धुलिखेल । बिपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानी परेको कारण ब्रेक नलागी चिप्लिदा खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनापछि बसमा सवार १५ जना मध्ये ११ जना घाइते भएका छन् । बस सडकबाट २० मिटर तल खसेको थियो । बस चालक इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा छन् ।
