बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ र ५ को सीमानामा रहेको गजराम पर्वतमा त्यहाँ घुम्न आएका आन्तरिक पर्यटकहरुको सहयोगमा राष्ट्रिय झण्डा राखिएको छ ।
माउण्ट महाभारत होमस्टे, बेथानचोकबाट यहाँको गजराम पर्वत घुम्न पर्यटकहरु पुगेका थिए । बेथानचोक गाउँपालिका ३ र ५ को सीमानामा रहेको गजराम पर्वत समुन्द्री सतहबाट ३ हजार १२ मिटरको उचाईमा अवस्थित छ ।
गजराम पर्वत, बेथानचोकका लागि मात्र नभएर आन्तरिक र बाह्य पर्यटकका लागि पनि उपयुक्त पर्यटकीय गन्तव्य रहेको माउण्ट महाभारत होमस्टेका संचालक कमल नेपालले जानकारी दिनुभयो । यहाँ अहिले हरेक दिन पर्यटकको घुईंचो लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
