काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ ।
गत असोज १० देखि १३ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडकखण्ड स्तरोन्नति गर्न रातिको समयमा सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडकखण्ड बन्द रहने छ ।
बिपी राजमार्ग अन्तर्गत धुलिखेलदेखि वर्षेखोलासम्मको सडकखण्ड (चौकीडाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकाले रातिको समयमा सडक बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ।
