बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यलाई मातृशोक परेको छ ।
लामो समयदेखि बिरामी भएर उपचाररत उहाँकी आमा मिठ्ठु आचार्यको शनिबार बिहान ५ बजे निधन भएको हो ।
उहाँको पशुपति आर्यघाटमा सोही दिन बिहान १० बजे अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ राष्ट्रिय सभा सांसद कमला पन्तकी सासुआमा पनि हुनुहुन्छ । मृतक आचार्यका श्रीमान् ध्रुवप्रसाद आचार्य र उहाँका तीन छोराहरु मधुप्रसाद आचार्य, जगन्नाथ आचार्य र विनोद आचार्य हुनुहुन्छ ।
करिब ६ महिना अघि काभ्रे कांग्रेसका वरिष्ठ नेता एवं अर्का केन्द्रीय सदस्य शिव हुमागाइँलाई पनि मातृशोक परेको थियो । संयोग कांग्रेस काभ्रेका दुई शीर्ष नेता आचार्य र हुमागाईंलाई एउटै वर्ष मातृशोक परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *