पनौती । विश्व हिन्दू महासंघ नेपाल काभ्रे पनौती नगर समितिले बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।
चैत्र १६ गते पनौतीको ताम्राकार पार्टी भेन्युमा भएको बार्षिक सभाबाट मोहनकुमार बस्नेतको नेतृत्वमा पुनः दोश्रो कार्यकालका लागि ११ सदस्यीय कार्य समिति गठन भएको छ भने उक्त भेलाले गणेश बस्नेतको नेतृत्वमा पनौती नगरको युवा समितिसमेत विस्तार गरेको छ ।
कार्यक्रममा धर्म अनुरागीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा पनौती नगर कार्य समितिका अध्यक्ष मोहनकुमार बस्नेतको सभापतित्वमा प्रमुख अतिथि बाग्मती प्रदेश प्रमुख उद्वव नेपाल, विशेष अतिथिहरुमा विश्व हिन्दू काभ्रेका अध्यक्ष प्रविन धिताल, शब्दयात्रा प्रकाशनका हरि मन्जुश्री, स्कोन नेपालका काभ्रे जिल्ला अध्यक्ष भावना बस्नेत बन्जारा, ज्योतिष समाजका केन्द्रीय सदस्य ज्यो.पं हरिहर सुवेदी, अतिथिहरुमा सल्लाहकार तथा पत्रकार महासंघ नेपाल काभ्रेका पूर्बअध्यक्ष महेश पौडेल, विश्व हिन्दू महासंघ केन्द्रीय सदस्य पं. रामहरि सिग्देल, साहित्यकार सूर्य लाकोजु लगायत हुनुहुन्थ्यो ।
यसैगरि विन्दवासिनी प्रतिष्ठान पनौतीका कोषाध्यक्ष, काभ्रे सेवा समाजका महासचिव राघवसिंह थापा, केन्द्रीय सदस्य अप्सरा ढुंगाना, मन्जु आचार्य , राजु बस्नेत, पनौती जात्रा ब्यबस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य, गायककार रामहरि न्यौपाने, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, बनेपा कार्य समितिका सिद्धिबहादुर कर्माचार्य लगायत १३ पालिकाका अध्यक्ष एबं पदाधिकारीहरु र आजीवन सदस्यहरुको पनि उपस्थित रहेको थियो ।
विभिन्न धार्मिक तथा संस्कृति झल्काउने खैजडी भजनले हलमा उपस्थित धार्मिक अनुरागीहरुको मन आनन्दित बनाएको थियो । धिमे बाजाले स्वागत तथा सचितिर्थ त्रिवेणी गुरुकुलका बटुकहरुबाट स्वस्ति शान्तिको पाठबाट हल गुन्जिएको थियो । यस्तै स्कोन नेपालबाट शंख र हरेराम हरेकृष्ण गुन्जिएको थियो । सहभागी धिमेबाजा, खैजडी समूहहरुलाई सम्मान पत्रले सम्मान गरिको थियो भने आजीवन सदस्यता लिनेको भिड देखिएको थियो ।
उक्त कार्यक्रम संचालन विश्व हिन्दू काभ्रेका सहसचिव प्रयागराज केसीले संचालन गरेका थिए । कार्यक्रम ब्यवस्थापन जिल्ला सदस्य जयबहादुर बस्नेत, उपस्थित अतिथिगणहरु धार्मिक ब्यक्तित्वहरुलाई स्वागत प्रवचन विश्व हिन्दू महासंघ काभ्रेका बरिष्ठ उपाध्यक्ष रामकुमार बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *