विश्व उलक

धौःख्य
प्राकृतिक सौंन्दर्य सहितका होचा–होचा शिखरहरुको बिच–बिचमा हरिया घाँस तथा बनस्पतीहरुले भरिएको थुम्काहरु शिखरापुरले पनि चिनिन्थ्यो । मानव बस्तिको लागी उत्तम स्थान भएर नै होला, यस स्थानमा लिच्छवीकाल वा सो भन्दा अगाडी नै केही बस्ति बसेको भनाइ रहेकोछ । यहाँका बासिन्दाहरु लिच्छवी राजा मानदेव प्रथमको पालादेखी बस्ति रहेको बताउदछन् । लिखित इतिहास नभए पनि पाँचखालको उर्वरभूमी र राजा मानदेवको पालामा पलाञ्चोक भगवतीको मूर्ति पाँचौ शताब्दीमा बत्रुले धुलिखेलमा बस्ति रहेको भनाइलाई पुष्टि गर्दछ । यस्तै यहाँ पाइने ढुंङ्गे धारा, इनार, कुवा, जलद्रोण, जँरु तथा पोखरीका अवशेषहरुले बस्ति लिच्छवी काल वा सो भन्दा पुरानै हो कि भत्रे झल्काउछ ।
पटक पटकको भूकम्प पश्चता भक्तपुर र यसराज्य भित्र पर्ने रोसी उपत्यकाका बस्तीहरु साङ्ग, नालाङ्ग, भुजङ्ग, पाञ्चाल, कुर्पासी, जाकिडोल, इंटे आदी बस्तीहरु नराम्रोसङ्ग क्षती भएको र उक्तक्षेत्रमा उदुस आतंङ्क पैmलिएर मानव वस्ति बस्न गाह्रोभयो । भूकम्प र उदुस आतंङ्कबाट प्रभावित बासिन्दाहरुलाई स्थानान्तर गर्ने क्रममा तत्कालिन भक्तपुरका मल्ल राजा आनन्द देवको पालामा बि.सं. ११५३ बाट नेपाल मण्डलमा जस्तै रोसी उपत्यकामा वस्तिहरु सार्न तथा बिस्तार गर्न ७ गाउँ बनाउने क्रममा शिखरपुरमा पनि बस्ति बिस्तार गराएका थिए । त्यो बस्तिमा काठमाडौं उपत्यकका नेवारहरु बसाई सराइमा आएका कारण स्थानको नाम नेवारीकरण भएर जानुले चित्रण गर्दछ । यस स्थानमा बस्ति बस्नु अगाडी जंङ्गलमा बाघ बस्ने हुनाले बाघको बासस्थानको नाम नेवारी भाषामा धँुःख्य? बस्तिमा राम्रो बस्तुपालन भएको राम्रो दुध उत्पादन हुने र पाँचखाल, बालुवा आदी स्थान आउने, जाने यात्रीहरुलाई खानाको लागी प्रसस्त दहि बनाउने÷पाउने हुनाले नेवारी भाषामा धौःख्य?, पाँचखाल, बालुवा आदी मैदान संग टाँसिएको शिखरहरुमा उत्तरी कडा हावाले वस्तिमा धुलो उदाउने भएको हँुदा नेवारी भाषामा धुःख्य? यिनै नेवारी शब्दको नामाकरण परिमार्जित हुँदै धुलिखेल हुनगयो । धौःख्य दे, हालको नेपाली विद्वानहरुले परिकल्पना गरिएको प्रबुद्घ नगर ९कmबचत अष्तथ० को तुलनामा तत्कालिन समयमा आध्यात्मिक बिधि अनुसार चेप्टो चक्राकारको भूगोलमा बस्ति भित्र बाहिर गर्न छ वटा द्वार सहितको बस्ति एक आदर्श नगर थियो भत्रे प्रमाण ९०० बर्षको निरन्तरता र बिकासको प्रमाण हो । बस्ति सुरक्षार्थ तान्त्रिक बिधीद्वारा स्थापित अष्ठमातृका तथा प्रवेशद्वारमा स्थापना गरिएका गणेशका मूर्तिहरुले शहर कति साँस्कृतीमय तथा बासिन्दाहरुको ब्यस्त जिवनबाट इमान्दार समाज बनाउन गरेको प्रयास उत्तम कार्य थिए । मानव स्वास्थ्यलाई चाहिने प्रमुख आवश्यक राम्रो पानीको लागी पोखरी, धारा, कुवा, इनारको राम्रो व्यवस्थापन गरेका थिए । शहरका बासिन्दाहरुको असल स्वास्थ्य तथा समुदायमा साँस्कृती र सभ्यताको बिकाश गर्न मेला पर्वमा नुहाउन तथा स्नान गर्न विभित्र स्थानहरुमा ९ धारा, ९ इनार, ९ कुवा र साथमा धारामा पानीको निरन्तरताको लागी ९ वटा पोखरी बनाएका थिए । ती संरचनाहरु मध्ये धेरै लोप अर्थात क्षती भएर गएपनि अभैm केहि कतै देख्न सकिन्छ । रोसी उपत्यकामा बनाइएको सात गाउँहरुमा बिभित्र देव देवीहको मठ मन्दिरहरु मध्ये हरेक बस्तिहरुमा एक एक मन्दिरहरुलाई प्राथमिकता दिइएको पाइन्छ । जस्तै साँङ्गामा नासिका गणेश, नालामा उग्रचण्डी भगवती, बनेपामा चण्डेश्वरी, धुलिखेलमा शेषनारायण, श्रीखण्डपुरमा स्वेत भैरव, चौकोटमा श्वेत गणेश? र पनौतीमा इन्द्रेश्वर? प्राथमिकतामा रहेको देखिन्छ । यस्ले के देखाउछ भने लिच्छवी, मल्लकालमा साँस्कृतिक सम्पदाहरुले भरेको काठमाडौं उपत्यकालाई हाल आएर साँस्कृतिक बिदहरुले “नेपाल मण्डल” को नाम दिएकाछन भने काठमाडौं उपत्यका भन्दा ३००० वर्ष भन्दा पुरानो सभ्यता बोकेको रोसी उपत्यका भित्र १२औं शताब्दीमा बिस्तृत गरिएका सात गाउँहरु तथा अन्य बस्तिहरुमा रहेका तथा बिकास गरिएका साँस्कृतिक सम्पदा र सँस्कारको साथमा उपत्यका भित्र बहने लिलावती (लक्ष्मी – रोसी), नन्दी मती (भगवती), पुण्यमती (पार्वती), चण्डेश्वरी, धनेश्वरी (लोप भैसकेको छ), शंखेश्वरी, लडकेश्वरी आदी देवीहरु नामले बहने नदीहरुको आधारमा धुलिखेलका इतिहासविद मनिष योगोलले नामाकरण गर्नु भएको “पुण्य मण्डल” अति उपयुक्त हुन्छ ।


वि.सं. १८२० कार्तिक १० गतेका दिन पृथ्वीनारायण शाहको फौजसंग पराजित धुलिखेलमा ५० घरधुरी मात्र बाँकी रहेको थियो । बि.सं. २०२२ तिर ५३३० फिटको उचाइमा रहेको धुलिखेल शहरमा जिल्ला सदरमुकामको रुपमा कार्यरत भएपछि यस्ले लिएको बिकास अग्रताले बि.सं. २०७८ को जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३३,७२६ र घरधुरी ८,५७० पुगेको छ । नेपालको राजधानी काठमाडौंबाट ३० किलोमटर पूर्वमा रहेको धुलिखेल नगरपालिकाको प्राय अधिकांश भूभाग शिखर तथा ढिस्को शैलीका थुम्काहरुका साथ मैदानहरु पनि रहेका छन् । पानपाते आकारमा बसेको धुलिखेल नगरपालिकाको शिखर र थुम्काहरुबाट देखिने हिउँले ढाकिएका सेता पर्वतमालाले यसलाई अझ शोभाएमान बनाएको छ । हिमाली चुचुरा र सुर्योदयको बिहङ्गम दृष्यले पर्यटकहरु आएर रात बिताउने बिहङ्गम दृष्यको रसस्वादनको लागी बिहानको ३ बजे देखी नै होटलका झ््याल, बरण्डा तथा कौशीहरुमा जम्मा हुने गर्दछन् ।
शिखलेश्वरी
धुलिखेलमा धेरै देव देवीहरुको देवालय, मठ मन्दिरहरु भएपनि शहरको उच्चभाग शिखरमा रहेको शिखलेश्वरीको जानकारी दिने कोशिस गरेको छु ः
हिन्दु पुराणहरुका अनुसार स्वर्गका राजा देवराज इन्द्र संङ्कट योगमा जन्मेका थिए । यहि योगका कारण देवराज इन्द्रले सुख–समृद्घिका साथ दुःखकष्ट पनि भोग्नु परेको थियो । उनको सुखलाई देखेर वृत्तासुर हिरण्यकश्यप, राजा वली, रावण, महिषासुर, तारकासुर, मधुकैतभ लगायत असुरहरु शक्ति सम्पत्र भएपछि आफ्नो शक्ति देवराजमाथि प्रयोग गर्दथे । देवराज इन्द्रले सधैको पराजयबाट मुक्तहुन एक हजार बर्ष सम्मको तपस्याबाट प्रसत्र भएका महादेवले तन्त्रमन्त्रद्वारा सृष्टि गर्नु भएको श्रीयन्त्रलाई ईष्टदेवीको रुपमा पुजा गरेर राख्नुभनि दिए । भगवान शंकरको कृपा र श्रीयन्त्र प्राप्तिका कारण देवराज इन्द्र शक्तिसम्पत्र भए र इन्द्रलोकमा निर्धक्क राजगरि बसे ।
लंङ्काधिपती महाराज रावण र महारानी मन्दोदरीका जेष्ठपुत्र युवराज मेघनाथले आफ्ना गुरु शुक्राचार्यबाट धेर्र अस्त्र–शस्त्र प्राप्तगरी महापराक्रमी बनेका थिए । मेघनाथले स्वर्गलोकको विजयपछि देवराज इन्द्रले पुजागर्दै आएको कुलदेवी श्रीयन्त्र खोसेर लङ्का ल्याएका थिए । स्वर्गका राजा इन्द्रलाई परास्त गरेपछि मेघनाथको नाम इन्द्रजित रहन गयो । इन्द्रजितले स्वर्गबाट ल्याएको श्रीयन्त्रलाई तन्त्रबिद्यामा निपुण रावणले तुलजा भवानी भनि कुल देवतको रुपमा तान्त्रिक बिधिबाट वलिदिई पुजागर्थे । तुलजा भवानी पनि शक्तिका श्रोत थिइन । उनै तुलजा भवानीकै कारण रावण त्रिलोक विजेता बने थिए । रामचन्द्रले लङ्का युद्घमा विजय हासिल गर्दा, मेघनाथले स्वर्गका राजा इन्द्रबाट ल्याएका श्रीयन्त्रलाई रावणले कुलदेवताको रुपमा पुजिएको तुलजा भवानीको महत्वबारे थाहा पाएका थिए । लङ्काको युद्घ पश्चात रामचन्द्रले तुलजा भवानीलाई अयोध्या ल्याएका थिए । रामचन्द्र स्वर्गारोहन हुने बेलामा उक्त श्रीयन्त्रलाई सरयु नदीमा बहाए ।
११औं शताब्दीमा सुर्यवंशिय नान्यदेव दक्षिण भारत कर्णाटकमा चालुक्य शासकको सेनापती थिए । चालुक्यहरुले उत्तर भारततर्पm विजय अभियान चलाउदा इन्द्रप्रस्थ (दिल्ली) का मुसलमानकोमा नोकरी बस्न पुगेका थिए । युवा नान्यदेव आफ्ना संम्पूर्ण परिवारको मृत्यु पश्चात विरक्त भई यत्रतत्र घुम्ने क्रममा एकदिन सरयू नदीको किनारामा बासबस्न पुगे । त्यसरात सपनामा देखेअनुसार सरयू नदीमा भमराले छोपेर राखेको तामाको पेटारो फेलापारे । तामाको पेटारोभित्र सुनको बट्टामा पुजा गरिराखेको किताबसहित श्रीयन्त्र प्राप्त भयो । सपनामा भनेअनुसार तुलजा भवानी (श्रीयन्त्र) लाई विधि विधान पुजाअर्चना गरि जनकपुर नजिक जंङ्गलमा गए । उनले त्यहाँ सपना देखे अनुसार ७ इनारमा गाडधन र नागमणी प्राप्तगरी सिम्रौनगढ नामको राज्य खडागरि राजा बनि बसे । सिम्रौनगढ राज्यलाई तिरहुत तथा डोय राज्यको नामले समेत चिनिन्थ्यो ।
बि.सं. १३८१ मा बंङ्गालका शासक गयासुद्दिन तुलकका फौजबाट सत्ताच्यूत गरिएका राजा हरिसिंह देव आफ्नो ससुरालीका जेठान भक्तपुरका राजा रुद्रदेवको शरणका लागी भागेका थिए । नेपालका इतिहासकारहरुले उनको फौज सिंधुलीको हरिहरपुर गढी भएर भक्तपुर तर्पm लागेको हुनसक्ने बताएका छन् ।
तर रोशी उपत्यकाको शहरहरु खास गरेर पनौती, खड्पु र धुलिखेलको किंवदन्ती र बस्तुगत तथ्य तथा औचित्यको आधारमा हरिसिंह देव र तुलजा भवानी बोकेका रानी देवल देवी र आफ्ना दलबल सहित भाग्ने क्रममा एकैदिनमा सिम्रौनगढबाट पनौतीको दुमांङ्गल पुगेका थिए । त्यसो भएर होला पनौतीको दाफा भजनमा “सिमाङ्ग नं दुमाङ्ग छनुंं” को पनि भजन रहेको छ । पनौती पुगेपछि काठमाडौं उपत्यकामा मुसलमानहरुको रगरग चकचक भइरहेको थाहा पाएपछि, ससुराली भक्तपुर जाने आँट गरेनन् । पनौती भएर आएकोमा दुई औचित्यता देखिन्छ,
क) पनौतीको इन्द्रेश्वर मन्दिर महासामन्त जयराम बर्धनेको पालामा बि.सं. १३८३ बन्यो अर्थात सिम्रौनगढ भागेको दुई वर्षमै मन्दिर बन्नु र
ख) सिम्रौन गढ सिन्धुली बागमती पूर्व पर्दछ साथमा भक्तपुर जान पनौतीको बाटो छोटो पर्दछ । ससुरली जान नसकेका, देवी उपाषक राजा, तुलजा भवानी बोकेका रानी देवल देवी सहित आफ्नो फौज सहित पनौतीबाट चौकोट, खड्पु हुदै धुलिखेल तर्पm लागे ।
यात्राको क्रममा तुलजा भवानी बालिककाको रुपमा रानी संगै हिँड्दै थिए । खड्पु र धुलिखेल बिचको ताखुसी (ताखोला) को किनारमा बस्दा खोलाको वारीपारी खेतमा काम गरिरहेका खड्पुले तथा धुलिखेली किसानहरुले तेजोमय बालिका देखे । दुवैतर्फका किसानहरु देवीलाई पुजा गरि आ–आफ्नो स्थानतर्पm लानचाहे । खड्पुका किसानहरु आफ्नो समुदायमा खवर गरी पुजा सामान सहित ताखुसी तर्पmलागे । यसैगरि धुलिखेलका किसानहरु आफ्नो समुदायमा खवरगरी पुजा सामान सहित ताखुसी तर्पmलागे । केहिबेरको बिश्रामबाट हरिसिंह देवको फौज धुलिखेल तर्पm लाग्यो । यसै बिचमा तुलजा भवानी सहित हरिसिंह देवका फौज लाई धुलिखेलको उकालोमा धुलिखेलीहरुले पुजा गर्दैगरेको खड्पुलेहरुले भेट्टाए । धुलिखेलीहरुको पुजा सकिएपछि खड्पुलेहरुले पुजा गरे । पुजा सकिएपछि भवानीलाई खड्पुलेहरुले खड्पु जान आग्रह गरे । धुलिखेलेहरुले धुलिखेल जान आग्रह गरे । धुलिखेले र खड्पुलेहरुको बिचमा झगडा भयो । दुईपक्षको बिचमा झगडा हुँदा बालिकामा शारिरीक चोट पुग्यो (श्रोतः धुलिखेलको प्राचिन मूर्त सम्पदा तथा अभिलेख; मनिष योगल श्रेष्ठ) । बालिकाले आफ्नो भवानीको रुप दर्शण दिइन् र आफु रानी देवल देवीले बोकेर ल्याएको र उनिसंग नै जाने भनि श्रीयन्त्रमा परिणत भइन । दुवै पक्ष धन्यदेवी भन्दै आराधना गरी आ–आफ्नो शहर तर्पmलागे । त्यसपछि तुलजा सहित हरिसिंह देवको फौज धुलिखेलको शिखर (अग्लो स्थानमा) मा बास बसि भोलीपल्ट पलाञ्चोकको लागी रमाना भए । बास बसेको स्थानमा धुलिखेलीहरुले तुलजा भवानीको नाममा ढुंङ्गाको शिला स्थापना गरि भगवतीको नाममा नियमित पुजा अर्चना गर्न थाले । उक्त शिलालाई बचाउन मन्दिर कहिले बन्यो भन्ने स्पष्टता छैन । हुनसक्छ पनौतीका मुख्तियार जयराम बर्धने वा पलाञ्चोकका राजा शक्तिसिंहको पालामा १४ औं शताब्दी तिर मन्दिर बन्यो ? हुन त उग्रचण्डी नाला भगवतीको मन्दिर जगत ज्योती मल्लले ने. सं. ७४१ मा बनाएका थिए भने उनका नाती जगत प्रकास मल्लले ने. सं. ७६७ मा मन्दिर परिषरलाई आकर्षक बनाएका थिए । काठमाडौंमा महेन्द्र मल्लको पालामा नै तलेजुको मन्दिर बनिसकेको थियो । काठमाडौंको तलेजु मन्दिरको देखासिकी हो कि तुलजा भवानीको महत्व बुझेर धुलिखेलको शिखर जहाँ तुलजा भवानी वास बसेको स्थानमा हालको मन्दिर जगत प्रकाश मल्लले बनाए ? भक्तपुरका राजा नरेन्द्र देवले बसालेको पुण्य मण्डल, सात गाउँ मध्ये तात्कालिन मानविय जिविकोपार्जनका श्रोत तथा साधनमा धुलिखेल कमजोर रहेपनि शिखलेश्वरीको अनुकम्पाले सम्पत्रतामा सातगाउँ मध्ये अग्रणी रहेको पाइन्छ । जगत प्रकाश मल्लका छोरा जितामित्रले भगवतीलाई बैशाख पूर्णिमाको दिन कालो बोका चढाउनु र जितामित्रको छोरा भूपतेन्द्र मल्लको पालामा भक्तपुर बाट नियमित पुजाको भाग पठाउनुले मन्दिर धेरै अगाडी बनेको स्पष्टहुन्छ । दशैमा काठमाडौं हनुमान ढोकाबाट बर्षेनी खडग र फुलपाती पठाउनाले पनि शिखलेश्वरी, तुलजा भवानी नै हुन भनि प्रष्ट्याउँछ ।
शिखलेश्वरीको दैनिकी तथा नियमित पुजाको लागी मल्लकाल देखी नै गुठी तथा कर्माचार्य थरका पुजारीको बन्दोबस्त गरिएको छ । दशमीमा शिखलेश्वरी जात्राको लागी बनाइएको मूर्तिलाई खाछें चोकमा रहेको द्योःछें बाट निकालेर मन्दिर प्राङ्गणमा लगेर जात्राको सुरुवात गरिन्छ । तुलजा भवानीको मूर्ति सहितको रथलाई नौ दिन सम्म पालै पालो टोल टोलमा परिक्रमा गराइन्छ । घर घरबाट आ–आफ्नो क्षमता अनुसार श्रद्घापूर्वक पुजा गर्दछन् । यसरी देवीलाई टोलहरुमा परिक्रमा गराउँदा सम्बन्धित टोलवासीहरु घर घरबाट ऐतिहासिक समयका ठूला हतियारहरु तरवार, खडग, खुँडा सहित रथको पछि लागेर जात्रालाई उल्लासमय बनाउछन् ।
तुलजा भवानी
पलाञ्चोक माईको दर्शण पश्चात हरिसिंह देव, तुलजा भवानी बोकेका रानी देवल देवी र सिम्रौनगढका फौज त्रिपुरा सुन्दरीको दर्शणार्थ दोलखा तर्पmलागे । दोलखामा केही समय बसेपछि हावापानीले हो वा अन्य कारणले तराई तर्पm लागे । ओर्लने क्रममा जङ्गलको बिचमा एउटा राम्रो थली भेट्टाए । मन्त्री चण्डेश्वरको सल्लाहमा त्यहि स्थानमा सानो किल्ला बनाई बसे । सिम्रौनगढका विद्वानहरु, साधुहरु, कलाकारहरु, कालिगढहरु आदी हरिसिंह देव नजिक बस्न आएको थाहा पाएपछि बिस्तारै उक्त थलीमा आउन थाले । सबैक्षेत्रका मानिसको आगमनबाट उक्त थलीमा राम्रो बस्ति सहित किल्ला बन्यो । किल्ला, हरिहरपुर गढीको नामले राज्यको रुपलिने अवस्थामा पुग्यो । करिव एकबर्ष नपुग्दै पाल्पाली राजा मुकुन्द सेनको फौजी हमलाबाट हरिसिंह देवको फौज हरिहरपुर गढीबाट लखेटिए । भाग्ने क्रममा हरिसिंह देवले हाल सिंधुली जिल्लाको टिपाट (तिनपाटन) भत्रे स्थानमा मृत्युवरण गरे । पनौती देखी दोलखा सम्मको यात्रा गरिसकेका फौजले हरिसिंह देवको मृत्यु पश्चात, मन्त्री चण्डेश्वरको सल्लाहमा रानी देवल देवी तथा राजकुमार जगतसिंहको नेतृत्वमा दोलखा आक्रमण गरि आफ्नो कब्जामा लिए । दोलखा माथीको बिजय पश्चात रानी देवल देवी, छोरा जगतसिंह र केही भारदारहरु सहित सिम्रौनगढबाट साथमा ल्याएको तुलजा भवानी सहित भक्तपुरका राजा रुद्र मल्लकहाँ शरण लिन पुगे । शरण पाएपछि रानी देवल देवीले आफुले ल्याएको कलश र श्रीयन्त्र (तुलजा भवानी) दाजु राजा रुद्र मल्ललाई उपहारस्वरुप हस्तान्तरण गरिन । अर्को तर्पm जगतसिंहको फौजले दोलखा राज्यको बिस्तार पनौती, बनेपा सम्म पु¥्याइ पलाञ्चोकमा राजधानी बनाएका थिए ।
सँस्कृतीका पुजारी इश्वर प्रती भक्तिभाव राख्ने तथा तुलजा भवानीको महत्व बुझेका धार्मिक राजा रुद्र देवले भवानीलाई दरवार क्षेत्र भित्र नै स्थान बनाई बिराजमान गराए । यस्तै काठमाडौं उपत्यका भित्रका सवै राज्यहरु तथा आसपासका राज्यहरु पनौती र दोलखामा पनि दरवार क्षेत्रभित्र तुलजा भवानीको लागी मन्दिरहरु बनाए । सबै देशका राजाहरु देशमा शौभाग्य प्राप्तीको लागी तुलजा भवानीका सेवामा लागी परेको इतिहास रहेको छ । संयोग भनौ वा बुझेर काठमाडौंका राजा महेन्द्र मल्लले तलेजु मन्दिरको ठूलो र अग्लो गरी बनाएका छन् । तुलजा भवानी शौभाग्यका खानीहुन भत्रे थाहापाएर काठमाडौं उपत्यकाका राजाहरुले तुलजा भवानीको भक्तभावमा प्रतिस्पर्धा नै गरको देखिन्छ । जसमध्ये काठमाडौंका राजाले त पासा खेल्ने गरेका र देश सम्पत्रतामा अग्रणी भएको तथा कुदृष्टि लगाएपछि अन्तध्र्यान भएका र देश विनास तर्पm गएको इतिहास छ । राजाले प्रायश्चित गरि माफि पाएपछि कुमारीको रुपमा दर्शण दिनुभएको र तत् पश्चात दैनिक, नियमित रुपमा बिभित्र शहरहरुमा कुमारीको पुजा, मेलापर्व हुदै आएको छ ।
तुलजा भवानीको कृपाबाट धुलिखेलेहरुलाई सौभाग्यको आशिर्वादबाट इमान्दार ब्यापार व्यावसायमा निपुणता प्राप्त भएर होला उनिहरु जिल्ला तथा देशका बिभित्र क्षेत्र साथमा भारतका केहि भागमा समेत पैmलिएर गए । साथमा शिखलेश्वरीको आसपास हावापनीले हो वा भू–धरातलले बाक्लो बस्ती र तत्कालिन राम्रा ठूला–ठूला घरहरु बनेका छन् । परिवर्तित समयले परिवार संख्यामा कमि तथा सुविधाको खोजीमा ती आवासहरुको पूर्ण प्रयोजनमा आउन सकेको छैन । पछिल्लो समयमा धुलिखेलले सफलता हासिल गरेको व्यावसायहरु मध्ये पर्यटन उत्कृष्ट रहेको छ । पर्यटकका लागी संस्कृति र सम्पदा एक अभित्र अंङ्ग बन्दै आएकोमा स्थानिय सरकारले निजी क्षेत्रका श्रोतहरुलाई समेत समेटेर तुलजा भवानी क्षेत्रबाट सार्वजनिक निजी साझेदारीमा पर्यटन व्यवसायको अवधारण ल्याउन सके समयको माग सम्बोधन हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *