बनेपा । नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले स्वर्गीय उर्मिला सापकोटाको स्मृतिमा प्रदान गरिने स्व. उर्मिला स्मृति डाँडापारी पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
हरेक वर्ष फाल्गुण १५ गते प्रदान गरिने उक्त पुरस्कारका लागि काभ्रेपलाञ्चोकको डाँडापारी क्षेत्रमा तयार पारिएका श्रव्य, दृश्य, छापा तथा अनलाइनमा प्रकाशित वा प्रसारित समाचारहरू पेश गर्न सकिने जनाइएको छ । समाचार सामग्रीहरू २०८० फाल्गुण १५ गतेदेखि २०८१ फाल्गुण ३ गतेसम्म प्रकाशित वा प्रसारित भएका हुनुपर्नेछ ।
इच्छुक सञ्चारकर्मीहरूले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाको इमेल ठेगाना उगपबखचभ२नmबष्।िअयm मा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् । सूचना प्रथम पटक फाल्गुन ४ गते आइतबार प्रकाशित भएको हो ।
