विश्व उलक, खोपासी
पनौती–१०, काभ्रेपलाञ्चोक
रोसी उपत्यका भित्र रहेको ऐतिहासिक कुर्पासी (खोपासी) को सानो परिधी भित्र धेरै ऐतिहासिक हिन्दु तथा बौद्घ सम्पदाहरु मध्ये दाङ्गघाटमा रहेको दक्षिणमुखी दाङ्गघाटेश्वर शिवलिङ्ग (दक्षिणतर्पm फर्किएको) छ । स्थानियहरु दक्षिणमुखी शिवलिङ्ग नेपालभरमा यहि एउटा मात्र रहेको दावी गर्नछन् ।
दक्षिणमुखी महादेव – त्रि–नेत्र मुहार, हिन्दू धर्मशास्त्रमा अत्यन्त पवित्र र शक्तिशाली मानिन्छन् । यस्ता शिवलिङ्गहरू सामान्य शिवलिङ्गभन्दा भिन्न मानिन्छन् र विशेष पूजा, तान्त्रिक साधना, तथा पितृकार्यका लागि उपयुक्त ठानिन्छ । दक्षिण दिशा पितृहरूको दिशा हो, र दक्षिणतर्फ फर्किएको शिवलिङ्गले पितृहरूप्रति विशेष कृपा दर्शाउँछ । यस्तो शिवलिङ्ग सामु तर्पण, पिण्डदान, श्राद्ध आदि गर्दा पितृहरूले मोक्ष पाउँछन् भन्ने विश्वास छ । यस्तो शिवलिङ्गको दर्शन र पूजा गर्दा जन्म–जन्मान्तरको पापहरू नाश हुने, बन्धनहरू छुट्ने र मोक्ष प्राप्त हुने शास्त्रीय मान्यता छ । खासगरी तान्त्रिक पूजा र योगमार्गमा दक्षिणमुखी शिवलिङ्गको विशेष स्थान हुन्छ । दक्षिणमुखी शिवलिङ्गमा शिवको रुद्र (उग्र) रूप समावेश भएको मानिन्छ । यस्तो शिवलिङ्गको पूजा गर्दा नकारात्मक शक्ति, तामसिक प्रभाव, भय, भूत–प्रेतको त्रास आदि हट्ने विश्वास गरिन्छ । तान्त्रिक साधकहरूका लागि दक्षिणमुखी शिवलिङ्ग एकदमै उपयुक्त मानिन्छ । गुप्त मन्त्र, तन्त्रसाधना तथा तन्त्रयोगजस्ता अभ्यासमा यसको प्रयोग विशेष प्रभावकारी हुन्छ । शिवलाई ‘मृत्युंजय’ (मृत्युमाथि विजय दिने) भनिन्छ । दक्षिणमुखी शिवलिङ्ग यस्तो प्रभाव प्रदान गर्ने माध्यम हो । विशेष गरी अकाल मृत्युको भय भएकाहरूका लागि यसको दर्शन र पूजा लाभदायी मानिन्छ । दक्षिणमुखी शिवलिङ्गको पूजा गर्दा खराब सपना, अनिद्रा, मानसिक अशान्ति, र बाधाहरू हट्ने विश्वास गरिन्छ । दक्षिणमुखी शिवलिङ्गको पूजा सावधानीपूर्वक गर्नु पर्छ । यस्तो शिवलिङ्गको पूजा गर्ने नियमहरू केही कडा र विधिसम्मत हुन्छन् । बिना जानकार पुजारी वा बिना मन्त्र विधिसम्मत पूजा गर्दा उल्टो असर हुन सक्ने विश्वास पनि पाइन्छ । त्यसैले दक्ष ब्राह्मण वा तान्त्रिक मार्गका जानकारको सल्लाह अनुसार पूजा गर्नु उचित हुन्छ ।
कैलाश पर्वत – चार मुखको बारेमा छलफल गरेर हाम्रो कुराकानी सुरु गरौ ं। यो प्राकृतिक पर्वतका चार मुखहरू छन् । यसबाहेक, यो पनि विश्वास गरिन्छ कि यस तथ्यको कारणले गर्दा यो पर्वतको संसारका चार प्रमुख धर्महरूसँग गहिरो सम्बन्ध छ । कैलाश पर्वतका चारवटा मुखहरू चारवटा दिशातर्फ फर्किएका छन् र तिनीहरूले फरक–फरक आध्यात्मिक गुणहरूलाई प्रतीकात्मक रूपमा जनाउँछन् । पूर्वी मुख (स्फटिक) ले पवित्रता र प्रबोधनको संकेत गर्छ । पश्चिमी मुख (रूबी) ले शक्ति र रूपान्तरणको प्रतीक हो । दक्षिणी मुख (नीलम) ले करुणा र शान्ति दर्शाउँछ । उत्तरी मुख (सुन) ले समृद्धि र आध्यात्मिक सम्पन्नता जनाउँछ । कैलाश पर्वत, हिमालय क्षेत्रको एक प्रतिष्ठित शिखर हो, जसलाई हिन्दू, बौद्ध, जैन, र बोन धर्म मान्नेहरूले पवित्र मान्छन् । हिन्दूहरूका लागि यो भगवान् शिव पार्वतीको दिव्य निवास हो; बौद्धहरू यसलाई प्रबोधनको प्रतीक देवता देम्चोकको वासस्थानको रूपमा हेर्छन् । जैन धर्म अनुसार, यही पर्वतमा प्रथम तीर्थंकर ऋषभनाथले मोक्ष प्राप्त गरेका थिए । बोन धर्मले यसलाई संसारको आध्यात्मिक केन्द्र मान्दछ । यी सबै धर्मका भक्तहरूले यस पर्वतको धार्मिक परिक्रमा गर्ने गर्दछन्, जसले आध्यात्मिक फल मिल्ने विश्वास गरिन्छ । यसको पवित्रता प्रतिको गहिरो सम्मानका कारण यो शिखरमा चढ्न कडाइका साथ निषेध गरिएको छ । यी चारवटै मिलेर प्रकृतिको सन्तुलन र ब्रह्माण्डको पवित्र समरसता झल्काउँछन् । यसबाहेक, सतलज, ब्रह्मपुत्र, कर्णाली र सिन्धुका चार नदीहरू पनि पवित्र कैलाश पर्वतहरूबाट चार फरक दिशामा उत्पत्ति हुन्छन्, र भन्नु पर्दैन, यो पर्वतका चार मुखहरू छन् । यी कुराहरू मध्ये, कैलाश पर्वतका चार मुखहरू विशेष गरी रहस्यमय छन् किनकि यी प्रत्येक अनुहारको आफ्नै विशिष्ट रहस्य छ । धेरै मानिसहरूले धेरै समयदेखि कैलाशमा भगवान शिवको अनुहार भएको बारेमा कुरा गर्दै आएका छन् । तर यी अनुहारहरूको यो मात्र रोचक पक्ष होइन ।

यातायातको सुगमता तथा शान्त निश्चल कञ्चन जलभण्डारण मानसरोवरमा स्नान गरि तिर्थयात्रीहरु कैलाश पर्वतलाई दर्शण गर्दछन जहाँबाट स्पष्ट र राम्रो देखिन्छ । पुरा परिक्रमा गर्न तिन दिन लाग्दछ । हिन्दु तथा बौद्घ मार्गीहरु पर्वतलाई दायाँ पारेर राक्षस ताल हुदैं तिन–चार दिन लगाएर परिक्रमा गरि मानसरोवर तालमा पुग्दछन् । यस्तै बोन तथा जैन धर्मालम्बिहरु बिपरित दिशा अर्थात पर्वतलाई बायाँ पारेर तिन–चार दिन लगाएर परिक्रमा गरि मानसरोवर तालमा पुग्दछन् ।
कैलाश पर्वतको दक्षिण दिशातर्फको मुखलाई सबैभन्दा आकर्षक, रहस्यमय र शक्तिशाली मानिन्छ। यो अनुहार शिवजीको ध्यान मुद्रा झैँ देखिन्छ । यसको ढल्काइ र आकार अत्यन्त नै सुसंगठित छ, जसले एउटा विशाल शिवलिङ्ग जस्तो अनुभूति दिन्छ । दक्षिणमुखी दृश्यले त्रिशूल, आंखा, वा ध्यानमा बसेको शिव जस्ता आकार झल्काउँछ, जुन आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । दक्षिणमुखी क्षेत्रलाई अत्यन्त उच्च ऊर्जाको केन्द्र मानिन्छ, जहाँ पुग्दा धेरै यात्रीहरूले अद्भुत अनुभव गर्छन् – चक्कर लाग्ने, आँखा रसाउने, वा भावविभोर हुने ।
दक्षिणमुखीलाई यमद्वार र पितृलोक पनि भनिन्छ । तिब्बतको तर्खा भन्ने ठाउँमा यमद्वार अवस्थित छ, जहाँबाट कैलाश परिक्रमा आरम्भ हुन्छ । यम अर्थात् मृत्युदेवताको द्वार भनेर चिनिने यमद्वार हिन्दू धर्म अनुसार शरीरको मृत्यु र आत्माको मुक्ति बीचको प्रवेशद्वार मानिन्छ । यात्रुहरूले यमद्वारबाट पस्नुअघि आफूलाई पूर्ण रूपमा भगवान शिवको शरणमा समर्पण गरेको मानिन्छ । यमद्वार प्रवेश गर्नु अघि यात्रुहरूले आफन्त वा पुरखा (पितृहरू) को सम्झना गर्छन् । पितृदर्शन भन्ने शब्द दक्षिणमुखी कैलाश दर्शन गर्दा देखिने अद्भुत दृश्यमा आधारित छ । विश्वास गरिन्छ कि यहाँबाट कैलाश पर्वतको दर्शन गर्दा पुरखा÷पितृहरूको आत्माले दर्शन दिन्छन् । यस दर्शनलाई “पितृदर्शन“ भनिन्छ, जसले तीर्थयात्रीहरूलाई आफ्नो पितृहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर दिन्छ । चारै धर्मालम्बिहरु आफ्नो कर्मकाण्ड पुरा गर्दछन्, जस्तै हिन्दुहरु रुद्री र श्राद्घ गर्दछन् । यात्रुहरू प्रायः यहाँ पुगेपछि भावुक हुन्छन्, र धेरैले दिव्य ऊर्जा, अश्रुधारा, वा मनोविज्ञानिक शान्तिको अनुभव गर्छन् । यो पितृहरूसँगको आध्यात्मिक सम्पर्कको संकेत मानिन्छ । श्राद्ध भावनासहित यहाँ नमन गरिन्छ र त्यसपछि मात्र परिक्रमा सुरु गरिन्छ । तीर्थयात्रामा आउने व्यक्तिले विश्वास गर्छन् कि यमद्वार पार गरेपछि उनीहरू पितृलोक वा आत्माहरूको लोकतर्फको यात्रा आरम्भ गर्छन्।
महाकलेश्वर – यस्तै भारत भरका १२ वटा ज्योतिर्लिङ्ग मध्ये मध्यप्रदेशको उज्जैनमा रहेको एकमात्र महाकालेश्वर ज्योतिर्लिङ्ग दक्षिणमुखी शिवलिङ्ग हो । भारत भरमा दक्षिणमुखी शिवलिङ्ग, “महाकालेश्वर” एउटा मात्र रहेको पाइन्छ । हिन्दू धर्ममा दक्षिण दिशा मृत्युका देवता यमसँग सम्बन्धित छ । तर महाकालेश्वर मन्दिरमा शिवलिङ्गले मृत्युतर्फ फर्केर बसेको छ – यो भगवान् शिवले मृत्युमाथि विजय प्राप्त गरेको संकेत हो । शिव यहाँ महाकाल (समय र मृत्युका स्वामी) को रूपमा पूजिन्छन्, जसले अकाल मृत्युबाट रक्षा गर्छन् र भक्तलाई मोक्ष मार्गमा अग्रसर गराउँछन् । यो लिङ्ग मानिसहरूले बनाएको नभई, प्राकृतिक रूपमा उत्पन्न भएको हुँदा स्वयंभू शिवलिङ्गः पनि भनिन्छ । दक्षिणमुखी लिङ्गः सम्पूर्ण ज्योतिर्लिङ्गहरूमध्ये एक मात्र दक्षिण फर्किएको लिङ्ग यही हो । प्रत्येक बिहान ४ बजे श्मशानको भष्म (पहिले शवदाहमा प्रयोग गरिएको खरानी – अहिले गाईको गोवरको भष्म बनाइन्छ) ले शिवलिङ्गमा भष्म आरतीः गरि जीवनको क्षणभंगुरताको स्मरण गराउने अनौठो र गहिरो परम्परा रहेको छ । यहाँ सती देवीको ओठ खसेको विश्वास गरिन्छ । त्यसैले यो स्थान शिव र शक्तिको मिलन बिन्दु पनि मानिन्छ । यसरी महाकालेश्वरलाई समय र मृत्युका स्वामी मानिन्छ । जसको दर्शनले भक्तजनलाई मृत्युको भयलाई सामान्य करण गरिन्छ । तसर्थ यहाँ मृत्युंजय (मृत्युमाथि विजय पाउने) रूपमा शिव पूजिन्छन् ।
दाङ्गघाटेश्वर – प्रथमत खोपासीको इतिहास बुझ्नु जरुरी छ । खोपासीको किरातकालिन नाम कुर्पासी हो । किरातहरु आउनु अगाडी नै कुर्पासीमा बस्ति थियो । पुराना बासिन्दाहरु मध्ये पहरी (पछि नामाङ्गन भएका?) थरका हुन सक्दछन् र बस्तिको नाम कुर्पासी नै थियो वा अरुकुनै थाहाहुन सकेन् । यहाँका बासिन्दाहरु सभ्य र सु–सँस्कारी थिए भत्रेको उदाहरण निलकण्ठ र्फििर्त सवारको चिन्ह स्वरुप फडकेश्वर मन्दिरको स्थापना । कैलाश (दरवार) नजदिक ललितामाई, फडकेश्वर जानेबाटोमा कमलामाई तथा राजा बिराटले द्रौपदामाईको मन्दिरहरु द्वापरकालमा नै स्थापित भएको देखिन्छ । प्राचिन कालमा हालको रंङ्गनाथ मन्दिर भएको स्थानमा अमिताभ बुद्घको चैत्य रहेको र खोपासी बुद्घमय भएको भनाइ रहेकोछ । कुर्पासीमा धार्मिक सहिष्णुता अनुकरणिय थियो भत्रे प्रमाण त्यस पवित्र भूमीमा जन्मेका आठ बषर््िाया वालिका भृकुटीले तिब्बतको बोनधर्मलाई बुद्घधर्मले प्रतिस्थान गरि “हरित तारा” बाट सम्मानित भइन ।
कुर्पासीका प्राचिन बिभित्र तिर्थस्थल मध्ये दाङ्गघाटेश्वर शिवलिङ्ग पनि एक हो जसलाई स्थानियहरु किरातेश्वर पनि भन्दछन् । दक्षिणमुखी शिवले मृत्युपछिको आत्माहरूलाई मोक्षतर्फ मार्गदर्शन गर्ने विश्वास गरिन्छ । दक्षिणमुखी शिवको मूर्तिको पूजा गर्नु मृत्युको डरलाई जित्ने र मुक्तिको प्राप्तिका लागि एउटा उपायको रूपमा हेरिन्छ । यो शिवलिङ्ग पहिले दाङ्गघाट क्षेत्रभित्र झिल्पुखोलाको किनारमा स्थापित भएर दाङ्गघाटेश्वर भएको हुनुपर्दछ । यहाँ दाङ्गघाटेश्वर कसरी स्थापना भयो भत्रेबारे को इतिहास गर्भमा रहेको छ । जनतामा बिरङ्गनाको उर्जा प्राप्तगर्न कैलाश क्षेत्रका बासिन्दाहरुमा मृत्यु एक अबिछित्र सांसारिक चक्रभएको र भयबाट मुक्ति दिलाइ आत्मबल प्राप्तगर्न प्रातस्नानको लागी बस्तिको उत्तर तर्पm झिल्पुखोलाको किनारमा दक्षिणमुखी शिवलिङ्ग स्थापना सहित घाट बनाए, जुन दाङ्गघाटको नामले प्रसिद्घि पाए ? तर राजा बिराट भने प्रात स्नानको लागी हरेक बिहान ४० घोडे बग्गीमा सवार भइ पनौतीको त्रिवेणीघाट पुग्दथे ।
महाभारत युद्घ पश्चात बिराट (यलम्बर) राजाले आफ्ना साला बाणशुरको राज्य फिर्तालिन काठमाण्डौमा आक्रमण गरि ग्वालाहरु लखेटी गोकर्णमा बस्ति सारे । किरातहरुले खोपासीको जिम्मा आपैmले मगढबाट ल्याएका ठकुरीहरुलाई सुम्पेर गए । छैठौ शताद्विमा मानबर्माका छोरा अंशुबर्माको कुर्पासीबाट बहिरगमन भएपछि कैलाश र वरपरका संपदाहरु तुहुराबन्यो । सातौं शताद्विका लिच्छवी शक्तिशालि राजा नरेन्द्र देवको मृत्यु पश्चात देशको शासन व्यवस्था तथा सुरक्षा ओरालो लाग्यो । आठौ शताद्विमा दक्षिण भारतका गुरु आदी शंकराचार्यको बौद्घ संरचना ध्वंसात्मक टोली रेशममार्ग हुँदैं कपिल भञ्ज््याङ्ग भएर कुर्पासी प्रवेश गरि तत्कालिन अंशुवर्मा निवास र कैलाशमा लुटपाट मच्चाए भने अमिताभ बुद्घको चैत्य ध्वस्त गरे । आफ्नो घर्म प्रचार प्रसारको लागी अंशुबर्मा निवासमा नरसिंह भगवान स्थापना गरि नरसिंह मठको नामाकरण गरि आफुसंङ्ग आएका पुरी थरका मानिसलाई मठाधिस बनाए । साथमा राजा मानदेव प्रथमले अमिताभ बुद्घ चैत्यको जिवन्तताको लागी राखीएको भौतिक सम्पत्ती (घर, खेत, बारी आदी) नरसिंह मठको सम्पत्तीमा सुचिकृत गरे । हिन्दुधर्मको उत्थानमा मठाधिस पुरीलाई कुर्पासी स्थित दाङ्गघाटेश्वर सहित सबै देवालयहरुमा दैनिकी तथा मेला पर्वका पुजा आदीको व्यवस्था गरेर गए । अर्कोतर्पm बौद्घ संरचना माथीको आक्रमणले स्थानिय धार्मिक सहिष्णुतामा खलल पुग्यो धेरै बुद्घमार्गीहरुले कुर्पासीबाट पलायन भए । कैलाश तथा कुर्पासीका अन्य साँस्कृतिक सम्पदामा ठूलो ह्रासआयो ।
ओराले लागेको सम्पदामाथी सन १२५५ जुन ७ को भूकम्पले तहस नहस ग¥्यो । खासगरि कैलाश क्षेत्रमा भूकम्प पश्चात उदुस आतंङ्कले मानव बस्ति अयोग्य नै बन्यो । भक्तपुरका मल्ल राजा आनन्द देवले रोसी उपत्यकाका बासिन्दाहरुलाई राहत दिन सात गाउँको बिस्तार गरे जहाँ कुर्पासीका जनता पनि समेटीए । तिब्बतमा भूकम्पबाट क्षति भएको भृकुटीको दाइजो र नेपाली कलाकारिता मर्मत सम्भारको लागी कुर्पासीका तत्कालिन प्रशासक बलदेव पहरीका छोरा बैज्ञानिक कलाकार बलबाहुको नेतृत्वमा करिव सयजना बास्तुकार गएका थिए । कलाकार र बास्तुकारको अभावमा संम्पदाले जिवन्तता पाउन सकेन र कैलाश क्षेत्र खेतीमा परिवर्तित हुदैगए । मानव श्रोतको अभावमा कुर्पासी क्षेत्रका सम्पदाहरु उभोलाग्न सकेन । भएका सम्पदा र सँस्कारहरुमा छाँया प¥्यो । त्यसमा दाङ्गघाटेश्वर पनि अछुटो रहन सकेन ।
नेपाल एकिकरणले बिभित्र स्थानबाट बिभित्र जात जातीलाई खुपासीमा बसाइ सराइ गरि ल्याए । सोही क्रममा काठमाण्डौको भोटाहिटीबाट पस्थली हुँदै खुपासी बसाइमा आएका डिठ्ठा हस्तबहादुर भण्डारीको दाङ्गघाट निवासी मनकाधनी आदीवासी कुलमान घटेरा (कुलमान पहरी) संग हिमचिम बढ्यो । उनि निसन्तान भएको हुँदा उनले बनाएको रामझुपडी र उनका भाउजु मंगली पहरीले बनाएको मंगली पाटीको संरक्षणको जिम्बेवारी लिए । बि.सं. १९९० को भूकम्प पश्चात यहाँका बासिन्दाहरुमा भगवान प्रतीको आस्थामा बृद्घिभयो । कुर्पासीको सँस्कृती र सम्पदाको खोजीमा डिठ्ठा हस्तबहादुर भण्डरीले दाङ्गघाट, झिल्पुखोलाको किनार, खोचमा झाडीभित्र बेवारिसे अवस्थामा रहेको दक्षिणमुुखी शिवलिङ्गलाई स्थानान्तर गर्ने प्रयास गरे । स्थानान्तरको लागी दाता कुलमान घटेरा?ले मन्दिर, पाटी र सानो बगैचाको लागी करिव दुई रोपनी उपलब्ध गराए । डिठ्ठा हस्तबहादुर भण्डरीले मन्दिर बनाइ शिवलिंङ्गलाइ स्थानान्तर गरे । पछि स्थानियको सहयोमा त्यहाँ एउटा दुईतल्ले पाटी पनि बनाए र एउटा जोगीलाई पनि बसाए । जोगीहरुको आउने जाने क्रम जारी रह््यो । अन्तिम जोगीमा २०४० को दशकमा छोरी सहित एक जोडी करिव २० बर्ष बसे जसले मन्दिर, पाटी र बगैचाको राम्रो स्याहार संभार गरेका थिए । ती जोडीको मृत्यु तथा उनका छोरीको बिबाह पश्चात दाङ्गघाटेश्वर वेवारिसे अवस्थामा रह््यो ।
बि.सं. २०६० को दशकमा बाटो फराकिलो बनाउने क्रममा दाङ्गघाटेश्वर मन्दिर परिसर खास गरेर पाटीमाथी समेत अतिक्रमण भयो । बि.सं. २०७२ को भूकम्पले दाङ्गघाटेश्वर मन्दिर परिसरमा क्षती पु¥्यायो । झिल्पु खोलाको किनारमा रहेको दाङ्गघाटेश्वर मन्दिर परिसरको सुरक्षार्थ जिल्ला सिञ्चाइ, काभ्रे जिल्लाको दैबी प्रकोप कोषबाट जिर्णोद्वार तथा अतिक्रमिक बाट बचेको मन्दिर परिसरलाई तारबारले घेर्नेकाम भयो ।
खोपासीको इतिहास र रोसी उपत्यकाको सम्पदा माथी रुचीराख्ने दक्षिणमुखी शिवलिङ्गको महिमा बुझेका डिठ्ठा हस्तबहादुर भण्डरीका नाती जगत्राथ भण्डरीले भारतको बाबाधाम तिर्थाटन पश्चात दाङ्गघाटेश्वरको श्रद्घा स्वरुप बि.सं. २०८१ साल चैत्र महिनामा बिधी पूर्वक पञ्चमुखी महादेव, बाह्र ज्योतिरलिङ्ग, चौसठ्ठी शिवलिंङ्ग, हनुमान गणेश, कुमार र नारायणका मूर्तिहरुका साथमा एउटा त्रिशुल चढाए । दाङ्गघाटेश्वर मृत्युञ्जय अर्थात भक्तहरुलाई अकाल मृत्युको भयबाट मुक्ति दिने तथा पितृश्राद्घको उत्तमधाम रहेको हुदाँ यस्ता अत्यन्त पवित्र र शक्तिशाली देव र मन्दिरको बारे जानकारी गराइ सबै इच्छुक भक्तजनहरुले भक्तिगर्ने मौकाको अवसर मिलाइदिनु आजको आवश्यकता भएकोछ ।
