धुलिखेल । स्थानीय महिला समूहको अगुवाइमा धुलिखेलमा पनि शुक्रबारे हाटबजारको सुरुवात भएको छ ।

हाट बजारमार्फत स्थानीय खाना, कृषि उत्पादन र हस्तकलाका सामाग्रीहरुको प्रबद्र्धन हुने आयोजकहरुको अपेक्षा रहेको छ ।

यसअघि काभ्रेको बनेपा र मण्डनदेउपुरको नगरकोटमा हाटबजार संचालनमा आइसकेका छन् । यसरी खुलेका हाटबजारमा किसानले आफ्नो उत्पादन सोझै उपभोक्तालाई बिक्री गर्नेछन् भने उपभोक्ताले पनि बिचौलियाको प्रभावमा नपरी किसानसँग सहुलियतमा कृषि उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

हरेक पालिकामा एक हाटबजारको आवश्यकता देखिएको उपभोक्ताहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *