काठमाडौं । काठमाडौं विश्व विद्यालयले हालै अन्तर्राष्ट्रिय केन्द्र (International Centre for Integrated Mountain Development) इसिमोडबाट आएको एक विशिष्ट प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । उक्त टोलीको नेतृत्व ICIMOd का महानिर्देशक डा पेमा ग्याम्छोले गर्नुभएको थियो । उहाँसँगै वातावरण तथा जलवायु जोखिम न्यूनीकरणसम्बन्धी वरिष्ठ सल्लाहकार डा अरुणभक्त श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
प्रतिनिधिमण्डलले विश्व विद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेसँग भेट गर्दै नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (NTIC), अनुसन्धान, विकास तथा नवप्रवर्तन निर्देशनालय (RDI), इन्जिनियरिङ तथा विज्ञान संकायका डिन र प्राध्यापकहरूसँग संयुक्त अनुसन्धान तथा विकासमा सहकार्यका सम्भावनाहरूबारे छलफल गरेका थिए ।
छलफलमा जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि संयुक्त अनुसन्धान, प्रविधि विकास तथा ज्ञान साझेदारी जस्ता विषयमा सहकार्यको सम्भाव्यता प्रमुख रूपमा उठाइएको थियो ।
