जगन्नाथ गिरी
काभ्रे । मण्डनदेउपुर नगरपालिकाको सभाकक्षमा नगर प्रमुख टोकबहादुर वाइबाको सभापतित्वमा एक सम्मान तथा निःशुल्क रगततत्व बारेमा संस्थागत भेटघाट तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान एवं विचार विमर्श कार्यक्रम सम्पन्न भयो ।
सोही अवसरमा नगरप्रमुख टोकबहादुर वाइबाबाट प्राकृतिक विपत्तिले प्रभावित मण्डनदेउपुर वडा नं १०, ११ र १२ मा भएको मानवीयक्षति, विकास निर्माण कार्यमा नेरेसो काभ्रेपलान्चोक शाखासँग आपसमा सहयोग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो ।
रेडक्रसका जानकार एवं पालिकाका उपप्रमुख विष्णुमणी नेपालद्वारा स्वागत मन्तव्य राख्दै आम नगरवासीलाई विपद्को समयमा साथ सहयोग र हातेमालो गर्ने संस्था मध्ये अग्रपक्तिमा रहेका नेरेसो एक पवित्र संस्था हो भन्नुभयो ।
नेरेसो काभ्रेपलाञ्चोक शाखाका सभापति देवेन्द्रप्रसाद भैलद्वारा शाखाको अपूरा काम पुरागर्दै जाने विपद्मा शाखाले पु¥याएको सहयोग बारेमा प्रष्ट पार्दै नेरेसो काभ्रे शाखाका पदाधिकारीहरुलाई आमन्त्रण गरी सम्मान गर्नु भएकोमा धन्यबाद समेत दिनुभएको थियो ।
सम्मानित मध्ये डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख उपसचिव कृष्णबहादुर थापाले वन वातावरण, जीवनको महत्वबारेमा आफ्नो धारणा राख्दै वन्यजन्तु हाम्रा अमुल्य निधी हुन्, मानव जिवनलाई यिनको अस्तित्व अपरिहार्य छ । त्यसैले यिनीहरुलाई जोगाइ राख्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको थियो ।
कार्यक्रम सञ्चालन नगरका प्रबक्ता तथा ३ नं. वडाका वडा अध्यक्ष पुरुषोत्तम बजगाईले गर्नुभएको थियो । कोषाध्यक्ष प्रेमकुमार तामाङ, सह–कोषाध्यक्ष विनोद कोइराला, उपमन्त्री तथा मध्यमार्ग साप्ताहिक सम्पादक प्रदिप के.सी. बन्जारा, सदस्यहरु जगनाथ गिरि, रामकुमार श्रेष्ठ, माधबप्रसाद नेपाल, कृपेन्द्र श्रेष्ठ, दामोदर श्रेष्ठ, उपदेश भुजेल, सजिना श्रेष्ठ, भवानी के.सी., निर्वतमान मन्त्री उद्धवप्रसाद पौड्याल, महादेवस्थान उपशाखाका सभापति रामकुमार सापकोटा, सोही उपशाखाको निवर्तमान सभापति देवीप्रसाद नेपाल समेतको उपस्थिति रहेको थियो ।
