ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा काभ्रेपलाञ्चोकका स्थानीय तहले पूर्वाधारदेखि स्वास्थ्यसम्म, न्यायदेखि प्रविधिसम्म, र कृषिदेखि पर्यटनसम्म — सर्वाङ्गीण विकासमा आफ्नो उपस्थिती जनाएका छन् । जिल्ला समन्वय समितिले जनाए अनुसार १३ वटा स्थानीय तहहरूका यस्तो छ कार्यप्रगतिः

धुलिखेल नगरपालिका
वित्तीय प्रगति ३८.६६Ü रहेको धुलिखेल नगरपालिकाले यस चौमासिकमा नागरिक सेवालाई प्रविधिसँग जोड्ने अभियानमा उल्लेखनीय काम ग¥यो । नगरका ९९.१ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध छन् । एल्ऋ ज्यmभ ख्ष्कष्त मार्फत २९४ आमालाई घरदैलो स्वास्थ्य सेवा पु¥याइयो । सुरक्षित मातृत्वतर्फ रु. ४७ लाख ७२ हजार ९ सयको भुक्तानी भयो । शिक्षामा १५ विद्यालयका १ हजार ३ सयभन्दा बढी विद्यार्थीलाई क्अचभभल त्ष्mभ ऋयगलकभlिष्लन दिइयो । ब्क्ष् मा आधारित त्ष्लन त्ष्लन सूचना केन्द्र सञ्चालनमा आयो । ऋऋत्ख् जडानमार्फत सुरक्षा सुदृढ गरियो । त्तच् मार्फत कर भुक्तानी भएपछि नगरपालिका आउनुपर्ने बाध्यता समाप्त भयो । प्रदेशका तीन जिल्लामा ज्भबतिजथ ऋष्तथ कार्यक्रम विस्तारमा धुलिखेलले सहजकर्ताको भूमिका निभायो ।

बनेपा नगरपालिका
४०.४Ü वित्तीय प्रगति रहेको बनेपा नगरपालिकाले हालसम्म २६ ऐन नियम र ५१ कार्यविधि निर्देशिका निर्माण गरी संस्थागत सुशासनमा बलियो जग बसालेको छ । नगर अस्पतालमा ह्–चबथ कक्ष निर्माण भयो । उपप्रमुखको प्रत्यक्ष नेतृत्वमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गरियो । तर यस चौमासिकमा बनेपाले एउटा गहिरो पीडा पनि भोग्यो । जेनजी आन्दोलनका क्रममा नगरपालिका भवनसहित महत्वपूर्ण कागजातहरू जलेर नष्ट भए । क्षति ८ करोड ४० लाखभन्दा बढी भयो । ५८ सूचीकृत मेलमिलापकर्तासहितको न्यायिक समिति सक्रिय छ । विपद्पछि पुनः उठ्ने बनेपाको संकल्प अटल छ ।

पनौती नगरपालिका
कुल ५४६ योजनामध्ये ५०१ मा सम्झौता भई १०७ सम्पन्न भइसकेको पनौतीले यस अवधिमा पूर्वाधार निर्माणमा उल्लेखनीय गति देखायो । ५.५ किलोमिटर कंक्रिट सडक, १२ किलोमिटर ग्राभेल, १३ खानेपानी योजना, ५ किलोमिटर ढल तथा नाला, २ पुल र १५ मन्दिर निर्माण । यसै चौमासिकमा सडक, पानी र संस्कृति पनौतीको विकासका तीन स्तम्भ एकसाथ अघि बढिरहेका छन् ।

पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाले संघ राजस्व खर्च ८६.७६Ü र प्रदेश ८९.२५Ü पु¥याएको छ । सशर्त चालु अनुदानमा संघतर्फ उल्लेखनीय ९७.७६Ü खर्च भएको छ । कुल विनियोजनको ६२.२१Ü सामाजिक क्षेत्रमा लगानी भएकाले यस पालिकाको प्राथमिकता स्पष्ट पार्छ । असल अभ्यासको रूपमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम — म्एच्ए ले समावेशी विकासमा नयाँ आयाम थपेको छ । समावेशिता र सुशासनतर्फको पाँचखालको प्रतिबद्धता दृढ छ ।

नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिकाले ७७.५७Ü समग्र वित्तीय प्रगति हासिल गरेको छ । पुँजीगत ७९.०९Ü, चालु ७७.०२Ü । सम्पूर्ण वडामा सडक पहुँच, वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य चौकी पुगिसकेको छ । ३५ ऐन कार्यान्वयनमा छन् । आफ्नै दमकल सेवा उपलब्ध छ । असल अभ्यासको रूपमा जलाधार तथा मुलाधार व्यवस्थापन कार्यक्रम जिल्लाबाट छनोट भई प्रदेशस्तरमा प्रस्तुत भयो । यो नमोबुद्धको मात्र होइन, सिंगो जिल्लाको गौरव हो ।

मण्डनदेउपुर नगरपालिका
२६.८२Ü वित्तीय प्रगति रहेको मण्डनदेउपुरले यस चौमासिकसम्ममा स्वास्थ्य सेवामा अत्यन्त उल्लेखनीय काम ग¥यो । बेरुजु ०.०५Ü मात्र , लगभग शून्य । ४ हजार ६ सय ४२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच । १ हजार ५ सय २४ जनाको आँखा परीक्षण र १२७ जनाको निःशुल्क शल्यक्रिया । १८३ सुत्केरी आमालाई पोषण खर्च वितरण । १ हजार ५ सय १४ बालबालिकाको पोषण जाँच भएको छ । नेपालमै पहिलोपटक खोप कार्यक्रमका लागि न्भययिअबतष्यल अभिमुखीकरण यही मण्डनदेउपुरबाट सुरु भयो । ज्एख् खोप, पूर्ण खोप पालिका घोषणा र स्वास्थ्य बीमाको प्रथम विन्दु सेवा । यी सबैले मण्डनदेउपुरलाई स्वास्थ्य उपचारमा देशकै अग्रपंक्तिमा उभ्याएका छन् ।

रोशी गाउँपालिका
५५.०६Ü वित्तीय प्रगतिसहित रोशी गाउँपालिका यस चौमासिकमा उल्लेखनीय स्थानमा छ । २६९ मध्ये १५२ योजनाको अन्तिम भुक्तानी भइसकेको छ । ०८१ असोजको बाढीपहिरोबाट प्रभावित १ हजार ३ सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरियो । श्री डुम्बर प्राविमा अस्थायी सिकाइ केन्द्र निर्माण भयो । ४८ जनालाई उद्यमशीलता तालिम र २९ जनालाई व्यवसायिक पशुपालन तालिम दिइयो । सुत्केरी आमा पोषिलो खाना कार्यक्रमबाट १२८ जना लाभान्वित भए । बर्थिङ सेन्टरमा ४८ सुरक्षित प्रसूति । न्यायिक समितिमा ९ मध्ये ५ विवादमा मेलमिलाप सफल भएको छ ।

बेथानचोक गाउँपालिका
बेथानचोकले ६ वटै वडामा आफ्नै वडा कार्यालय भवन र सडक पहुँच पूर्ण गरिसकेको छ । न्यायिक समितिमा ३३ मध्ये ३१ उजुरी फछ्र्यौट—९४Ü दर, जिल्लामै उच्च । असल अभ्यासको रूपमा व्यावसायिक किसानलाई सहुलियत व्याजदरमा अनुदान — कृषि व्यवसायीकरणको नमुना । दमकल र फोहोर प्रशोधन केन्द्रको अभाव चुनौती छ — समाधानतर्फ प्रयास जारी रहेको पालिकाले जनाएको छ ।

तेमाल गाउँपालिका
दुर्गम भूगोलमा अवस्थित तेमाल गाउँपालिकामा स्विकृत ८८ दरबन्दीमध्ये ६८ पद रिक्त रहेको छ । यद्यपी हालसम्म ९ वटा ऐन, ४ वटा नियमावली र २१ कार्यविधि निर्माण गरिएको छ । दमकल सेवा र फोहोर प्रशोधन केन्द्रको अभाव भने चुनौतीको रुपमा कायमै छ । कर्मचारी जनशक्ति अभावको चुनौतीबीच पनि नीतिगत र कानूनी संरचना निर्माणमा तेमालको प्रयास सराहनीय छ ।

भुम्लु गाउँपालिका
३४.२०Ü वित्तीय प्रगति रहेको भुम्लुले सुशासन क्षेत्रमा ६३.१२Ü खर्च गरी संस्थागत सुदृढीकरणमा जोड दिएको छ । हालसम्म २८ ऐन र ७३ कार्यविधि निर्माण भएका छन् । पूर्ण खोपयुक्त, बालविवाह र बहुविवाहमुक्त पालिका घोषणा । कृषकलाई ट्याक्टर, च्यापकटर, बीउ र स्प्रेयर वितरण । असल अभ्यासको रूपमा — रैथाने बाली कोदो र फापरमा प्रतिपाथी २५ देखि ३० रुपैयाँ अनुदान र दुग्ध उत्पादनमा प्रतिलिटर थप १ रुपैयाँ अनुदानले स्थानीय अर्थतन्त्रलाई बल दिएको छ । दोलालघाट र भीमसेनस्थानलाई धार्मिक–पर्यटकीयस्थलका रूपमा विकास गर्ने अभियान पनि अघि बढिरहेको छ ।

चौंरीदेउराली गाउँपालिका
२८.२३Ü वित्तीय प्रगति र ीन्एब्क् स्कोर ६४.६ रहेको चौंरीदेउराली गाउँपालिकाले दुर्गम भूगोलमा पनि सेवा विस्तारमा उल्लेखनीय काम ग¥यो । सबै वडा केन्द्र जोड्ने सडक निर्माण जारी छ । Úएक घर एक धाराÚ अभियान अन्तिम चरणमा छ । १५ शय्याको अस्पताल सञ्चालन सुरु भएको छ । फाइबर इन्टरनेट विस्तार गरिएको छ । भ्ँत् र अनलाइन राजस्व सेवा । असल अभ्यासको रूपमा— विपन्न नागरिक, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमा र घुम्ती सेवा शुरू गरिएको छ ।

महाभारत गाउँपालिका
३५.५४Ü वित्तीय प्रगति रहेको महाभारत गाउँपालिकाले लगातार तेस्रो वर्ष शून्य बेरुजु कायम राख्न सफल भयो । वित्तीय अनुशासन र पारदर्शितामा यो जिल्लाकै नजिर हो । ५ किलोमिटर सडक, २० धारा, ३ ट्याङ्की र १७ सिँचाइ योजना सम्पन्न भएका छन् । म्ष्नष्तब िम्ष्कउबिथ द्ययबचम जडान गरी सूचनामा सहज पहुँच । æमहाभारत बन्दै छ बा–आमालाई सन्चै छ ? æयो केवल नारा होइन, एउटा संकल्प हो । ४१ समुदायमा २ हजार २ सय ५३ जनाको ल्ऋम् स्क्रिनिङ र उपचार गरियो । र सबैभन्दा मानवीय उपलब्धि —५ जना गर्भवती तथा सुत्केरी महिला र विपदबाट घाइते १ जनाको निःशुल्क हेलिकोप्टरमार्फत आकस्मिक उद्धार भएको छ । महाभारत गाउँपालिकाले æजसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. २० को नोट æयस कार्यक्रममार्फत कृषि प्रोत्साहनमा पनि नयाँ बाटो देखायो । उक्त असल अभ्यासले जिल्लाबाट छनौट भएर प्रदेशस्तरमा प्रस्तुतिकरणका क्रममा समेत उल्लेख्य प्रोत्साहन पाएको छ । तीन वर्ष शून्य बेरुजु र समुदायको स्वास्थ्य—महाभारतको दोहोरो उपलब्धि हो ।

खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिकामा मुख्य भवन निर्माणाधीन छ । बेरुजु रु. १५.७ करोडभन्दा बढी र आवधिक योजना जस्ता मुख्य दस्तावेजहरू बन्न बाँकीले चुनौतीहरू स्पष्ट छन् । तर ४० सेवा अनलाइनमार्फत र ७३ स्थानीय कानुन तयार भइसकेका छन् । असल अभ्यासको रूपमा æकफीमा जसको उत्पादन उसैलाई अनुदानæ कार्यक्रममार्फत प्रतिकेजी रु. ३५ सिधै किसानको हातमा जाने गरि काम भइरहेको छ । उत्पादन वृद्धि, आम्दानी सुधार र स्थानीय कफीको बजारीकरण — खानीखोलाले किसानको जीवन बदल्ने बाटो रोजेको छ । -जिल्ला समन्वय समितिको प्रतिवेदनका आधारमा तयार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *