काभ्रे । नेपाल क्यान महासंघ काभ्रेपलाञ्चोकले २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ ।
मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा-५ मा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रममा क्यान महासंघ केन्द्रीय सचिव शेखरनाथ दुलाल, क्यान महासंघ बागमती प्रदेशका उपाध्यक्ष सन्तोष जनक भुषाल, कोषाध्यक्ष विकास पन्त, नेपाल बनेपा बहुप्राविधिक शिक्षालयका सूचना प्रविधि शाखा प्रमुख सरोज बानियाँ, निर्वाचन समिति संयोजक श्यामकृष्ण त्रिपाठी, र सहसंयोजक गायत्री रमण घिमिरेले क्यान काभ्रेले जिल्लामा सूचना प्रविधिको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयाे । उहाँहरुले आगामी दिनमा बदलिएको विश्वमा भएको द्रुतगतिको प्रविधि एआई, शिक्षामा आईओटी, कृषि, व्यवसायमा सूचनाप्रविधिको विकास र साक्षरता र क्यान महासंघ काभ्रेले गर्नु पर्ने कदमको विषयमा सुझावहरु व्यक्त गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
क्यान महासंघ काभ्रेको ११ औं अधिवेशनले सर्वसम्वतरुपमा अध्यक्ष देवकी आचार्य दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्षहरू: रिता श्रेष्ठ, रुकेश राजभण्डारी, सचिवमा केबलप्रसाद तिमल्सिना (राजकुमार तिमल्सिना), कोषाध्यक्षमा श्यामगोपाल श्रेष्ठ, अग्नि श्रेष्ठ, सह-सचिवमा राजेश के.सी, सदस्यहरूमा श्रवणकुमार आचार्य, विवेक तिमल्सिना, मिलन सापकोटा, बुद्धलक्ष्मी मानन्धर, दिपेश तिमल्सिना, अबोध भूषण खोंजु श्रेष्ठ, रविन मानन्धर, बिनिता गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
