बनेपा । कृषि उत्पादनको उर्भर भूमी बनेपा नगरपालिका वडानम्बर १ नालाका किसानले खेती गर्ने मूख्य सिजनमा रासायनिक मल नपाएको गुनासो गरेका छन् ।

करिब ७०० जना किसानका लागि साल्ट ट्रेडिङ कर्पाेरेशनले जम्मा १७० बोरा मल मात्र पठाएपछि किसानले मलको अभाव खेप्नुपरेको उनीहरुले बताए ।

मलको सहज आपूर्तिको माग गर्दै बिहीबार सो क्षेत्रका करिब १५ जना किसानहरुको टोलीले साल्ट ट्रेडिङ कर्पाेरेशन बनेपाका प्रमुख ईश्वर आचार्यलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छन् । उनीहरुले सहुलियतको मल पाउनु पर्ने माग गरेको किसान प्रतिनिधि गोवर्धन थापाले जानकारी दिनुभयो ।

यस विषयमा साल्ट ट्रेडिङबाट आश्वासन पाइएको तर मल पाउनका लागि केही दिन लाग्न सक्ने उहाँ बताउनु हुन्छ । यदि यसो गर्दा पनि मल पाइएन भने किसानहरु थप दबाबमुलक कार्यक्रमका साथ अघि बढ्ने उहाँको भनाइ छ । झण्जटिलो कोटा प्रणालीले गर्दा समस्या भएको उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *