धुलिखेल । जिल्ला हुलाक कार्यालय काभ्रेले पत्रकारलगायत विभिन्न सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
बैशाख २२ गते धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा हुलाक अधिकृत दीपककुमार नेपालीले कार्यपत्र प्रस्तुत गर्दै हुलाक कार्यालयले गरिरहेका कामहरुका बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले दिनुभएको जानकारी अनुसार नेपालमा विसं. १९३५ सालदेखि हुलाक सेवा शुरु भएको थियो । काभ्रेमा भने २०३१ सालदेखि शुरु भएको हो । हाल जिल्लाभर ६१ वटा अतिरिक्त हुलाक संचालनमा छन् । जसमा २ केजीसम्मका कागजपत्र र अन्य सामान ओहोरदोहोर गराउन सकिन्छ । जिल्लामा पोष्टबक्स (पत्रमञ्जुसा) सेवा लिने व्यक्ति तथा संस्थाको संख्या तीन रहेको छ ।
गत वर्ष जिल्लाका विभिन्न हुलाक कार्यालयबाट २९ हजार चिठीपत्र आदानप्रदान गरिएको हुलाक अधिकृत नेपालीले जानकारी दिनुभयो । नेपालबाट हाल ३७ वटा देशमा चिठीपत्र पठाउन सकिन्छ भने ३८ वटा देशमा पार्सल निर्यात गर्न सकिनेछ ।
नेपालको हुलाक सेवा विश्वको तुलनामा चौथो लेवलमा रहेको पनि उहाँले बताउनुभयो । पछिल्ला दिनहरुमा इन्टरनेटको पहुँच विस्तारसँगै मोबाइल सेवा र सामाजिक सञ्जालको प्रयोग बढेसँगै हुलाकको काम र प्रभावकारिता घटेको बताइरहेका बेला जिल्ला हुलाक कार्यालयले भने यसको महत्व अझै रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *