कानपुर । नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा रहेको प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रमविच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक कृष्णहरी शर्माले त्यहाँ निर्मित कार्यालय, ब्यारेक, शौचालय, ब्यारेकसहितका संरचना उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भौतिक पूर्वाधार शाखा प्रमुख रहेका प्रहरी नायब उपरिक्षक ई. शम्भुप्रसाद कोइरीका अनुसार, नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ७१ लाख ०९ हजार ५ सय ३१ रुपैयाँको लागतमा बनेको भवनमा डाइनिङ कक्षसहितको भान्छाघर, कार्यालय, पुरुष र महिला प्रहरीको लागि अलग अलग ब्यारेक, सञ्चार कक्ष, स्नान कक्षसहितको शौचालय, पुरुष र महिलाको लागि अलग अलग हिरासत कक्ष, गार्ड रुमसहितका संरचना निर्माण गरिएका छन् ।
