बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा युकेजी तहमा अध्ययनरत ५३ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।
शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक प्रिन्सिपल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन, एन प्याब्सन, प्याब्सन नगर कमिटी अध्यक्ष, अभिभावक, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै निर्देशक वैद्यले बालमैत्री वातावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गर्दै शैक्षिक सत्र २०८२ मा पनि विद्यार्थीहरुको शिक्षाका साथै नेतृत्व विकास, सम्बन्ध निर्माण, भावनात्मक व्यवहार, क्षमाशीलतालगायत पढाईसँग सम्बन्धित युग सुहाउँदो थप कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुँदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *