुप्तबासमा आएका पाण्डु पुत्रहरुले रोसी र शलान्दू नदीको दोभान पञ्चकन्या नेर रहेको नाकी डाँडाको ओडारमा आ–आफ्ना हतियारहरु लुकाएर कामको खोजीमा दरवार क्षेत्र प्रवेश गरे । सबैले आ–आफ्नो क्षमता अनुसारको काम छिट्टै भेट्टाए । युधिष्ठिरले कंकको उपनामले मूख्य दरवारमा बिराट राजाको सल्लाहकारको काम पाए । भिमसेनले बल्लबको नामले भाञ्छेको काम पाए र दरवारको भाञ्छा घर मयलबोटमा खटिए । अर्जुनले महिलाको भेषमा बृहत्रलाको नामले नर्तकीको काम पाए र भण्डारी गाँउ ठाडो पाटी अगाडीको दरवारको नाट्यशालामा खटिए । नहकुलले ग्रान्थिकाको नामले दरवारको पस्थली स्थित घोड तबेला ब्यबस्थापनको जिम्मा पाए र सहदेवले तान्तिपालाकाको नामले खल्थलीमा रहेको गाईगोठ हेर्ने जिम्मापाए । द्रौपदीले शैलेन्द्रीको नामले महारानीको आयाको काम पाइन र राजा परिवारको निवास पाङ्गे टोल स्थित हालको नरसिंह मठमा बस्ने भइन ।
ग्रान्थिका र तान्तिपालिकाले गुप्तवास अवधीको सुरक्षार्थ कौरवहरुको खोज बाट बच्न घोड चरण र गाईहरु चराउँदै हिरण्यगिरी गन्धमान पर्वत, कुञ्जना पर्वत तथा रत्नागिरी पर्वत सम्मन पुग्दथे । यस्तै कुन्ती र पंच पाण्डवहरु लाई दिएको बचन अनुसार बिराटराज्य (कुर्पासी) मा पाण्डवहरुको गुप्तवासमा, हिदम्बा, (भुटन देवी) पस्थलीमा बसेर तान्तपालिका (सहदेव) मार्पmत रातको पहरेदारी गर्दथिइन । भुटन देवीको बासस्थान सम्झेर पस्थलीका बासिन्दाहरु एक खुल्ल्ला ओडारमा देवीको प्रतिमा स्वरुप ढुगाको शिला स्थापना गरि पुज्दै आएका थिए । केही बर्ष पहिले बि.सं. २०१० साल तिर पस्थली निवासी अमरसिं षत्रीको धर्म पत्नी कट्टेलनी षत्रीको सपनामा देवीले आफुलाई उच्चस्थानमा लगेर राख्नु भनेको सन्देस गाउँमा पैmलाए र माथी मन्दिर बनाएर सारेका छन् ।
गुप्तवासको अवधी सकिए पछि युधिष्ठिरले आफ्नो परिचय दिए । राजा बिराट लाजले भुतुक्क भए र सेवाकोलागी अनुरोध गरे । यत्तिकैमा कौरवहरुले पनि गुप्तवास सकिएको थाहापाए र अंश लिन आउने थाहा पाएपछी झेल गरी युद्धको घोषणा गरे । राजा बिराटलाई गुण लगाउने मौका मिल्यो । माहाभारतको लडाईमा बिराट राज्य पाण्डव पक्षमा बसेर लडाई गरे ।
पाण्डवहरुको संगत गरेका, महाभारत युद्धको अनुभव बटुलेका तथा बर्बरिकको कुरा सुनेका राजा बिराटले खोपासी बजार माथी डाँडा जहाँ किंचक वधको समयमा शैलेन्द्री लोप भएको स्थानमा द्रौपदी मातालाई ईष्टदेवी “काली” को प्रतीमूर्ती स्वरुप सानो ढुंगा स्थापना गरि महाकाली माई मानी पुजा प्रार्थना गर्न थाले । जुन स्थान देवीस्थानको नामले प्रख्यात छ । यही डाँडामा बिराट (किरात) राज्यका सेनाहरु युद्ध अभ्यासको सम्झनामा माघे संक्रातीको दिन भोगटे लाई शत्रुको टाउको सम्झी हल्ले खेल्ने चलन अभैmपनिछ ।
यहाँनेर राजा बाणसुर (किंचक) को जानकारी दिनु उचित होला – अनिरुद्र वृष्णिवंशी भगवान कृष्णका नाती, प्रद्युम्नका छोरा थिए । उनको रुपबाट मोहित भएर असुर राजा बाणासुरका छोरी उषा आफ्ना सहेली मन्त्री उषमाण्डुका छोरी चित्रलेखा मार्पmत राजधानी शेनितपुर लगेका थिए । कृष्ण र बलरामले युद्घमा पराजित गरे र अनिरुद्रलाई उषासंगै द्वारकामा लगे । बाणासुर उषमाण्डुबाट आफ्ना सहयोगी, समर्थकहरुको साथ उत्तर तर्पm भाग्ने क्रममा काठमाण्डौ उपत्यका हालको थानकोटमा मुकामगरि बसे । दुष्ट स्वभावका शक्तिशाली राजा बाणासुरले गुरु मञ्जु श्रीले कालिदहको पानी निकाल्न खोलेको चोभारको गल्छी बन्दगरि जनतामा दुःख दिएका थिए । कृष्णलाई गुप्तवास बसेका पाण्डव र द्रौपदीलाई भेटनु थियो वा वानासुर सङ्ग बदला लिनु थियो ? बाणासुरले बन्दगरेको चोभारको गल्छीकाटन ग्वालाहरु सहित मथुराबाट थानकोटको बाटो भएर आएका थिए । ग्वालाहरु मार्पmत बाणासुरलाई थानकोट बाट लखेटी ग्वालाहरुले राज्य गरे । बानासुर थानकोट बाट भागेर आफ्नो दिदी, भेनाको सरणमा गए । भेना राजा बिराटले साला बाणासुरको नाम “किचक” परिवर्तन गरि सेनापति बनाई सेनापती दरवार ईटे, नेपाल बेसी फाँटमा खटाए । द्रौपदीको माग अनुसार किञ्चकलाई भिमसेनले द्रौपदीको भेषमा हाल भण्डारी गाउँमाथी वनतिर फर्केको पाटी अगाडी रहेको बिराटराजाको नृत्यशालामा हत्या गरे । पाटी अगाडी ठूलो चौर थियो जसलाई राजा बिराटको नृत्यशाला रहेको स्थान भन्दथे ।
यहाँका मनिसहरु राजा बिराटलाई किराती राजा यलम्बर पनि भन्दछन् । काठमाण्डौ खाल्टाको पानी निकालेपछी आफुसंंग आएका ग्वालाहरुलाई राज्यको जिम्बेवारी दिएर फर्के । महाभारत लडाई सकेपछी राजा यलम्बरले आफ्ना साला बाणासुर (किंचक) का शत्रु ग्वालाहरु सहितका राजा भूवन सीं ंलाई काठमाण्डौबाट धपाई काठमाण्डौ सहित किरात राज्य शासन ब्यबस्थामा बिस्तृत गरे । किरातहरु खोपासीबाट काठमाण्डौ सर्नुपूर्व मगधबाट ल्याईएका ठकुरी बंशका बर्माहरुलाई खोपासीको प्रशासक बनाएर गएका थिए ।
अश्वमेघ यज्ञ – महाभारत पुराणका अनुसार, महाभारत युद्धमा पाण्डवहरूको विजय पश्चात राज्य सत्तापाएपछि, कृष्णको सुझावअनुसार राजधानी इन्द्रप्रस्थमा अश्वमेध यज्ञको तयारी गर्न थालिएको थियो । युधिष्ठिरको आदेशले भिमसेन, धन वैभव र स्वर्गका कोषाध्यक्ष कुबेरको सहयोग लिन मणिमय पर्वत, ल्हासा गएका थिए । तर, भिमसेनले कुन बाटोबाट ल्हासा पुगेका थिए भन्ने विषयमा स्पष्ट विवरण छैन । किरात कालमा खोपासीबाट रसुवा र लाप्चा, लामाबगर नाका हुँदै तिब्बत साथमा कपिल र गोवा भञ्ज्याङ्गको बाटो हुँदै कौशल र मगधबीच व्यापार सम्पर्क हुने गरेको थियो । काभ्रे, उत्तरखण्ड र दोलखाको भित्री भागमा भिमसेनको पूजा हुने चलन थियो र विशेषगरी दोलखा भिमसेनको पूजा धेरै नै प्रसिद्ध छ । पाण्डवहरू रोसी क्षेत्रमा गुप्तवास बसेको ऐतिहासिक प्रमाणका कारण, भिमसेनले रोसी उपत्यका हुँदै कुबेरलाई भेट्न ल्हासा यात्रा गरेका हुनसक्ने बुझिन्छ । यस विषयमा कुबेरले पाञ्चाल नगरीका सुभचन्द्र दम्पतीको घरमागएर योःमरी खाएको किंबदन्तिले रोसी उपत्यका र तिब्बतबीचको सम्बन्धलाई थप पुष्टि गर्दछ ।
स्वाँःबहा – काडमाण्डौमा बिष्णुमती नदी किनारमा बौद्धमार्गीबाट स्थापित स्वाँ (पूmल) बहामा निर्मित दुई धर्मका बौद्ध चैत्य र शोभा भगवतीको स्तुतिमा कमी नहोस भनी पूर्खाहरूले ढोकामा दुवै भगवानहरूप्रतिको स्तुित राख्नु भएको छ ;
“ॐ, ह्री, स्वां, भगवत्यैय नमः”
बहाल भत्राले बुद्ध धर्मसँग सम्बन्ध रहेता पनि स्वाँ बहामा माता भगवती नै रहेको देखिन्छ तर पनि भगवतीको ठ्याक्कै पछाडिपट्टि एउटा सानो चैत्य रहेको देखिन्छ । स्वयम्भूको काख, भचाखुसी र बिष्णुमती नदीको दोभान, निर्मल तीर्र्थ (कर्णद्विप) नजिक तत्कालीन समयमा पाञ्चाल देश (पनौती) बाट आएका बज्रनाद गुभाजु (बज्राचार्य) ले ध्यान शक्तिले बालुवाबाट चैत्य निर्माण गरी स्वयम्भूलाई स्थापना गरी स्वांःबहा बनाएका थिए । परापूर्व कालमा बिष्णुमतीमा झिसमिसे बिहानीमा स्नान गरी बुद्ध चैत्य दर्शन गर्न गएका भक्तजनहरूले स्वाँःबहा भित्र आठ बाहु भएका वाण, मुसल, शुल, चक्र, शङ्ख, घण्ट, हल र डमरु बोकेका अति सुन्दर महिला देखे । उनीहरूले महामायाको दर्शन पाएकोमा धेरै खुसी हुँदै आ–आफ्नो घर फर्किएर टोल छिमेकमा भने । टोलका मानिसहरू जम्मा भएर तुरन्तै पूजाहरू लिएर भगवती देिखएको स्थानमा एउटा ढुङ्गा स्थापना गरी सौभाग्य प्राप्त भएको खुसीयाली मनाउँदै पूजा गर्ने परम्परा बसाले । यो प्रथा थाहा पाएका लिच्छवि महारानी नवसागरले पलाञ्चोक र उग्रचण्डी भगवतीको मूर्र्ति बनाउने कलाकारलाई बचेको बायाँ हातबाट सौभाग्य भगवतीको मूर्ति बनाउन आदेश दिइन् । कलाकारले पनि बायाँ हात र खुट्टाहरूको सहयोगमा सौभाग्य भगवतीको मूर्र्ति बनाए । उक्त मूर्र्ति बनाएपछि उनको बायाँ हात पनि काटियो । उक्त मूर्र्तिलाई सौभाग्य भगवती पूजा गर्ने स्थानमा प्रतिस्थापन गरियो । अर्को किंवदन्ती अनुसार हिन्दु धर्मका कट्टर अनुयायी शंकराचार्यको टोलीले विध्वंसका साथ नेपालका बौद्ध विहारहरूमा क्षति गर्ने क्रममा स्वांःबहाको चैत्यलाई भत्काउन लाग्दा भगवती प्रकट भई विध्वंसकारीहरूलाई अरुको धर्म विध्वंस गरेर आफ्नो धर्मको मान रहँदैन र नगर्नु भनी आदेश दिएर धपाएकी थिइन् ।
राजकुमारी भृकुटी – सन ६२१ मा अंशुबर्माको मृत्यु पछाडी उदय देव राजा भए । कमजोर उदय देव लाई सन ६२३ मा जिष्णु गुप्ताले उनकै भाई ध्रुब देवको सहयोगमा सत्ताच्यूत गरे । ध्रुब देवलाई राजा बनाई जिष्णु गुप्ताले नायवी चलाए । राजा उदय देव परिवार सहित ससुराली मञ्जुश्री टोलमा निर्वासनमा गएर बसे । उदय देवले जनताको साथमा बिद्रोह गर्न खोजे । काठमाण्डौ र ललितपुर बाट ध्रुव देव र गुप्ताहरुको बिरोध हुनथाल्यो । उदय देव काठमाण्डौको लगन, मञ्जुश्री टोलमा लुकेर बिद्रोहको नेतृत्व गरेका थिए जहाँ भृकुटी आफ्नी आमा भद्रावतीको कोषमा आईन । असफल बिद्रोहका कारण उनि भक्तपुर तिर लागे । भक्तपुर बाट पनि सरकार (धु्रब देव ं गुप्ताहरुको) को बिरोध हुनथाल्यो । सरकारले त्यहापनि दमन गरेपछि उदय देव निर्वासित जिवनको लागी आफ्ना रानी भद्रावती र दशबर्षे छोरा नरेन्द्र देव सहित पहिले बसेको कुर्पासी अंशुबर्माको पूर्व निवासमा बस्नपुगे । जहाँ पहिले उदय देव र भद्रावती दुवैजना अंशुबर्माबाट राजकाज बिधा सिक्न बसेका थिए । सन ६२४ मा अंशुबर्माको पूर्व निवासमा भृकुटीको जन्मभयो ।
भृकुटीलाई संसारका बौद्घमार्गीहरुबाट हरित ताराको रुपमा पूजिन्छ । उनि अनुग्रह, बिद्वान र अटल आध्यात्मिक भक्तिका अमर प्रतिक बनेका छिन । लिच्छवी राजबंशको निर्वासनमा अलौकिक क्षमता लिएर जन्मिएका भृकुटीलाई तिब्बती सम्राट सोङ्गत्सेन गम्पोको माग बमोजिम सम्राटका दूतहरुसंग ८ बर्षको उमेरमा बिबाह गर्न नेपालबाट बिदाई गरि ल्हासा पठाइयो । सानै उमेरमा मुगलानको भित्र भाषा, सँस्कृती र सँस्कारमा उनले असाधारण मर्यादाका साथ जीवनका चुनौतीहरुको सामना गरिन । बिलक्षण प्रतिभाका धनी भृकुटीले कुर्पासीमा आफ्नो परिवार र बुद्घमय समाजबाट प्राप्त गरेका शक्ति, दृष्टि र करुणाको माध्यमबाट, तिब्बती इतिहास र व्यापक आध्यत्मिक संसारमा एक अमरत्वको चिनारी छोडेर गइन । इतिहास हेर्दा सबैभन्दा शक्तिशाली बत्तिहरु प्रायः शान्त तरिकामा चम्किन्छन्, संसारले चिन्ह सक्दैन, बेवास्ता गर्दछ, तर तिनीहरुको चमक सधैंभरि रहन्छ । भृकुटीले पनि माइतीको सँस्कृती र संस्कारलाई अनुसरनगर्दै जीवनका अनगिन्ति कठिन अवरोह आरोहहरु छिचोल्दै हरित ताराको रुपले विश्वमा सद्भाव, शान्ति र आध्यात्मिक ज्ञानको बृद्घिलाई अतुलनिय योगदान पु¥्याउन सफल भइन । स्थायी विरासत र शान्तिकालागी कृयाशिल महिला जस्को प्रभाव विश्व इतिहासमा शान्ति र सँस्कृतीकोलागी प्रतिध्वनित छ । यस्ता महान व्यक्तित्वलाई मातृभूमिले उनको महानतालाई पूर्णरुपमा पहिचान गरि सम्मान दिन सकेको छैन । हालसालै भृकुटी स्मृती प्रतिष्ठानले उनको विरासतको खोजीमा लागी परेकोछ । प्रतिष्ठानले भृकुटीको नेपाली जीवनीबारे बारे प्रकाशित प्रतिबेदनका केही अंश यहाँहरुको जानकारीको लागी प्रस्तुत गर्दछु ।
पद्मसम्भव – वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकार्छन् ।
पद्मसम्भवले नेपालका बिभित्र स्थानमा बसेर योग र ध्यान गरेका थिए । जस्तै खोटाङ्गको हलेसी गुफा, फर्पिंङ्गको आसुर गुफा, मुक्तिनाथ, काभ्रेको तिमाल आदी । पद्मसम्भवले योग र ध्यानबाट प्राप्त तिनवटा बज्रलाई नःम बुद्घ, स्वयम्भू र बौद्घ दर्शण गर्ने क्रममा एउटा बज्र, नःम बुद्घमा चढाएका थिए । त्यसंै भएर होला नःम बुद्घ क्षेत्रका बौद्घ मार्गीहरु खासगरि लामाहरुले बज्रयानबाट तन्त्र बिद्या सिकेका थिए । तन्त्रबिद्या बाट गरिने बिभित्र कार्यमध्ये असिना, पानी र ठूलो हावाहुरीबाट खेत बारीका अत्रवालीहरु बचाउने काम गर्दथे । पछिल्लो समयमा लामाहरुले पाकेको आलुवारी र गहुँवाली जोगाउन लामाहरु तन्त्रबिद्याबाट खेतबारीमा पर्न लागेको असिनालाई जंङ्गल तर्पm पठाउने काम गर्दथे । लेखकले नःम बुद्घ क्षेत्रका तमाङ्गहरुसंग पद्मसम्भवबाट तन्त्रबिद्याको लागी पाएको बज्र कहाँ छ भनि सोध्दा स्थानिय तमाङ्गले ४०० धुरी मध्ये कस्को घरमा रहेको छ थाहै हुन सकेको छैन भनि बताए ।
बैज्ञानिक कलाकार अरनिको – बैज्ञानिक कलाकार बलबाहु उर्पm अरनिकोको नेतृत्वमा आजभन्दा ८०० बर्ष पहिले निर्माण भएको बेजिङ्ग स्थित सेतो पेगोडा लाई सन १९६० दशकको चिनीयाँ जन साँस्कृतीक क्रान्तिको लहडले नष्ट गर्न खोजेकोमा जोगाउन तत्कालिन चिनीयाँ प्रधान मन्त्रि चाउ एन लाइ दौडेर नेपाल र चिन बिच मित्राताको प्रतिक माथि हमला नगर्न दुईहात जोडेर बचाएका थिए ।
सन १२५५ मा महाभूकम्प गएको केही बर्ष पश्चात ल्हासाको भ्रमण गर्दा जोङखा दरवारमा रहेको भृकुटीका कलात्मक दाईजोहरु बाट प्रभावित चीनिया सम्राट कुब्लाई खाँले गुरु पाहसपा (तिब्बती नाम फारया) लाई तिब्बतमा सुनको स्तूप (चीवहा) बनाउन भनेका थिए । ‘युवान सम्राट हो पीले (कुवलाई) ले आफ्नो साम्राज्यको पहिलो वर्षमै आफना गुरु पाहसपा (तिब्बती नाम फारया) लाई तिब्बतमा सुनको स्तूप (चीवहा) बनाउन भनेका थिए । पाहसपाले नेपालबाट एक सय डकर्मीहरु मागगरे । तर नेपाल सरकारले अरनिकाको नेर्तत्वमा ८० जना मात्र पठाएको भनाइ रहेको छ ।
चिनियाँ सम्राट कुब्लाई खाँको निमन्त्रणामा गएका नेपाली कलाकारहरुको टोली तिब्बतको मूख्य कामहरु सकेर चिन तर्पm प्रस्थान गरे । उक्त अभियान अन्तर्गत मंगोलिया नजिक चीनको गांसु प्रान्त, तुङ्गहांङ्ग उपत्यका भित्र रेशम मार्गको सुरुवात बिन्दु संगैको मंगो गुफा, जसलाई बुद्धका हजार गुफाहरु तथा संसारको ठूलो बुद्ध भण्डारणमा पनि पुगेको हो की भत्रे प्रश्नहरु उब्जिएकाछन् ? यो गुफाहरुमा बुद्धमार्ग सम्बन्धि सामाग्रीहरु भर्ने काम उई बंसले सन ३६६ बाट सुरु गरे र तेह्रौं शताद्विमा पुग्दा केवल १५५ प्रतिशत मात्र प्रगती भएकोमा युआन बंश अर्थात कुब्लाई खाँको कार्यकालमा पूर्णता पाएको भनिएकोछ । ऐतिहासिक पक्ष के छ भने सम्राट कुब्लाई खाँको पालामा अर्थात तेह्रौ र चौधौं शताद्विमा अरनिकोको टोली मंगोलिया सम्म पुगेका र हजार गुफाले पूर्णता पाएको हो ? अझ रोचकपक्ष त सन १९७० ताका उक्त गुफा पुगेका तत्कालिन नेपाल भिक्षुसंघका उपाध्यक्ष भन्ते निग्रोजका अनुसार हजार गुफामध्ये एक गुफा नं. २५४ मा नःम बुद्ध चैत्यको साथमा गुफाको वरिपरी भित्तामा राजकिय सिकार कार्यक्रम र राजकुमार माहासत्वले बोधिसत्व प्राप्त गरेको घटनाचक्रको चित्रकला लेखिएकोछ । नःम बुद्ध चैत्य र चित्रकलाले अरनिकोले आफ्नो जन्मस्थानको प्रतिनिधित्व बनाएको हुनसक्दछ । यसले के देखाउँछ भने अरनिकोले सम्राटबाट पूर्ण विश्वास प्राप्तगरे पछि एउटा गुफामा आफ्नो थातथलोको चिन्ह नःम बुद्घको चैत्य बनाई उनको जिवनी कोरे । अझ रोचक पक्ष के छ भने रेशम मार्गमा परेको बौद्घ धर्मको ठूलो भण्डारण भित्रको नःम बुद्घको जिवनीलाई थाङ्का चित्रहरु रेशम मार्ग मार्पmत अन्य देशहरु खासगरी रसिया र भारतमा पनि पुगेको देखिन्छ । यसैको प्रचार प्रसारले होला नेपाल, ताईवान, मगोलिया, चीन र तिब्बत आदी स्थानहरुबाट भक्तालुहरु आफ्ना पितृहरुको नाममा राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेका स्थान हिरण्य गन्धमान पर्वत र जन्मस्थान भगवान डाँडा, हालको पनौती नगरपालिकाको भवन रहेको क्षेत्रमा बत्तिबाल्न आउने चलन रहेको थिया ।
अरनिकोको टोलीले तिब्बत, चीन र मंङ्गोलियामा बुद्घका मूर्तीहरु, चैत्य र गुम्वाहरुमात्र बनाएनन् । उनले धातु र जडीबुटीबाट तालमान मिलाएर बिािभत्र प्रकारको रंङ्ग बनाएर मूतीहरु तथा चैत्यहरुमा चमक दिने र राम्रा चित्रकलाहरु बनाए । उनले चीनमा पानी घडी, दूरविन, आर्मिलरी गोला (कम्पास), भूकम्प मापन (सिस्मोमिटर) यन्त्रहरु बनाएको भनाइ रहेको छ । दुर्भाग्यवश, यी महत्त्वपूर्ण आविष्कारहरू चिनीया कथनहरुमा सिमित रह््यो विश्व इतिहासमा लेखिएन । बौद्घमार्गीहरु विश्वास गर्छन कि यी सिर्जनाहरू बौद्ध ध्यानको गहिरो र विचारशील अभ्यासबाट जन्मेका थिए । आधुनिक वैज्ञानिक ईतिहासमा गैलेलियोले सो¥हौ शताद्विमा टेलिस्कोप (दूरविन) को र सत्रौं शतमद्विमा जोन सर्सनद्वारा जाइरोस्कोप ( भूकम्प मापन) यन्त्रहरु आविस्कार गरेको लिपिबद्घ गरेका छन् । भृकुटी र अरनिकोको टोलीबाट चीनभरि फैलिएका अरू थुप्रै आविष्कार र शान्ति पहलहरू हुनसक्छन् जसको थप अध्ययन र अनुसन्धान आवश्यक छ । यसले परम्परागत ज्ञान र आधुनिक आवश्यकताबीचको खाडलको सेतु बत्रमा मद्दत पुर्याउन सक्छ ।
नेपाल मण्डल
नेपालको राजधानी काठमाण्डौ र यसको वरिपरीका बस्तिहरुका साँस्कृतिक सङ्गमस्थले अपूर्व प्रतिनिधित्व गरेकोछ । प्राचिन इतिहास, किंबदन्ति र व्यावहारमा आधारमा नेपाल स्वर्णयुग अर्थात कला र साँस्कृतीका पुजारी लिच्छवी र मल्लकालका राजा र जनताहरुको सहकार्यमा उपत्यका भित्र बनेका मन्दिरहरु, स्तुपहरु र ऐतिहासिक दरवारहरु जस्तै, काठमाण्डौ दरवार, भक्तपुर दरवार र पाटन दरवार आदी, तत्कालिन विश्व वास्तुकला र शिल्पकलाको उत्कृष्ट उदाहरण हुन । ऐतिहासिक र साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रले “नेपाल मण्डल”को नामले प्रसिद्घि कमाएको छ । “मण्डल” शब्दको प्रयोग दशौ शताद्विका राजा गुणकामदेवले तान्त्रिक पद्घतीबाट हिन्दु र बौद्वधर्म अन्तर्गत आध्यात्मिक र आन्तरिक सुरक्षकाको लागी प्रयोग गरिएको विधी रहेको पाइन्छ । यस परिधी भित्र रहेका आदीवासी परिवार र समाजले प्राचीन मन्दिर, स्तुपहरु र अन्य साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका असल सँस्कार र परम्पराहरुको निरन्तरताबाट नेपाल मण्डलको नाम दिएका छन् । साथमा यहाँको जैविक विविधता, प्राचीन बगैचा, जल व्यवस्थापन र हरियालीले काठमाण्डौ उपत्यकालाई प्राकृतिक सौन्दर्यको दृटिकोणबाट पनि महत्वपूर्ण बनाएको थियो । माथीका तत्यहरुले काठमाण्डौ उपत्यकालाई “नेपाल मण्डल” को रुपमा चिनाउने गरेकोछ । काठमाण्डौ उपत्यका भन्दा ३००० बर्षभन्दा बढी पुरानो मानव सभ्यता बोकेको रोसी उपत्यकाको प्राकृति सौदर्य, प्राचीन ऐतिहासिक, साँस्कृतिक धरोहर, आध्यात्मिक जीवनशैली र धमर्मिक परंम्परासंगको गहिरो सम्बन्ध साथै समाजले पालना गर्दै आएको प्रचलित सँस्कार र पुजा–आजाले यस क्षेत्रलाई “पुण्य मण्डल”को आवश्यता र महत्वलाई पूर्ण रुपमा निम्नानुसार परिपूर्ति गर्दछ ।
प्राकृतिक सौदर्य (जंङ्गल तथा जलभण्डारण)
गौरी शंकर हिमालय पर्वतमाला जहाँ कुमार जन्मनु भएको स्थानको दृष्टिगोचरमा रहेको उर्बरभूमीलाई रमणिय पहाडी श्रृंखलाहरुले घेरीएको र एउटै निकास अर्थात पिढ भने लडकुको गल्छी रहेकोछ । उपत्यकालाई निम्न पर्वतमालाहरुले घेरिएकोछ;
कुञ्ज पर्वत (फुलचोकी पर्वत) – पश्चिम–उत्तर घेरामा उपत्यकाको अग्लो पर्वतमाला कुञ्ज पर्वतलाई फुलचोकी पहाडको नामले परिचित छ । पहाडको टाकुरामा फुलचोकी माई बिराजमान हुनुहुन्छ । तत्कालिन समय (त्रेतायुग?) मा पाञ्चाल नरेश दिर्घरथ (महासत्व–नःम बुद्घका पूर्खा) ले पाञ्चाल र कुर्पासीका खेतिमा सिञ्चाइको लागी फुलचोकी माईलाई खुसी बनाइ लिलावती (लक्ष्मी – रोसी) नदी ल्याइ देश समृद्घ बनाएका थिए । यस नदीलाई स्थानियहरुले लक्ष्मीको रुपमा पुज्ने गर्दथे । फुलचोकीलाई दाताको रुपमा यहाँका बासिन्दाहरु हरेक बर्ष अत्र बाली भित्राएपछी भिञाइएको केही अत्र र बस्तु (गाई, भैसी, बाख्रा आदी) ब्याएपछि बिऔती चढाउन जाने चलन थियो । यसरी अत्र तथा बिऔती माईमा चढाउनुको मूख्य उदेश्य कृषी तथा पशुपालनमा सधै लाभ भै रहोस भनि पुकार्थे र माईले पनि आसिर्वाद दिएको हुँदा यहाँका बासिन्दाहरु सुखी नै थिए । समयको अभाव वा अल्छीपनाले किसानहरु पुजाकोलागी टाकुरामा नगइ फेदीमा नै फुलचोकी माईको दायाँ पाउमानी पुजा गर्नथाले । केहि दशक अगाडी सुरक्षमा आएको ह्रास र बिकासको क्रममा वैकल्पिक जिविकोपार्जनका अवसरहरुमा लागेपछि यो पुजाको सँस्कारमा ह्रास आएकोछ । समय सन्दर्भ उपत्यकाको खासगरी बनेपा र धुलिखेल शहरहरुमा बाहिरी बसाइ सराइ बढेको र दिगो खानेपानीको एकमात्र श्रोत रासी नदी रहनपुगेको छ । अर्कोतर्पm अकर्मन्य सरकारी निती तथा अनुत्तरदायी जनप्रतिनिधीहरुको आचरणले अब्यवस्थित जंङ्गल फडानी तथा ढुंङ्गाखानी सञ्चालनले लिलावती अर्थात रोसी नदी जिर्ण हुदैगएको छ । मानव आवश्यकता र प्राकृतिक पर्यावरणको दृष्टिकोणले रोसी नदीलाई जिवन्तता दिनु पूर्खाहरुको साँस्कृती र सँस्कारलाई सम्मान गरी बर्तमान र भावी पुस्ताको संरक्षण गर्नु हो ।
तिपचोक चलाल – कुञ्ज पर्वतको दायाँ, उपत्यकाको पश्चिम–दक्षिण तर्फ होचिदै गएको पर्वतमाला तिपचोक अर्को शैरन्ध्री नदीको मुहान छ । किंबदन्ति र औचित्यको आधारमा द्रौपदीलाई किंचकले लखेडदा पार्वती माताले बचाउन बर्षागरि उनलाई बचाएको तथा नदीले निरन्तरता पाएकोछ । पानीको सुलभताले नजिकै बस्ति बस्यो जसलाई चलालको नाम दिइयो । धर्मप्रती आस्था र शान्तिप्रेमी समाजका तामाङ्ग समुदायले गणेशको स्थापना गरि स्थानको नाम नै चलाल गणेश नामाकरण गरे । प्राणी प्रेमी प्राकृति संरक्षणको लागी प्रमुख आश्यकता नदी निरन्तरताको लागी जंङ्गल बचाउमा कृयाशिल रहे । पछिल्लो समयमा आएर अव्यवस्थिा जङ्गल फडानी र ढुंङ्गा खानीले प्रकृतीय जोखिन्मुख हँुदै गएकोछ ।
पार्थली – तिपचोक पर्वतको दायाँ, उपत्यकाको दक्षिण–पश्चिम रहेको ढुंखर्क, सानु उपत्यका जाने केही होचो भाग, पार्थली भञ्ज्याँङ्ग रमणिय थियो र छ । उपत्यका भित्र, बाहिर गर्ने यात्रीहरुको बिश्रामस्थल भएको हुँदा ब्यापारिक केन्द्र बत्रपुग्यो ।
लडकेश्वर गल्ली – छिरके डाँडा र बाँन्द्रे डाँडाको बिच गल्छी परेको छ । उक्त गल्छीबाट उपत्यका भरिका बिभित्र स्थानहरुबाट आएका खोला र खोल्सा तथा मुहानहरु बाट आएका पानीहरु रोसी खोलाको नामबाट निकास हुन्छ जुन दुम्जामा पुगेर सुनकोशी संग समाहित हुन्छ ।
हिरण्य गन्धमान – उपत्यकाको पूर्व–दक्षिणमा रहेको पर्वतमाला हिरण्य गन्धमान पर्वतले परिचितछ, जहाँ पाञ्चाल नगरीका कान्छा राजकुमार महासत्वले भोकाएको बघिनी र उनका डमरुहरुलाई आफ्नो जिउँदो शरिर दान गरेर बोधिसत्व हासिलगरेका थिए । यस पवित्र पर्वतमालाका वरिपरी बिभित्र बुद्घका प्रतिमाहरु स्थापना हुन थालेका छन् । यहाँबाट शैखेश्वरी खोला निस्किएर सुडीखोलाको नामले रोसीमा मिसिन्छ ।
शिखरापुर – उपत्यकाको पूर्व अर्थात हिरण्य गन्धमान पर्वतको उत्तर तर्पm रहेको पर्वतमालामा थुम्काहरुको सृंखला छ, जुन शिखरपुर नामले रहेको मानव वस्ती काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलको नामले परिचित छ । यहाँबाट पनि सानो ताखुसी (ताखोला) निस्केर पद्मावतीमा मिसिन्छ ।
चण्डेश्वरी – उपत्यकाको उत्तर–पूर्व अर्थात शिखरपुरको उत्तर तर्पm चण्डेश्वरी मन्दिर उत्तर–पूर्व रक्त चन्दनको घनाबन रहेको थियो । यस जंङ्गलबाट चासखुसी (चण्डेश्वरी खोला) निस्केर पद्मावतीमा समाहित भएको छ । समय क्रममा रक्तचन्दनको बन समाप्त भएको र सल्लाको बिरुवाले प्रतिष्ठापन गरेको छ । तथापी यस वनको पूर्वपाखामा टेक बहादुर को पहलमा स्थानियहरुको सुविधाको लागी गोसाईकुण्ड स्थापना गरेका थिए, जस्ले स्थाइत्व दिएको छ ।
रत्नागिरी (मनमाया – तपोवन) – उपत्यकाको उत्तर अर्थात चण्डेश्वरीको पश्चिम तर्पm रत्नागिरी रहेको जहाँबाट राजा दिर्घरथले आफ्नो राज्यको खेतीलाई सघाउन रत्नचुडेश्वरको आरधना गरि नन्दिमती (भगवती) नदी झारेका थिए भने यस्तै निलकण्ठको प्यास बुझाउन पानी उत्पादन गरी बहेकि थिइन, जुन पुण्यमतीको नामले ख्याती प्राप्त गरे । नन्दिमती र पुण्यमाता नालामा पुगेर मिलान भएपछि पद्मावती नामले दक्षिण तर्पm बहेकि छन् ।
साँङ्गा – उपत्यकाको पश्चिम–उत्तर भागमा साँङ्गा भञ्ज्याङ्गको दुवैतिर राम्रा जङ्गलहरु छन् । बिकटेश्वर महादेव मन्दिरको उत्तर तर्पmबाट खोला आएको छ, जुन महादेव खोलाले परिचित छ । यो सानो खोला बनेपा पुल बजार मुनी पद्मावतीमा गएर समाहित हुन्छ ।
नागी डाँडा – उपत्यकाको पश्चिम भागमा अग्लो नाँङ्गा डाँडा टुप्पामा कपाल जस्तै टुसुक्क जंङ्गल रहेको छ । यहाँ पानीको राम्रो श्रोत नभएपनि स–साना पानीका मुहानहरु रहेको र प्रकृतिय धरातलले गर्दा बर्षाको समयमा ढलमले, बाँसडोल र बेहेवर खोल्साहरुले राम्रो खोलाको रुपलिने गरेको छ ।
पुण्य मण्डल पूर्णतामा मानविय संरचना
प्रकृतिले दिएको उर्वर धरातल, जलस्रोत र वनजंगलले परिपूर्ण पवित्र भूमिलाई पूर्वजहरुको संस्कार र संस्कृति बरदान सावित भएको छ । रोसी उपत्यकाका स्थानीय स्रोत साधनहरूको उच्चतम सदुपयोग गर्दै तत्कालीन समयमा निर्मित बाँकी संरचना र निरन्तरता पाएका संस्कारहरूले यहाँको सभ्यताको विशिष्ट पहिचान दिएको छ । सत्ययुग, त्रेतायुग र द्वापरयुगका घटनाहरूमा आधारित पुराण, कथा तथा किंवदन्ती तथा उपलब्ध संरचनाहरूको आधारमा, बाह्रौं शताब्दीमा गएको महाभूकम्प र उदुस आतंकले प्रभावित रोसी उपत्यकाका बस्तीहरूको व्यवस्थापनमा तत्कालिन भक्तपुरका राजा आनन्ददेवले बनेपाको चण्डेश्वरी माईलाई आराध्य देवता मान्दै सात गाउँहरू साँगा, नाला, बनेपा, धुलिखेल, खडपु, चौकोट र पनौतीको विस्तार गरेका थिए । ब्रम्हा (प्रिय पात्र गौतम ऋषी र स्नेही अप्सरा अहिल्यालाई भेटन पनौती आएको हुनसक्ने), बिष्णु (रामले अहिल्याको उद्घार तथा इन्देश्वरी वनमा पदार्पन गर्नुभएको किंवदन्ति छ), महेश्वर (महादेवले शतिदेवीको पर्थिव शरिर बोकेर हिडेको, पार्वती सहित कालकुट विषको दहन शान्तगर्न प्रवेश गरेको भनाइ छ), धनन्जय बासुकी, ईन्द्र, साची, नःम बुद्घ, गणेश, भगवती, द्रौपदी, भद्रकाली, महालक्ष्मी, चण्डेश्वरी, भैरव, हरित तारा (भृकुटी), बलबाहु, आदीले पदार्पण गरेको पुण्यभूमीमा तत्कालीन समयमा ती गाउँहरूको विस्तारमा रोजिएका भूमी र स्थानीय स्रोत साधनबाट निर्मित संरचनाहरू जलवायु अनुकूल र वास्तुपरक थिए भत्रे ८०० वर्षसम्म जीवित रहेका यी शहरहरू, यसको सजीव प्रमाण हुन ।
काठमाण्डौ उपत्यकाको कला, कौशल र सँस्कृती, सँस्कारका ज्ञाता नरेश आनन्द देवले रोसी उपत्यकाको पुण्य भूमीमा सुनमाथी सुगन्ध पु¥्याउन सात गाउँ बिस्तारमा समयको माग अनुसार आध्यातमिकताम तान्त्रिक साध्य सहितको बस्ति बसालेका र यसको बृहतकार्यलाई उनका अनुयायीहरुले बढावा दिएको पाइन्छ । अब हामी छोटकरीमा सात गाउँ जानकारी तर्पm जाउँ;
साँगा – सतिदेवीको पार्थिव शरिरबाट नाक खसेर स्थापित भएको नासिकास्थान पिठ नजिक स्थापित बस्ति किरातकालमा साँङ्गको नामले परिचित थियो । कालिदह (काठमाण्डौ उपत्यका) को एउटा भञ्ज्याङ्ग हो । स्थानिय किंबदन्ति अनुसार द्वापर युगमा भिमसेनले साँङ्ग भञ्ज्याङ्ग देखी थानकोट भञ्ज्याङ्ग सम्मन डुङ्गा चलाउदथे भत्रे भनाइ रहेको छ । त्यहाँ रहेका उमा महेश्वरका, शिव पार्वतीको प्रस्तर मूर्ति, लक्ष्मीनारायणको क्षेत्रमा रहेका केही मूर्तिहरुको साथमा रहेको जलद्र्रोणले बस्ति पुरानो हो भत्रेमा दुईमत नहोला । किंबदन्ति अनुसार साँगामा तेल पेल्ने उद्योगको रुपमा धेरै सालहरु थिए । तेल पेल्ने सालहरु भएकै कारण स्थानको नाम साँङ्ग भएको हो कि ? ठकुरी राजा अंशुबर्माले आफु राजा भएको सात बर्ष पछाडी प्रशासनलाई दुरुस्त राख्न कैलाशकुटको आदेश भनि “साँङ्ग ग्राममा” एउटा शिलालेख राख्न लगाएका थिए, जुन बिकटेश्वरको प्राङ्गणमा राखिएको छ । यस्को अलावा एउटा पढन नसकिने शिलालेख छित्रमस्ता नारायणको प्राङ्गणमा पनि छ ।
प्रकृती र सम्पदा प्रेमी राजा आनन्द देवले ऐतिहासिक साँङ्ग बस्तिमा प्रकृती प्रेमी साँस्कृतिक संरचनाको स्थापना तथा संरचना स्थापनार्थ पूर्वाधारको निर्माण सहित बस्ति बिकासको थालनी गरेका थिए । पुराना सम्पदाहरुको संरक्षण र नयाँ संरचना स्थापनार्थ बनाइएको लाछी र लायकु जस्ता पूर्वाधारहरुमा सबै समाज र समुदायहरु तथा वाह््य व्यक्ति र समुदायलाई आमन्त्रण गर्नेहेतु पछिल्ला पुस्ताहरुले आध्यात्मिक कला संरचानाहरु जस्तै, छित्रमस्ता नारायण, बिकटेश्वर, सिद्घिबिनायक, भिमसेन देवल, जगत्राथ देवल, लक्ष्मीनारायण अर्धनारेश्वर, हरिसिद्घिस्थान, नासिकास्थान मूख्य रुपमा स्थापना गरे । ती संरचानहरुलाई आकर्षण गर्न साथमा स–साना संरचना (मूर्ति) हरु पनि साथमा राखेमा छन् । बस्ति बिस्तारको क्रममा भक्तपुरका मानिसहरु साँगामा बस्न आउँदा उनिहरुले भक्तपुरे सँस्कार र साँस्कृती पनि ल्याएको उदाहरण त्यहाँ मनाउने बिस्केट जात्राले प्रष्ट्याउँदछ ।
नाला – परापूर्वकाल (त्रेता युग?) मा नालाका राजा दिर्घरथले राज्य गरेका र उग्रचण्डी भगवती संग वार्तालाप गर्ने तथा रत्नचुडेश्वर पर्वतबाट नन्दिमती (भगवती) नदी ल्याएका किंवमन्ति रहेको छ । शहरलाई एक राक्षसले कब्जामा राखेर दैनिक एक एक मानिस खाँदै आएकोमा एक बृद्घ परिवारको पालामा महालक्ष्मीले बालकको भेषमा राक्षसलाई मारेर शहरलाई मृत्यु मुखबाट बचाएको हुँदा नालाका बासिन्दाहरु उनीलाई सबोच्चका साथ पुजी आएका छन् । यहाँ एउटा बाल्मिकी गुफा पनि रहेको छ, सोही गुफामा बसेर रामायण लेखेको भनाइ रहेको छ । यहाँको जल, जमिन भएर महा मञ्जु श्रीले कालिदह बिचको कमलको ज्योती दर्शनगर्न गएका थिए । पाण्डव गुप्तवास कालमा नहकुल घोड सवारी बाट सुराकीको लागी र सहदेव गाई चराउन नालाको जंङ्गल सम्मन पुग्दथे भत्रे भनाइ रहेको छ ।
नाला किरातकालिन बस्ती थियो भत्रे यस्को पुरानो नाम नालिंङ्ग किरात शब्दसंग मिल्दछ । अर्को तर्पm उदयदेवका छोरा, भृकुटीका भाई नरेन्द्र देवलाई तिब्बतमा नालिंङ्गन भनिन्थ्यो । उनि तिब्बतबाट फर्केर आफ्ना बाबु उदय देवले गुमाएको सत्ता फर्काउन नालामा किल्ला जमाएर बसेका र उनैको तिब्बती नामबाट नालिंङ्गग्राम रहेको भनाई रहेको छ । हुन त यो शहर पहिले नै बनेको थियो भत्रे शिव देवको शिलालेख भेट्नुले एकिन गर्दछ । महा मञ्जु श्रीको पदार्पण, बाल्मीकीको बासस्थान तथा बिकसित शहरबाट फर्केका नरेन्द्र देवले नालामा बसि छिट्टै राज्य फिर्तालिन सफल हुनुमा नाला कति ब्यवस्थित बस्ती थियो भत्रे प्रष्ट्याउँदछ । यहाँको ढलहरु ढुँङ्गाका जोडाइमा तथा ढुँङ्गाका ढक्कनमा बनेको थियो । यस्तो संरचना काठमाण्डौ र रोसीका कुनै पनि बस्तिमा थिएन । शहर भित्र, बाहिर आउन जानको पेशा, यात्रीको प्रकार र कार्यको प्रकार अनुसारको ढोका प्रयोग गर्नु पर्दथ्यो । इतिहासबिदहरु नालालाई नेपालको पहिलो व्यवस्थित शहरको श्रपमा लिने गदछन् ।
प्रकृती र सम्पदा प्रेमी राजा आनन्द देवले ऐतिहासिक नालिंङ्गग्राम बस्तिमा प्रकृती प्रेमी साँस्कृतिक संरचनाको स्थापना तथा संरचना स्थापनार्थ थप पूर्वाधारको निर्माण सहित बस्ति बिकासको थालनी गरेका थिए । पुराना सम्पदाहरुको संरक्षण र नयाँ संरचना स्थापनार्थ बनाइएको लाछी र लायकु जस्ता पूर्वाधारहरुमा सबै समाज र समुदायहरु तथा वाह््य व्यक्ति र समुदायलाई आमन्त्रण गर्नेहेतु पछिल्ला पुस्ताहरुले आध्यात्मिक कला संरचानाहरु जस्तै, उग्रचण्डी भगवती, महालक्ष्मी, प्रथम (श्रृष्टिकान्त) लोकेश्वर, नारायण मन्दिर, लिबी छेंः, गोपालेश्वर महादेवको स्थापनार्थ संरचनाको स्थान राख्नु साथमा तान्त्रिक पद्घतीबाट बिभित्र अष्टमातृका शक्तिदेव देवीलाई उचित स्थानमा स्थापित गरि शहरको रक्षा गरिएको थियो ।
बनेपा – हिमवतखण्ड पुराणअन्तर्गत नेपाल माहत्म्यको दोश्रो अध्यायमा मार्कण्डेय ऋषीले जैमिनीलाई सुनाउनु भएको कथा अनुसार चण्डासुर दैत्य, स्त्रीजाति बाहेक कसैले मार्नेछैन भनि वर पाएको हुनाले विष्णुको श्रापबाट पनि चण्डासुरको बध हुन सकेन । दैत्यले ईन्द्रादि देवताहरुलाई दुःख दिनथाले । ईन्द्रादि देवताहरु ब्रम्हाजीको शरणमा गए । ब्रम्हाले सकल देवगणहरुलाई भत्रुभयो – “हे देवताहरु, श्लेष्मान्तक वन (पशुपती) देखी पूर्वतिर रक्तचन्दन वन छ । त्यहाँ आदीशक्ति भगवतीमाई चाँपको रुखमा बिराजमान हुनुहुन्छ । त्यहाँ गएर गएर उहाँको आराधना गर्नु । वहा शक्तिस्वरुप स्त्रीजाति भएकाले तिमीहरुको दुःखहरण गर्न चण्डासुर दैत्यलाई बध गर्नुहुनेछ ।” ब्रम्हाजीको बचनअनुसार देवगणहरु हालको बनेपा उत्तर–पूर्व रहेको रक्तचन्दन बनमा आदीशक्ति भगवतीमाईको आराधना स्तुती गर्नथाले । यस कुराको जानकारी ऋषी नारदमुनीले दैत्य चाण्डासुरकोमा पु¥्याए । चाण्डासुर आफ्ना राक्षसी सेनाहरुका साथ देवगणहरुलाई धपाउन ऋषी नारदको सुचना अनुसार उल्लेखित रक्तचन्दको जंङ्गलमा पुगे । चण्डासुरको फौजले जंङ्गल भित्र कुनै पनि देवता देखेनन् । त्यसै बखत एउटा दैत्यले एउटा बृक्षलाई देखाउँदै एउटा राम्री स्त्री चम्पक बृक्ष अन्तध्र्यान भएको जानकारी दिए । त्यो सुनेर दैत्यराज चण्डासुरले आफुसङ्ग भएको तरवारले एकै झटकामा बृक्षलाई छिनाले । त्यसैबखत काटिएको उक्त बृक्षबाट एक उज्वल अतिसुन्दर युवती हतियार सहित सुसज्जित भएर प्रकट भईन । उनको चण्डासुर संग घमासान युद्ध भयो । केहीगरे पनि दैत्यलाई वध गर्न नसकेपछि महामाया युवतीले भगवतीको रुपधारण गरिन । देवीले दैत्यको इच्छ्या मुताविक मृत्यु दण्द दिए र आफु अन्तध्र्यान भए ।
मानवबस्ति तत्कालिन समय देखी नै रहेको भत्रेको सुक्ष्मप्रमाण धेरैकाल पश्चात अर्थात लिच्छवीकालमा शिवदेव प्रथम पालाको शिलालेखमा चारकिल्ला खुलाउँदा “ङग्राम” को उल्लेख गरिएकोमा इतिहास बिदहरुले “भुजङ ग्राम” हुनसक्ने आङ्कलन गरेका छन् ।
राजा आनन्द देव चण्डेश्वरी माईको आराधना गरि रोसी उपत्यकामा सात गाउँ बसालेको कथन रहेको छ । उनि हरेक दिन घोड सवारबाट बनेपा चण्डेश्वरीको दर्शण गरि फर्किएपछि मात्र भोजन गर्ने गर्दथे । एक वर्ष ठूलो पानी परेर केहि दिन खोला तर्न नसकि भोकैबसे । राजाको यस्तो हठ देखेर माईले झिङ्गाको रुपमा दर्शण दिनुभयो । माईको महत्व बुझेका मल्लराजा जयस्थितीको पालामा भक्तपुरमा चण्डेश्वरी माईको खटसहितको जात्राको थालनी गरे ? पछि बनेपा राजा रण मल्लको पालामा बनेपालीहरुले पनि ठूलो झकिझकाउ खटको साथमा भव्य जात्रा मनाउदै आएका छन् ?
भोलाखाको सानो बस्तिलाई धनुष आकारमा बिभित्र स्थानमा बिभित्र शक्तिका आठ गणेशहरु दिक्पालको रुपमा बिस्तार गरिएको गाउँलाई धर्षपुर भनिएपनि राजा अभय देव मल्लको पालामा बनियप्य र राजा पयाअर्जुन देवको पालामा विनयापुरी लेखिएको पाइएको छ । यस्को अलावा बिभित्र समयमा यस्को नाम बणिक्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य आदि भनिँदै पछि आएर ‘बनेपा’ हुनगएको देखिन्छ । नेवार समुदायमा यस सहरलाई भोतः र भोंदे भन्ने गरिन्छ वा भोलाखाको पुरानो नाम भोतः हुनुपर्दछ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भोतः भनिएको हुनुपर्दछ? छैठौ शताद्विका ठकुरी राजा अंशुबर्माको पालामा कोदारीमा भन्सार खोलिएको र सन ६४० दशकका लिच्छवी राजा नरेन्द्र देवले काठमाण्डौ आक्रमण गर्न नालामा मुकाम गरि बसेको हुँदा भोटसंगको ब्यापार यहिबाटो प्रचलित हुनु पर्दछ । राजा आनन्द देवको पालामा बिस्तार गरिएको भोलखा (भोतः) लाई सँस्कार र सँस्कृती प्रेमी मल्ल शासकहरुले कला कौशलहरु थपी भोतःको सभ्यतामा खुडकिलो थपेका थिए ।
धुलिखेल – प्राकृतिक सौंन्दर्य सहितका होचा–होचा शिखरहरुको बिच–बिचमा हरिया घाँस तथा बनस्पतीहरुले भरिएको थुम्काहरु शिखरापुरले पनि चिनिन्थ्यो । मानव बस्तिको लागी उत्तम स्थान भएर नै होला, यस स्थानमा लिच्छवीकाल वा सो भन्दा अगाडी नै केही बस्ति बसेको भनाइ रहेकोछ । लिखित इतिहास नभए पनि पाँचखालको उर्वरभूमी र राजा मानदेवको पालामा पलाञ्चोक भगवतीको मूर्ति पाँचौ शताद्विमा बत्रुले धुलिखेलमा बस्ति रहेको भनाइलाई पुष्टि गर्दछ । यस्तै यहाँ पाइने ढुंङ्गे धारा, इनार, कुवा, जलद्रोण, जँरु तथा पोखरीका अवशेषहरुले बस्ति लिच्छवी काल वा सो भन्दा पुरानै हो कि भत्रे झल्काउछ ।
बस्तिमा राम्रो बस्तुपालन भएको राम्रो दुध उत्पादन हुने र पाँचखाल, बालुवा आदी स्थान आउने, जाने यात्रीहरुलाई खानाको लागी प्रसस्त दहि बनाउने÷पाउने हुनाले नेवारी भाषामा धौःख्य ?, पाँचखाल, बालुवा आदी मैदान संग टाँसिएको शिखरहरुमा उत्तरी कडा हावाले वस्तिमा धुलो उदाउने भएको हँुदा नेवारी भाषामा धुःख्य ? यिनै नेवारी शब्दको नामाकरण परिमार्जित हुँदै धुलिखेल हुनगयो ।
राजा आनन्द देवले धौःख्य वा धुःख्य लाई चेप्टो चक्राकारको भूगोलमा भित्र बाहिर गर्न छ वटा द्वारसहितको बस्ति बिस्तर गरेका थिए । बस्ति सुरक्षार्थ तान्त्रिक बिधीद्वारा स्थापित अष्ठमातृका तथा प्रवेशद्वारमा स्थापना गरिएका गणेशका मूर्तिहरुले शहर साँस्कृतीमय तथा बासिन्दाहरुको ब्यस्त जिवनबाट इमान्दार समाज बनाउन गरेको प्रयास उत्तम कार्य थियो । पहिल्यै भएका सम्पदाहरुको सम्भार संरक्षण तथा नारायणको मूर्ति तथा मन्दिर स्थापना गरेका थिए । धुलिखेमा पाइने बासिन्दाहरुको जात भक्तपुरका बासिन्दाहरु संग मिल्ने भएको हुँदा बस्ति बिस्तार क्रममा भक्तपुरेहरु बसाइसराइमा आएका हुनुपर्छ । शहरका बासिन्दाहरुको असल स्वास्थ्य तथा समुदायमा साँस्कृती र सभ्यताको बिकाश गर्न मेला पर्वमा नुहाउन तथा स्नान गर्न विभित्र स्थानहरुमा ९ धारा, ९ इनार, ९ कुवा र साथमा धारामा पानीको निरन्तरताको लागी ९ वटा पोखरी बनाएका थिए । ती संरचनाहरु मध्ये धेरै लोप अर्थात क्षती भएर गएपनि अभैm केहि कतै देख्न सकिन्छ ।
खडपु – सानोकदको सुसंगठित पूmर्तिलो र बलियो ब्यक्तिलाई नेवारी भाषामा खम्पु भनिन्छ । धनेश्वर र शिखरपुरको बिच पद्मावतीको किनारमा एक सानो मजबुत ढिस्कोमा श्रीखण्डको जंङ्गल थियो । धार्मिक तथा मानविय स्वास्थ्यको दृष्टिकोणले राम्रो स्थानठानी राजा आनन्द देव “खडपु” नामको बस्ति बसालेका थिए । यो स्थानको नाम “श्री २ खपदेश, श्रीखण्डपुरी, श्री ३ षडपुर ।। पुण्य भूमी” हुँदै श्रीखण्डपुर रहन गएको देखिन्छ । तर यहाँका खास बासिन्दा र नेवारहरु यस बस्तीलाई खम्पु र नेपाली भाषीहरु खडपु भत्रे गर्दछन् । नयाँ बस्तिमा राजाले स्वेत भैरवको स्थापना गर्न लगाएका थिए र बासिन्दाहरु बिस्केट जात्रा मनाउने भएको हुँदा, यहाँ पनि भक्तपुरका मानिसहरु बसाइ सराइ आएको हुनु पर्दछ । समय सापेक्ष श्रीखण्डको काठबाट शहरको बिचमा चैत्य पनि बनाएका थिए ।
चौकोट – खडपुबाट करिव एक किलोमिटर दक्षिण पद्मावती नदीको पूर्वी किनारामा अलिक उठेको जग्गामा सानो जंङ्गलको बिचमा चकोर ऋषी तपस्या गरि बसेका थिए । मानव बस्तिको लागी उपर्युक्त स्थान देखी राजा आनन्द देवले त्यहा पनि बस्ति बसाले । यो पनि नयाँ बस्ति भएको हुँदा, यहाँ पनि भक्तपुरका मानिसहरु बसाइ सराइमा आए । यस्को उदाहरण चौकोटमा मनाइने बिस्केट जात्रा तथा अन्य चाडपर्वहरुले पुष्टी गर्दछ । यहाँको मूख्य देउतामा स्वेत गणेश लिइन्छ भने अन्य देव देवीहरुको स्थापना र मन्दिर बनाइएका छन् ।
पनौती – समुन्द्र मन्थन पश्चात निलकण्ठ साथ फर्केका धनञ्जय बासुकी अष्माकम पठ्ठर र सुमेरु पर्वतको बिच लिलावती र नन्दिमती संङ्गममा बिरजमान भए । निलकण्ठको प्यास बुझाउन पार्वतीले रत्न चुडेश्वर पर्वतमा उत्पत्र गर्नुभएको महादेव पोखरीबाट बगेको पुण्यमाता, नन्दिमतीमा समागम भएपछि पद्मावतीले पुकारियो । त्रेता युगमा पद्मावती नदी र लिलावती (रोसी) को सङ्गममा ब्रम्हाका प्रिय शिष्य महर्षि गौतम र उनकी श्रीमती अप्सरा अहिल्या साथमा तपस्याका लागी बसेका थिए । यहिस्थानमा स्वर्गका राजा इन्द्र रानी साचीको तपस्याबाट खुसीभइ रुद्र सुमेरु पर्वतबाट गुप्तरुपमा लिलावती र पद्मावतीको सङ्गममा प्रवेश गरि राजा ईन्द्रको पापमोचन गरेका थिए । यस्तो पावन भूमीमा पाञ्चाल नगरीका उत्पिडित जनतालाई बसाइ सराइको गर्न उपर्युक्त स्थानको लागी राजा आनन्द देवले अष्टमातृका मध्ये त्रिकोणात्मक बस्ति निर्माणमा तान्त्रिक बिधिद्वारा उत्तरमा मानेश्वरी, पश्चिममा काथं गणेश र पूर्व–दक्षिणमा इतावरीको स्थापनासाथ पहरेदारी दिएका थिए । आध्यात्मिकतामा विश्वास गर्ने सभ्यताका द्योतक मल्लकालका पुस्ताहरुले कला र कौशलमा मात्र योगदान गरेनन्, समयानुकुलन जात्रापर्वहरु थपेर संस्कार र सँस्कृती उत्थानमा सात गाउँमध्ये अग्रस्थानमा रहे । इतिहास, किंबदन्ति र पनौतीको प्रकृतीको महत्व बुझेका प्रकृती प्रेमी तत्कालिन शासकहरुले हिन्दुहरुको उत्कृष्ठ तिर्थस्थल बनाउन बिभित्र संरचना बनाए पनि तिन नदीको संङ्गम त्रिवेणीलाई “उत्तर प्रयाग” को पूर्णता दिन सुमेरु पर्वतको शिरमा गएर गौरी शंकरलाई जल चढाएपछि मात्र तिर्थाटन पूर्णता हुनेभयो । प्रकृती र मानव सिर्जित सम्पदाको शहरलाई संरक्षण र सम्बर्धन गर्नसके उपत्यकामा एउटा जिवन्त शहर बत्रेछ ।
अन्य स्थानहरु – माथी उल्लेखित सात बस्ती बाहेक नःम बुद्घ, फुलचोकी माई, सारदा देवी, रत्न चुडेश्वर स्थानहरु उपत्यकाका रमणिय सम्पदा क्षेत्रहरु हुन ।
अफसोच सभ्यताको सिँधीमा बढदो सँस्कार र सँस्कृतीमा नेपाल एकिकरण पश्चात शासक तर्पmबाट साँस्कृतिक बिकासमा सत्राता छायो । स्थानिय समाजले मल्लकालमा स्थापित सँस्कार र सँस्कृतीलाई क्षमता अनुसार निरन्तरता दिए । दोश्रो जनआन्दोलन पश्चात परिवर्तित राजनिती बाट प्राप्त बहुदलिय ब्यवस्थाले माओबादी पार्टीको जनआन्दोलन जन्मायो । यस्ले नेपाली आध्यात्मिीक सँस्कार र सँस्कृतीलाई तिरस्कार मात्र गरेन, नियन्त्रणको समेत प्रयास भयो । रोसी उपत्यकाको सँस्कार र सँस्कृती पनि अछुटो रहन सकेन । माओवादी मात्र होइन अन्य पक्षहरुले पनि व्यक्तिगत र सामुहिक स्वार्थसिद्घतामा प्राकृतिक तथा मानव निर्मित सम्पदा दोहनमा पछि परेनन् । साधारण मानिस तथा सोझा समाज निमुखा बने । सम्पदा संरक्षण र सम्बर्धनमा दशकौको अव्यवस्थाले सभ्यतालाई अस्तव्यस्तता बनायो । बि.सं. २०७२ को गणतन्त्रिय संबिधानले दिएको कर्तव्य र अधिकारलाई मनन् गरि सभ्यताको बिकासमा योगदान गर्न स्थानिय सरकारलाई आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *