महाभारत । जिल्लाको महाभारत गाउँपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम महाभारत उपाध्यक्ष कपको उपाधी जनकल्याण माविले जितेको छ ।
प्रतियोगितामा महाभारत गाउँपालिकाभित्रका १७ वटा आधारभूत तहका विद्यालयबाट १ हजार विद्यार्थी सहभागी थिए । ७ स्वर्णसहित जनकल्याण माध्यमिक विद्यालय प्रथम, ५ स्वर्णसहित ग्रामोन्ति मावि दोस्रो र २ स्वर्णसहित गोकुले मावि तेस्रो भएका छन् ।
प्रतियोगितामा विजेता विद्यार्थीलाई प्रमुख अतिथी पालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष सागर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाले प्रथम विद्यालयलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार तथा सानत्वनालाई ५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।
भैरव माविको व्यवस्थापनमा आयोजित प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, दौड, रिले दौड, तातो आलु लगायतका विभिन्न विधामा प्रतिस्पर्धा भएका थिए । खेल क्षेत्रलाई विकास र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्नका लागि पाालिकाले खेलकुदलाई महत्व दिएर काम गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
पालिकामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि उपाध्यक्ष कार्यक्रम अन्तर्गत ४ लाख बजेटबाट खेलकुद प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष सागर मोक्तान भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *