बनेपा । नेपाल ज्योतिष परिषद् काभ्रेको छैटौं जिल्ला अधिवेशन असार २५ गते बनेपामा सम्पन्न भएको छ । सो अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नारायणप्रसाद दाहाल, टंकप्रसाद दाहाल र शिवकुमार खतिवडा, सचिवमा लालप्रसाद पौडेल, सहसचिवमा हरेराम बजगाईं र इन्द्रप्रसाद तिमल्सिना तथा कोषाध्यक्षमा सविना तामाङ र सहकोषाध्यक्षमा नविनप्रसाद तिमल्सिना छन् । सदस्यहरुमा भुवनेश्वर तिमल्सिना, परमेश्वर सापकोटा, डिल्लीराम चौलागाईं, यादवप्रसाद चौलागाईं, दुर्गाप्रसाद दाहाल, निर्मला पराजुली भट्टराई, रविकराज कायस्थ, पुष्पा माता र रत्नप्रसाद बञ्जारा छन् ।  २१ सदस्य कार्यसमितिमा तीन जना सदस्य मनोनीत हुन बाँकी छ ।
परिषदका जिल्ला अध्यक्ष सरोज खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यकारी अध्यक्ष कमलप्रसाद काफ्ले प्रमुख अतिथि हुनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय समितिका विभिन्न पदाधिकारीहरू, बागमती प्रदेशका अध्यक्ष तथा उपाध्यक्ष तथा पदाधिकारीहरू मकवानपुर जिल्ला समिति, सिन्धुपाल्चोक जिल्ला समिति, काठमाडौँ जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्तपुर जिल्ला समितिका पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *