बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को ३०औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका सल्लाहकार राजकुमार हुमाागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रबन्धक गुरुप्रसाद ढकाल, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विदुरप्रसाद घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव नवराज आचार्यले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक देवप्रसाद कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
एक केन्द्रीय कार्यालय र ६ वटा सेवा केन्द्रमा कुल सदस्य १० हजार १ सय ३ रहेको जानकारी दिँदै संस्थाको वासलात २ अर्ब ३० करोड ८९ लाख ८१ हजार, बचत रकम १ अर्ब ९५ करोड ६९ लाख ८७ हजार, ऋण लगानी १ अर्ब ७७ करोड १२ लाख ३८ हजार रहेको हिसाब विवरण साधारणसभा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरूलाई सम्मान गरिएसँगै संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल र प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई संस्थागत योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी, “उत्कृष्ट सेवा केन्द्र” को रूपमा गोदामचोक सेवा केन्द्रलाई सम्मान गरिएको छ भने “उत्कृष्ट कर्मचारी सम्मान” सुदर्शन दाहाललाई प्रदान गरिएको थियो ।
