काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका दुई सहकारी संस्था प्रिमियर र आयाम साकोसबीच एकीकरण भएको छ । दुबै संस्थाको एकीकरणपछिको साधारण सभा पनि सम्पन्न भएको छ ।
शनिबार बामगती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्वव सापकोटाको प्रमुख आतिथ्यतामा बनेपामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष पूर्णलाल रञ्जितले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यससँगै १३ औं बार्षिक साधारणपछि एकीकरणसँगै संयुक्त सभाका विषयहरु पनि प्रस्तुत गरेका थिए । एकीकरणपछि अब संस्थाको नाम प्रिमियर आयाम रहने भएको छ भने संस्थामा ७ हजार ५ सय ६ जना शेयर सदस्य रहनेछन् । संस्थाको शेयर पुँजी ४ करोड ३९ लाख ३९ हजार रहेको छ । जगेडा कोषमा २ करोड ७८ लाख ४५ हजार ४ सय ५८ रहेको छ भने कुल वासलात ४६ करोड ९४ लाख ११ हजार २ सय १७ रुपैयाँ रहेको छ ।
सभामा संस्थाका तर्फबाट सचिव राजन सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै ब्यवस्थापकीय प्रतिवेदन सन्तोष दाहालले प्रस्तुत गरेका थिए । संयुक्त सभामा लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक अनुप धितालले प्रस्तुत गरेका थिए भने आयाम साकोसका अध्यक्ष श्याम थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका उपाध्यक्ष सागर कपाली, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बद्री तिमल्सिना, राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रवन्धक उपेन्द्र दाहाललगायतले मन्तब्य राखेका थिए ।
सभाको बन्द सत्रले अध्यक्षमा पूर्णलाल रञ्जितलाई सर्वसम्वत चयन गरेको छ भने उपाध्यक्षमा श्याम थापा, सचिव राजन सापकोटा, कोषाध्यक्ष सुनिल चौलागाई छानिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *