शम्भुप्रसाद न्यौपाने
काभ्रेपलाञ्चोक
एउटा चोर अर्को चोर भन्दै समय बितायौ
छि–छि र दुर्दुर आफ्नो औकात जो देखायौ
बाणिमा तुच्छ निरासाको बादल मडारिएर
निष्ठा हराएका मानव तस्करमा उर्जा भरायौ ।
निन्दा र भत्र्सन समिक्षाको अर्को पाटो रैछ
रोदन रोचक बिनास पदार्पण नेताको हुदैछ
आक्रोसले निदहराम मर्यादामा प्वाँख पलाई
भ्रष्टाचारको दैलो सिहदरबारमा खुलेको रैछ।
एकसय चार राणा दुईसय अठ्तिस शाह
तीस बर्षे पञ्चेको सेखितोडेर वाह –वाह
नव– धनाढ्य नव –तानाशाह उदायौ ऐले
पैतिस बिताई देशमा गरिबि भासेर स्वाह !
निकाश छैन बिनास निम्त्यो असाधै हेर
बिरुवामा पानी मल जल ग¥यौ सराध्दे धेर
निधारमा कात्रो बादरको खेल झेल रहेछ
राष्ट्र ऋण उनन्तिस खर्ब स्वार्थमा प्रणालि धेर !
