विश्व उलक
नःम बुद्धको करुणामय निडरता, दया र करुणाको कार्य, जहाँ उनले भोकाएको बाघलाई बचाउन आफ्नो शरीर बलिदान दिए । यसले समाज र विश्वमा बृहत्तर हितको लागि निस्वार्थताको उदाहरण दिएको छ । आधुनिक समाजको अंग प्रत्यारोपणले यो भावनालाई प्रतिबिम्बित गर्दछ, किनकि दाताहरूले अर्काको जीवन बचाउन निस्वार्थ रूपमा अंग दान गर्छन् र भविष्यका पारस्परिक लाभका मार्ग प्रसस्त गर्दछन् ।
आधुनिक स्वास्थ्य बिज्ञानका रक्तदान, अंगदानले बुद्धको करुणा र अन्तरसम्बन्धको शिक्षालाई आध्यात्मिकतामा समाहित गर्दछ, जसले प्राप्तकर्ता र दाता दुवैलाई फाइदा पु¥्याउँछ । यी ज्ञानहरूलाई अँगालेर, हामी अझ दयालु सुनौलो संसार निर्माण गर्न सक्छौं जहाँ निस्वार्थता र दयाको प्रतिबिम्बले सबैलाई उज्ज्वल भविष्यतर्फ डो¥्याउँनेछ । यस्ता महा मानवको जन्मघरको पुनर्निमान, संरक्षण गर्नु उहाँको योगदानलाई श्रद्घा हुने थियोे । यस्तै अहिंसाबादीहरु अर्थात केही साकाहारीहरु बन्दी पंञ्छी, जिवित जलचरहरु बिक्रेताहरुबाट किनेर क्रमस खुल्ला आकास र नदी, तलाउहरुमा छोडने गर्दछन् ।
राजकुमार महासत्वको जीवनी
बौद्घ जातकथा, स्थानिय किंबदन्ति तथा परापूर्वकाल देखी चलाइआएको सँस्कृती, सँस्कार अर्थात निरन्तरता पाएको पुजा, ध्यान, मेला पर्व आदीले आजभन्दा करिव छ हजार बर्ष पहिलेको घटना उल्लेख गरिन्छ । करिव ६००० बर्ष पहिले करिव ५००० जनसंख्या बसोवास भएको पाञ्चाल नगरीमा दिर्घरथका सन्तती? महारथले राज्य गर्दथे । पाञ्चाल देशको दरवार हालको पनौती शहर बाट उत्तर–पश्चिम, जेलाँ च्याती, टौखालमा रहेको थियो । यस नगरीका राजा महारथ थिए । राजाको परिवारमा रानी सत्यवतीका साथमा तिन राजकुमारहरु महादेव, महाप्रणव र महासत्व थिए ।

एक बषर्, कात्र्तिक शुक्लपक्षका दिन हिरण्यगिरी गन्धमादन पर्वत (हाल कुसुमे सामुदायिक वन) मा राजा, रानी र तिन राजकुमारहरु महादेव, महाप्रसाद र माहासत्व साथमा दरवारका शिकारी दल सहित शिकार खेल्न निस्केका थिए । एक दिन बिहानै तीन राजकुमारहरु शिकार खेल्न छुट्टै निस्किए । शिकार खेली साँझ पख शाही शिविर तर्फ फर्कदै गर्दा तिनिहरुले उक्त घना जंगलको सिरानीमा एउटा रुखको फेदीमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भरखर जन्मिएका पॉचवटा डमरुहरु जीवन मरणको दोसाँधमा रहेका देखे । ती राजकुमारहरु कमजोर बघिनी र उनका डमरुहरुलाई शिकार नगर्ने भन्दै चुपचाप शिविर (निवास) तर्पm लागे । तर ती मध्ये कान्छा राजकुमार माहासत्वको मनमा ती निरीह प्राणी प्रति करुणा जागेर आयो । तर, उनले आफ्नो मनको भावना दाजुहरु सामु प्रकट गर्न सकेनन् । ती कान्छा राजकुमार सौच गर्ने बहानामा बाघको गुफा तिर फर्के भने दुई दाजुहरु शिविर तिर लागे । राजकुमार माहासत्व हतियार एकातिर राखी, कपडा फुकालेर बघिनीको अगाडी लम्पसार परिदिए । बघिनी कमजोर भएर हो वा डरले राजकुमारलाई छोएनन् । भोकले अत्यन्त कमजोर भई बसेका सुत्केरी बघिनी र भर्खर जन्मेका उनका पाँचवटा डमरुहरुलाई माहासत्वले आफुसंग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु ख्वाउदै भोका प्राणीहरुको प्राण भर्न आफ्नो जीवन “अभयदान” गरि सहज उत्सर्ग हुदै बोधिसत्व प्राप्त गर्नुभयो । उहाँको बचेको हाडखोर लाई शाही शिविरमा ल्याएर विधिविधान पूर्वक दफनाउने (गाडने) काम भयो । राजा सहितका दरवारिया शिकारी टोली दरवार फर्किए । बिव्हल रानी र दुई राजकुमारहरु केही समय दरवारिया सुरक्षाका साथ केही समय त्यहि बसेर दरवार फर्किए ।
अभयदानको करिव ३५०० बर्ष पछाडी अर्थात आजभन्दा करिव २५०० बर्ष पहिले सिद्घार्थ गौतम बुद्घले स्वयंम्भू दर्शण गर्ने क्रममा उक्त महासत्वको समाधी ढिस्कोमा एक महिना ध्यान गर्नपुगे । एकमहिने ध्यान पश्चता ढिस्कोलाई तिन पटक परिक्रमा गरी “नःम बुद्घ” भनि ढोग्नुभयो । तत् पश्चात उक्त ढिस्कोको नाम “नःम बुद्घ” रहन गयो । लिच्छवी राजा मानदेव प्रथमको पालामा सानो मन्दिर बनेको र चार कुनामा स–साना चार स्तुपहरु बनाएका थिए । ती साना स्तूपहरुको संरक्षण भै आएको छ भने मल्लकालमा थप ठूला स्तुपहरु सहित मन्दिरमा केही सुधार भयो । हालको मन्दिर १९ शौ शताद्घिमा असनका साहुले बनाइ दिएका थिए ।
नःम बुद्घ जन्मघर – पाञ्चाल दरवार
नःम बुद्घको जन्मभूमी पाञ्चाल राजधानी, भूकम्प, उदुस आतङ्क तथा समय सापेक्ष जलवायु पविर्तनको प्रभावले पाञ्चाल नगरी खण्डहरमा परिवर्तन भयो र त्यो बस्तिलाई बाह्रौ शताद्विमा अर्थात आजभन्दा करिव ८०० बर्ष पहिले मल्लराजा अनन्द देवको पालामा त्रिवेणीको नजदिक स्थानको नाम “पलाःती” राखेर बस्ति सार्नेकाम भयो । खण्डहर बस्ति उर्बरभूमी र सिञ्चाइ सुविधा हुँदा खेती गर्न सुरु गरियो । खण्डहर शहर खेतीमा परिणत भयो । दरवार क्षेत्रभने खेति नगरिएको र आस्थाको रुपमा राखियो । दरवार क्षेत्रमा भवनका संरचनाहरु एक थुप्रोमा जम्मा हुँदा ढिस्को नै बनेको थियो । हिरण्य गन्धमान पर्वतस्थित नःम बुद्घको समाधीमा दर्शणको लागी आउने भक्तजनहरुले राजकुमार महासत्वको जन्मक्षेत्र (दरवार क्षेत्रमा भवनका संरचनाहरु एक थुप्रोमा जम्मा हुँदा बनेको ढिस्को – भगवान डाँडामा), पवित्र पुण्यभूमीमा मेला पर्व तथा आफ्ना पूर्वजहरुको तिथीहरुमा पुजा अर्चना सहित ध्यूबत्ती चढाउँथे । मल्लकालमा बिरंङ्गनाहरु लाई पुज्नेक्रममा राजकुमार महासत्व अर्थात नःम बुद्घ पर्वको निरन्तरताको लागी पनौतीको न्हु बहास्थित मल्लकालिन दरवार संङ्गै नःम बुद्घ द्योःछे बनाए । यस्तै उनले जन्मलिनु भएको पाञ्चाल नगरीको खण्डहर दरवारको ढिस्को माथी ध्यूबत्ती चढाउने प्रथाचलाए । यो ढिस्कोलाई नःम बुद्घ भगवान जन्मनु भएको स्थान मानेर ढिस्कोको नाम नै “भगवान डाँडा” रहनपुग्यो । भगवान डाँडामा केही दशक अगाडी सम्मन पनि देश–बिदेशबाट बत्ती दिनआउने चलन थियो । प्रचार प्रसारको कमि तथा स्थानियहरुमा अपनत्वको भावना नआउँदा बत्ती दिनआउनेहरुको संख्यामा ह्रास आउदै थियो । हतियार द्वण्दले समाज असन्तुलित हुँदा यस्तो पवित्रकार्य लाई पूर्ण बिराम लगाइदियो । नःम बुद्घका द्योतकहरुले उक्त डाँडाको स्वामित्वमा कुनै चासोनराखेपछि पनौती नगरपालिकाले कार्यालय भवन बनाएको छ । राजकुमार महासत्व अर्थात नःम बुद्घको जन्मस्थल चिनारीको लागी हो वा बुद्घत्व देखाउन नगरपालिकाले आफ्नो हाताभित्र एउटा सानो चैत्य बनाएको छ । नःम बुद्घको कृतीबाट करुणामय सन्देश प्रवाहको लागी उहाँको जन्मभूमीमा हाम्रा पूर्खाले चलाई आएको बत्ती दिने प्रथालाई निरन्तरता गर्नु एउटा सम्झनाको पाटो हुनेछ ।
आध्यात्मिक र नैतिक आयामहरु
अंङ्ग दान केवल एक चिकित्सा प्रकृयामात्र होइन । यो गहिरो आध्यात्मिक र नैतिक आयामहरुले भरिएको छ । जव कुनै व्यक्तिले अंङ्गदान गर्छ, उसले केवल आफ्नो शरीरको एकभाग मात्र अर्पण गर्दैन, आफ्नो आत्माको एक हिस्सा–जीवन पनि अर्पण गरेको हुन्छ । यस्को लागी दाताले व्यक्तिगत डर, चिन्ता र असुविधालाई जित्नु आवश्यकता छ, जसरी राजकुमार महासत्वले आफ्नो करुणामय कार्यमा मृत्युको प्राकृतिक डरलाई जितेका थिए ।
कसैको जीवन सुधार गर्न वा मृत्युको मुखबाट बचाउन दाताले आफ्नो स्वास्थ्यमा जोखिम मोल्दै गहिरो प्रतिबद्घताका साथ एकमात्र उदेश्य प्राणी जिवन्तताको लागी गरिने अङ्ग प्रत्यारोपन मानव वा प्राणीमा हुने करुण तथा दयाका गुण हुन । यो कुनै देख्न र तौलन सकिने चिज वा बस्तु होइन, यो त भावना, आध्यात्मिक र नैतिकताका अदृश्य आयाम हुन । यो निस्वार्थ दान तथा सेवा बौद्घ सिद्घान्तसंग मेल खान्छ, जसले परिणाममा आशक्ति बिना उदारताको महत्वलाई प्राथमिकता दिन्छ । जहाँ दाताले मान्यता वा भौतिक क्षतिपूर्ति खोजिरहेको हुदैन, बरु अर्काको पीडा कमगर्न खोजिरहेको हुन्छ । यसको साथै, अंङ्ग प्रत्यारोपनले जीवनको मूल्य, मर्यादा तथा मानव र प्रकृतीको सम्बन्ध बारेमा महत्वपूर्ण आयामहरुको प्रश्नोत्तर बनिदिन्छ । यसले हामीलाई मानवताको अन्तरसम्बन्ध अध्ययन गर्न प्रेरित गर्छ, जसरी महासत्वको बलिदानले सबै प्राणीहरुको बिच गहिरो अन्तरनिर्भरता प्रदर्शन गरेको छ । अंङ्ग दिनेकार्य नितान्त केवल दया वा दानमात्र होइन, यो मानवताको उत्कृष्ठ अनुपम कार्य हो, एक व्यक्तिको जीवन अरुको जीवनसंङ्ग जोडीएको छ भत्रे प्रकृतीको नियमलाई उजागर र सम्मान तथा अनुकुलन गर्न उत्प्रेरणा गर्दछ ।
अंङ्ग दान, परोपकारको विश्वव्यापी महत्व
सन १७ रौं शताद्विमा रक्तदानका केही आयामहरु भएपनि सन १९३७ मा अमेरिका, सिकागोको कुक काउन्टि अस्पतालले संस्थागत ग¥्यो र अहिले आएर पूर्ण सफलता पाएको छ । यस्तै सन १९५४ मा अमेरिकाको बोस्टनस्थित पिटर वेण्ट ब्रिघम अस्पतालमा, डा.जोसेफ मरेद्वारा पहिलो सफल मानव मृगौला प्रत्यारोपण गरिएको थियो । यो शल्यक्रिया एक ऐतिहासिक घटना थियो, जसले चिकित्सा इतिहासमा नयाँ युगको शुरुवात गरेको थियो । विशेष गरी, यो शल्यक्रिया एकजोडी जुम्ल्याहाहरु बीच गरिएको थियो, जसले चिकित्सकहरूको क्षमता र अङ्ग प्रत्यारोपणको सम्भावनामा नयाँ विश्वास थप्यो । यस सफल शल्यक्रियाले अङ्ग प्रत्यारोपणको क्षेत्रमा सकारात्मक वातावरण सिर्जना ग¥्यो र यसले संसारभरि अङ्ग प्रत्यारोपणलाई एक महत्वपूर्ण चिकित्सा उपचारको रूपमा स्थापित गर्यो ।
महासत्वको अभयदान र अङ्गदानको अभ्यास बीचको समानता निस्वार्थता र मानवताको उच्चतम मूल्यमा आधारित छ । महासत्वले आफ्ना व्यक्तिगत सुख र इच्छाहरू त्यागेर, अरूको जीवनमा आशा र सहायता ल्याउने कार्य गरेका थिए, जुन ठीक यसरी नै अङ्गदानको प्रक्रिया पनि छ । अङ्गदान केवल शारीरिक अंगको आदान, प्रदान मात्र होइन, यो एक निस्वार्थ कार्य हो जसले अरूको जीवन बचाउनको लागि ठूलो बलिदान गर्न आवश्यक छ । यो सामूहिक दायित्व र करुणामा आधारित एक प्रक्रिया हो, जसले आजको समाजमा ठूलो महत्व बोकेको छ ।
आजको संसारमा, अङ्ग प्रत्यारोपण एक अत्यन्त महत्वपूर्ण चिकित्सा प्रक्रिया बनिसकेको छ । यसको कारणले, अङ्ग प्रत्यारोपणको माध्यमबाट धेरै मानिसहरूको जीवन बच्न र सुधार्न सकिन्छ । अङ्ग प्रत्यारोपणको सफलता संसारभरिका हजारौं मानिसहरूलाई नयाँ जीवन दिनका लागि एक प्रमुख अवसर बनिसकेको छ । तर, यसको माग र आपूर्तिमा अझै ठूलो संकट रहेको छ । अङ्ग दान गर्ने व्यक्तिहरूमा अङ्गदानको महत्व र प्रक्रिया बारे पर्याप्त जानकारीको कमी छ, र चिकित्सकहरूले दाताहरूसँग उचित जानकारी र मानसिक तयारीको कमी हुँदा यो अभियान अझै पनि सीमित छ । यसको परिणामस्वरूप, हजारौं मानिसहरू अङ्ग प्रत्यारोपणको लागि पर्खिरहेका छन्, आवश्यकता अनुसार अङ्गहरूको आपूर्ति नभएको कारण धेरै व्यक्तिहरूको मृत्यु हुँदैछ ।
यस समस्यालाई समाधान गर्न, स्वस्थ्य शिक्षामा लगानी, जनचेतनाको वृद्धि, र सक्षम चिकित्सकहरूको उपलब्धता आवश्यक छ । हामीले अङ्गदान र अङ्ग प्रत्यारोपणका बारेमा व्यापक शिक्षा र जनजागरण कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । यससँगै, सशक्त पूर्वाधार र स्वास्थ्य संस्थाहरूको सुनिश्चितता आवश्यक छ, जसले गर्दा माग र आपूर्तिको बीचको असन्तुलनलाई सुधार गर्न सकियोस । सामूहिक जागरण, करुणा र परोपकारका आधारमा, हामीले अङ्गदानको महत्व बुझेर समाजलाई एकजुट गर्न सक्नुपर्छ र यसका माध्यमबाट हजारौं जीवन बचाउन सकिनेछ ।
मृत्युपछि अङ्गदान
मृत्युपछि अङ्गदान भनेको मृत व्यक्तिको अङ्गहरूलाई अरूको जीवन बचाउन वा सुधार गर्नका लागि दान गर्नु हो । जब कुनै व्यक्ति मर्छ, उनका अङ्गहरू जस्तै कि मुटु, मृगौला, फोक्सा र आँखाको नानी आदी प्रत्यारोपन लागि प्रयोग गर्न सकिन्छ, जसले अङ्ग विफलतासँग जुझिरहेका व्यक्तिहरूलाई जीवनको दोस्रो अवसर प्रदान गर्छ । विश्वका धेरै स्थानहरूमा अङ्गदान अझै पनि कम पहिचान गरिएको वा गलत बुझिएको छ, जसका कारण सांस्कृतिक विश्वास, भ्रान्ति, वा सचेतनाको अभाव हो । तर, यो मानव जिवनमा एक गहिरो प्रभाव पार्ने निस्वार्थ कार्य हो जसले धेरै जीवनहरू बचाउन सक्छ । अङ्गदानले केवल स्वास्थ्यलाई पुनस्र्थापना गर्दैन, बरु प्रत्यारोपनको पर्खाइमा भएका परिवारलाई आशाको लय ल्याउँछ ।
अङ्गदानको महत्व र प्रक्रिया बारे समाजलाई शिक्षा दिनु अत्यन्त आवश्यक भएको छ, जसले भ्रमहरू हटाउन, बाधाहरू तोड्न र थप व्यक्तिहरूलाई अङ्गदान गर्ने विचार गर्न प्रेरित गर्न मद्दत पु¥्याउँछ । अङ्गदानको निर्णय एक उदार उपहार हो, यसको जीवन बचाउने क्षमता बुझाउनाले बढी जीवनहरू बचाउन र बढी व्यक्तिहरूलाई अङ्गदान गर्नको लागि प्रेरित गर्न सक्छ ।
बिकसित स्वास्थ्य बिज्ञानले मानव स्वास्थ्यका निम्न अंङ्गहरु सफलता पूर्वक प्रत्यारोपन गरेका छन् । ती हुन; मृगौला, मुटु, कलेजो, फोक्सो, आमाशय (अग्न्याशय), आन्द्रा, आँखाको नानी, छाला, मासी (हड्डीको मज्जा), हात÷अनुहार÷पाखुरा आदी । सामाजिक स्तरमा, अङ्ग दानलाई अझ दयालु संसारको वातावरणमा हेर्न सकिन्छ, जहाँ मानिसहरुले जीवन बचाउने महत्वलाई बुज्झछन् । यो दया र करुणा केवल उनिहरुका परिचितहरुको लागी मात्र होइन कि अपरिचितहरुका लागी पनि गरुन । जसरी महासत्वको करुणा सबै जीवित प्राणीहरुमा पैmलिएको थियो । त्यसरी नै अङ्गदान गर्ने अभ्यासले हामीलाई आफ्नो घेराभन्दा बाहिर हेर्न र सम्पूर्ण मानवताको कल्याणलाई विचार गर्न अवसर र चुनौती दिन्छ । यसरी हामीलाई यस्तो संसार निर्माण गर्न प्रोत्साहित गर्दछ जहाँ जीवनको मूल्य, धन वा हैसियत होइन, एकअर्काको हेरचाह, सहायता र उत्थान गर्न सक्षम हुनसकौ ।
सारांस – परोपकारको जीवित विरासत
अङ्ग प्रत्यारोपन जस्ता अत्याधुनिक चिकित्सा प्रणालीहरुको सन्दर्भमा, राजकुमार महासत्व अर्थात नःम बुद्घको परोपकारी कार्यले आजको समयमा पनि हामीलाई गहिरो प्रेरणा दिइरहेको छ । नःम बुद्घले देखाएको मार्गदर्शण भनेको निस्वार्थ प्रेम र प्राणीहरुको सर्वोत्तम जीवन्त उदाहरण हो । उनले आफ्ना व्यक्तिगत सुख–सुविधाहरु त्यागेर, अरुको जिवनमा आसा र प्रकास छर्ने काम गरेका थिए, जुन कुरा आजको परोपकारी कार्यहरुमा देख्न सकिन्छ ।
सांसारिक दया र करुणालाई अंङ्ग प्रत्यारोपनको गहिरो अध्ययनले राम्ररी बुझ्न मद्घत पु¥्याउँदछ । जव कुनै व्यक्ति अङ्ग दानगर्छ, उनी आफ्नो शरीरको एक महत्वपूर्ण भाग अरुको जीवन बचाउन दिन्छ, उस्ले न केवल आफ्नो व्यक्तिगत हक र सुखको बलिदान गर्दछ, बरु अर्को व्यक्तिको जीवनलाई नयाँ आशा र अवसर दिन्छ । यो एक प्रकारको आत्मा– बलिदान हो, तत्कालिन समयमा नःम बुद्घले अभयदान गरेका थिए । तर आजको परिप्रेक्षमा आधुनिक चिकित्सा उपकरणहरुको सहायतामा, यो कार्य अझ बढी प्रभावशाली र जीवनदायी बनेको छ ।
नःम बुद्ध जन्मस्थलको संरक्षणले उहाँको योगदानलाई सम्मानित मात्र नभइ एक ऐतिहासिक र सांस्कृतिक पवित्रभूमीको परिचय दिन्छ । जन्मस्थलको संरक्षणले उनका योगदान शिक्षालाई महत्वकासाथ जीवन्त राख्छ र आगामी पुस्तालाई पनि उनी द्वारा प्रस्तुत गरिएका करुणा र दयाको बारेमा शिक्षित गर्दछ । यसले समग्र समाजमा शान्ति, सद्भाव र आत्मज्ञानको महत्वलाई फैलाउन मद्दत पुर्याउँछ, र यस्ता स्थलहरूको संरक्षणले सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याउँछ ।
