बनेपा । काभ्रे बचत तथा कर्जा सहकारी संस्था लि. का घरबेटी धु्रव पलाञ्चोकेले बनेपा नगरपालिका कार्यालय न्यायिक समिति समक्ष निवेदन पेश गरेका छन् ।
काभ्रे बचत तथा कर्जा सहकारीका सञ्चालक समितिका अध्यक्ष नमोबुद्ध नगरपालिका दाप्चा निवासी कुलचन्द्र अधिकारी, सचिव पाँचखाल नगरपालिका तिनपिप्लेका राजन सापकोटा र कोषाध्यक्ष धुलिखेल नगरपालिका–५, श्रीखण्डपुरका हरिगोपाल प्रधानाङ्ग सहितलाई झिकाई बहाल भराई घर खाली गराउन माग गर्नुभएको छ । उक्त सहकारी विगत ८ वर्षदेखि धु्रव पलाञ्चोकेको आमा तिर्थमाया पलाञ्चोकेको नाममा रहेको घरमा मासिक १५ हजारका दरले भाडा रकम लिने गरी कार्यालय सञ्चालन गर्दै आएको हो भने विगत ३० महिनादेखि भाडा नतिरी ताला बन्द गरी सञ्चालकहरु फरार रहेर करिब ४ करोड रकम हिनामिना गरेको बुझिएको निज पलाञ्चोकेले बताउनुभयो ।
९ लाख रुपैयाँ बचत गरेको र सरस्वती जोसन घलेलाई मिति २०८१÷१०÷२५ गते राष्ट्रिय वाणिज्य बैंक बनेपा शाखाको खाता नं. १४२०१०००००८४७००७ को ५ लाखको कुलचन्द्र अधिकारीको निजी चेक उल्लेख भएको पाइन्छ भने दस्तखत नक्कली गरी चेक दिएको पाइएको छ ।
यस उपर न्यायिक समिति बनेपा नगरपालिकाका संयोजक एवं उपप्रमुख विमला सापकोटाले धु्रव पलाञ्चोकेबाट घर खाली गराई भाडा असुल उपर गराउन माग गर्दै निवेदन पेश भएको छ । छलफल गरेर झिकाउने गरिनेछ र सहकारीले गरेको हिनामिनाको बारेमा नगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने बताउनुभयो ।
त्यस्तै नगरपालिकाले सहकारीविज्ञहरुको समिति बनाएकोमा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष समेत रहेका कुलचन्द्र अधिकारीलाई “यस्तो सहकारी हिनामिना गर्ने व्यक्तिलाई विज्ञमा समेट्नु लाजमर्दाे भएन र ? भनी प्रश्न गर्दा उहाँ उपस्थित हुनुभएको थिएन तर साथीहरुले नाम टिपाइदिनुभएको र अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको भने छैन ।” उपप्रमुख सापकोटाले थप्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *