काभ्रे । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार धुलिखेलमा भएको अधिवेशनको उद्घाटन फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्रमा रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिजका जिल्ला संस्थापक अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्षहरु महेश पौडेल र मोतीराम तिमल्सिना, अध्यक्ष इन्द्र थापा, सचिव सुरज श्रेष्ठ, फोनिजका पेमा लामा, जिल्ला स्थित प्रेससँग सम्वन्धित संघ संस्थाका अध्यक्षहरुले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
फोनिजले देशभरका जिल्लाहरुमा अधिवेशन गरिरहेको छ । यस्तै फोनिजले प्रदेशहरुको अधिवेशन फागुन ७ गते र चैत्र १५ देखि १७ गतेसम्म केन्द्रीय महाधिवेशनको तयारी गरेको छ । फोनिज काभ्रेमा ६३ सदस्य आवद्ध छन् । कार्यक्रमकै सन्दर्भमा करिब ३ दशकदेखि पत्रकारितामा संलग्न पत्रकार एवं फोनिज काभ्रेका सदस्य मानकाजी सुवाललाई नगद ५ हजार ५५५ सहित सम्मान गरिएको थियो । यस अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *