काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १ गैरीगाउँ घिसिङटोलमा ज्वाईले सासुको हत्या गरेका छन् ।
काम नगर्ने भनेर सासुले गाली गरेको भन्दै मंसिर ३० गते आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी ५२ बर्षकी तीनमाया तामाङको हत्यामा उनकै ज्वार्इं मण्डनदेउपुर नगरपालिका वडा नं २ का २८ बर्षका सुकबहादुर तामाङ संलग्न भएको खुलेको हो ।
प्रहरीले गत आइतबार हत्यारालाई सार्वजनिक गर्दै सासुलाई मुक्का प्रहार गरेको, थाममा लगेर टाउको ठोक्काएको बयान दिएका छन् । सासुले काम नगरेको भन्दै सधैं गाली गरेको र हत्या गरेको दिन पनि गाली गरेपछि रिस सहन नसकेर मुक्का हानेको बयान दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *